ऐतिहासिक स्थल लिगलिगकोट पुग्दा - Sajha Mobile
SAJHA MOBILE
ऐतिहासिक स्थल लिगलिगकोट पुग्दा
Posts 1 · Viewed 4435 · Go to Last Post
huippa
· Snapshot 0
Like · Likedby · 0
प्राकृतिक सुन्दरताले भरिपूर्ण लिगलिगकोट ऐतिहासिक दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । गोरखा जिल्लाको पालुङ्गटार नगरपालिकामा अवस्थित लिगलिगकोटलाई नेपालको Father Home पनि भनिन्छ ।

टुक्राटुक्रा छरिएको राज्यलाई एकएक गरी सिङ्गो नेपालको रुपमा स्थापित गर्ने कार्य पृथ्वीनारायण शाहबाट भएको थियो । वि.स. १८०१ देखि १८२६ सम्म उनले काठमाडांै, भक्तपुर र ललितपुर विजय गरी सिङ्गो नेपालको निर्माण गरेका थिए । यसरी टुक्राटुक्रा छरिएको राज्यलाई जितेर एउटा मालासरि गाँसेर सिङ्गो नेपालको सृजना गर्ने कार्य पृथ्वीनारायण शाहबाट भयो । त्यसैले उनलाई राष्ट्रपिता पनि भनिन्छ ।
नेपालको इतिहासमा गोरखा र लिगलिगकोटको विशेष महत्व रहेको छ । अझ लिगलिगकोटको इतिहास खोतल्ने हो भने आश्चर्यलाग्दा कुराहरू सुन्न पाइन्छ । लिगलिगकोट भन्ने बित्तिकै लिगलिग दौडको कुरा सम्झिइन्छ । गोरखामा प्रत्येक वर्ष दशंैमा दौड प्रतियोगिता हुन्थ्यो । चेपे नदीदेखि लिगलिगकोटसम्म दौड प्रतियोगिता आयोजना गरिन्थ्यो जो दौडेर पहिला लिगलिगकोटमा पुग्दछ त्यहीं व्यक्तिलाई राजा बनाइन्थ्यो । हालसम्म पनि प्रत्येक दशैंमा लिगलिग दौड प्रतियोगिताको आयोजना गरिन्छ र विजेतालाई श्रीपेच लगाएर एक दिनको राजा बनाइन्छ ।
संसारमा सबैभन्दा पहिले प्रजातन्त्रको अभ्यास पनि लिगलिगकोटमै भएको थियो किनभने अमेरिकामा सन् १७७९ मा मात्रै प्रजातन्त्रको अभ्यास भएको थियो । लिगलिगमा १५४६ मै लोकतन्त्रको अभ्यास भएको थियो । यतिमात्र नभई गणतन्त्रको पहिलो अभ्यास पनि लिगलिगमै भएको थियो । लिगलिग दौडमा पहिलो हुने राजा हुन पाउँथ्यो र यस दौडमा जुनसुकै भाषा, धर्म, जातजातिका भए पनि भाग लिन पाउँथे ।

वि.स. १६१५ मा द्रव्य शाह दौड जितेर राजा भएका थिए । त्यतिबेला राजा छनोट गर्दा हाम्रालाई भन्दा पनि राम्रालाई छनोट गरिन्थ्यो । आज हामी जुन संस्कृतिमा चलिरहका छौं जसमा आफन्तलाई काखी च्याप्ने दक्ष व्यक्तिलाई पाखा लगाउने नराम्रो कार्यले गर्दा देश विकासमा बाधा परिरहेको छ । लिगलिगकोटबाटै शाह वंशको स्थापना भएको हो । द्रव्य शाहदेखि २३ जना शाह वंशीय राजाहरूले नेपालमा शासन गरे, त्यसैले लिगलिगलाई शाह वंशको सुरुवात बिन्दु पनि भनिन्छ । लिगलिगकोट ऐतिहासिक दृष्टिकोणले त महत्वपूर्ण छँदैछ । प्राकृतिकरुपमा पनि अति नै मनोरम छ । लिगलिगकोटको चुलीमा पुगेपछि देखिने दृश्य अत्यन्तै मनमोहक छ । यसबाट चारैतिरको मनोरम दृश्य हेर्न सकिन्छ । यहाँबाट देखिने चेपे नदी साथै पारिपट्टिको लमजुङ्ग र तनहुँको दृश्य पनि मनै लोभ्याउने खालको छ । भग्नावशेसको रुपमा रहेको दरबारलाई हाल संरक्षण गरिंदै छ । यस लिगलिगकोट दरबार संरक्षण समितिका अध्यक्ष पूर्णबहादुर खडकाका अनुसार भत्केको लिगलिग दरबार क्षेत्रका ढुङ्गा ५ सय वर्ष अगाडि कटिङ्ग गरिएको थियो । हाल यिनै ढुङ्गालाई मिलाएर दरबारको जगको आकार बनाइएको छ । लिगलिग दरबार नजिकै लिगलिग कालिका मन्दिर पनि रहेको छ । लिगलिगकोट दरबारसम्म जान सिंढी बनाइएको छ 

यस क्षेत्रमा पर्यटन विकास गर्न भ्युटावर, होटल र गोलघर बनाउने योजना रहेको कुरा अध्यक्ष खडकाले बताउनुभयो । लिगलिगकोटसँगै चेपेघाटमा पनि पर्यटन प्रवद्र्धन गर्न २०७४ साल माघ १ गते माघेसङ्क्रातिका दिन चेपेघाट जात्रा आयोजना गरिएको थियो । यस जात्रामा सांस्कृतिक कार्यक्रमअन्तर्गत विभिन्न गायक गायिकाले लोकभाषाका गीतहरू प्रस्तुत गरेका थिए । लोप हुन लागेको आफ्नो संस्कृति जोगाउन चेपे आदर्श युवा क्लवले जात्राको आयोजना गरेको थियो । यसरी लिगलिगकोट र चेपेघाटको विशेष महत्व रहेको छ । वास्तवमै गोरखा जिल्ला इतिहास बोकेको जिल्ला हो । लिगलिगकोट रहेको पालुङ्गटार नगरपालिकाअन्तर्गत पर्ने अन्य ठाउँहरू जस्तैः दोभान, बगर, हवाई अडडा, डुम्रेचौर, ताल पोखरी, नौखोर इत्यादि पनि रमणीय क्षेत्र हुन् । ऐतिहासिक महत्व बोकेका यस्ता क्षेत्रहरूमा पर्यटन प्रवद्र्धन गर्न सके देश विकासले तीव्र गति लिने थियो । यसका लागि प्रत्येक नागरिक जिम्मेवार हुनु आवश्यक छ 
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 382
· Posts 4 · Viewed 389 · Likes 1
· Posts 3 · Viewed 199 · Likes 1
· Posts 4 · Viewed 332
· Posts 1 · Viewed 72
· Posts 1 · Viewed 250
· Posts 24 · Viewed 7549 · Likes 2
· Posts 26 · Viewed 2747 · Likes 5
· Posts 1 · Viewed 121
· Posts 1 · Viewed 135



Your Banner Here
Travel Partners
Travel House Nepal