हेलिकप्टर चढेर काममा जान थालेपछि इमरान खानको आलोचना - Sajha Mobile
SAJHA MOBILE
हेलिकप्टर चढेर काममा जान थालेपछि इमरान खानको आलोचना
Posts 1 · Viewed 5929 · Go to Last Post
Ban Dana
· Snapshot 0
Like · Likedby · 0

पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानको यात्रा गर्ने शैलीबारे अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ।

उनले आफ्नो निजी निवासबाट १५ किलोमिटर पर रहेको प्रधानमन्त्री कार्यालय जान हेलिकप्टर प्रयोग गर्न थालेका छन्।

कर्मचारीतन्त्र र नेताहरूलाई मितव्ययी बनाउन गरेको वाचासँग यो महँगो तरिका अमिल्दो रहेको भन्दै धेरैले खानको आलोचना गरेका छन्।

सूचनामन्त्री फवाद चौधरीले प्रधानमन्त्री खानको प्रतिरक्षामा गरेको टिप्पणीको पनि सामाजिक सञ्जालमा खिसी गरिएको छ।

एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले हेलिकप्टर प्रयोग महँगो नभएको र प्रतिकिलोमिटर जम्मा ५५ रुपैयाँ पर्ने दाबी गरेका थिए।

उनले खर्चको त्यस्तो हिसाब किताब गुगलमा देखेको बताएका थिए।

हेलिकप्टरको प्रयोग त्यति सस्तो हुन्छ भनेर मानिसहरूले पत्याएनन्।

सोमवारदेखि #Helicopter लेखेर मन्त्री चौधरीको दाबीको खिसी गर्दै हजारौँ ट्वीटहरू गरिएका छन्।

खर्च कति लाग्छ त?

सूचनामन्त्रीको आलोचना युक्तिसङ्गत छ कि छैन होला?

संक्षिप्त उत्तर दिनुपर्दा - हो, छ।

बीबीसी उर्दूले गरेको खोजका अनुसार खानले प्रयोग गर्ने अगस्टा वेस्ट्ल्यान्ड एडब्ल्यू१३९ हेलिकप्टरलाई प्रतिकिलोमिटर चाहिने इन्धनको १३ डलर अर्थात् १६ सय पाकिस्तानी रुपैयाँ पर्छ।

यो रकम चौधरीले दाबी गरेको भन्दा कैयौँ गुणा धेरै हो। फेरि यो सामान्य गणनामा हेलिकप्टर प्रयोग गर्दा हुने अन्य खर्च संलग्न गरिएको छैन।

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 202
· Posts 1 · Viewed 114
· Posts 24 · Viewed 7378 · Likes 2
· Posts 26 · Viewed 2017 · Likes 5
· Posts 1 · Viewed 67
· Posts 1 · Viewed 77
· Posts 1 · Viewed 141
· Posts 2 · Viewed 243
· Posts 13 · Viewed 3427 · Likes 6
· Posts 8 · Viewed 2572



Your Banner Here
Travel Partners
Travel House Nepal