जात र धर्म होइन वर्ग हेर - Sajha Mobile
SAJHA MOBILE
जात र धर्म होइन वर्ग हेर
Posts 1 · Viewed 3843 · Go to Last Post
huippa
· Snapshot 0
Like · Likedby · 0
साउन ३० को राजधानीमा ध्रुव लम्सालले लेख्नुभएको ‘कर्ण शाक्यले माफी माग्नु पर्दैन ?’ शीषर्कको लेखले सबैलाई झस्कायो ।

‘सोच’, ‘खोज’, ‘मोज’ र ‘म सक्छु’ जस्ता किताब लेखेर नाम कमाएका कर्ण शाक्यले ‘सम्पदा मिचेर रिसोर्ट’ बनाएकोमा धु्रव लम्सालको आपत्ति हो । शाक्यको रिसोर्टको संरचना फेवातालको ६५ मिटर क्षेत्रभित्र बनेको छ । शाक्यको रिसोर्टको अधिकांश संरचना फेवातालको ६५ मिटर क्षेत्रभित्रै बनेको छ । पानी शुद्धीकरण गर्ने ट्याड्ढ, स्वीमिङ पुल, शौचालय, बगैंचा, पालेघरलगायत भौतिक पूर्वाधार ६५ मिटरभित्रै पर्छ ।

उक्त लेखमा भनिएको छ,– शाक्यकै लगानीमा बनेको ‘पार्क भिजेल वाटर फ्रन्ट रिसोर्ट’ ले सम्पत्तिको दोहन गरेको निष्कर्ष सरकारले बनाएको छानबिन समितिले निकालेको छ । छानबिन समितिको अध्ययनअनुसार शाक्यले फेवातालको जग्गा अतिक्रमण गरेर आफ्नै लगानीमा रिसोर्ट बनाएका छन् । पोखरा नगर विकास योजनाअनुसार फेवातालको ६५ मिटर (दुई सय फिट) भित्र कुनै पनि संरचना बनाउन पाइँदैन ।

लेखक अगाडि लेख्छन्, ‘उनी जत्तिको व्यक्तिलाई फेवातालको ६५ मिटरभित्र सम्पदा बनाउन पाइँदैन भन्ने थाहा नभएको पनि होइन । उनको नियत खराब छ भन्ने कुरा स्पष्ट देखिन्छ । … सत्ता र शक्तिको आडमा सार्वजनिक सम्पत्ति दोहन गर्ने व्यक्तिको सूची बनाउँदै जाने हो भने त्यस्ता धेरै व्यक्ति भेटिन्छन् । …. उनले लेखेका कुनै किताबको आशय हो – पौरखमा उद्यम गर्नू, भएको सम्पत्ति र ऊर्जालाई खेर नफाल्नू । … ‘हेरौं यो उमेरमा आफ्नो कद उँचो बनाउँछन् वा अरुले मिच्दा केही नहुने मैले किन भत्काउने भनेर बस्छन् ।’

साहु–महाजन, उद्योगपत्ति, व्यापारी, ठेकेदार, घर–जग्गाका दलाल र व्यापारी, तस्कर, काला–बजारी, बैड्ढ, बसदेखि यातायात र हवाईजहाज मालिक, तारे होटल र रिसोर्ट एवं म्यानपावर कम्पनीका मालिक वा नयाँ गल्लावालाहरु एवं माथिल्ला स्तरका सबै चेलीबेटी बेच्ने, जीउ म्हास्नेहरु सबै अहिले नेपालका पुँजीपति वर्गमा गनिन्छन् । हिजो राजदरवारको वरपर तथा भारतीय दूतावासको छत्रछायाँमा बस्नेहरुले काठमाडौंको बागमती, विष्णुमती र मनहराका किनारा र टुकुचासमेत खाए भने आज नेका, एमाले, माओवादी केन्द्र, मधेसवादीहरु मिलेर काठमाडौंलाई नर्क बनाए– मनपरी सार्वजनिक जग्गा मिची, मापदण्डविपरीत पक्की निर्माण कार्यहरु गरे ।

पुँजीको कुनै सीमा हुन्न । देशभरका ठूला–ठालू, जालीफटाहा सबैले काठमाडौंलाई फोहर गरेजस्तै काठमाडौंका पुँजीपतिहरु मिलेर पोखरा र फेवाताल मिच्दैछन् ।

एकपटक रुसी लेखक म्याक्सिम गोर्कीले अमेरिकाका तत्कालीन सबभन्दा ठूलो पुँजीपति रक फेलरसँग सोधेका थिए– ‘पैसा कमाउन गा¥हो छ ?’ रक फेलरले जवाफ दिए, ‘अहँ, सस्तोले किनेको सामान महँगोमा बेच्ने हो, गा¥हो छैन ।’
नेपालका शोषक र पुँजीपतिहरुसँग सोधेमा उत्तर दिनेछन् – ‘गा¥हो छैन, नेका, एमाले, माओवादी केन्द्र, मधेसवादी र राप्रपाहरु सरकारमा छन्, काठमाडौंको सार्वजनिक जग्गा आफ्नो गर्न गा¥हो छैन, चुनावमा डल्लाडल्लै चन्दा दिएपछि सबै काम फत्ते हुन्छ ।’

३० साउन २०७५ को नागरिक दैनिकमा प्रशान्त लामिछानेले लेखे –‘कर्ण शाक्यको होटलबाट निस्कने पानी ‘हानिकारक ।’ लेखक अगाडि लेख्छन् – होटलबाट निस्कने पानीमा प्रतिलिटर ०.१२ एमजी लिडको मात्रा भेटिएको छ । लिडको मात्रा बढी भएको पानी जलचरका लागि हानिकारक हुन्छन् भने मानवीय प्रयोगको लागि खतरा हुने गर्छ ।’

कर्ण शाक्यले भक्तपुरको नगरकोटमा आफ्नो होटेलको निम्ति नगरकोटको खानेपानीको पाइप लाइनबाट ४ इञ्च पानी लगेका थिए । त्यसको अनुकरण अरुले पनि गरे, अनि नगरमा खानेपानी हाहाकार भयो । देश र जनतालाई नै चुसेर धनी बन्ने त हो – सामन्त र पुँजीपति वर्ग वा नवधनाढ्यहरु !
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 62 · Viewed 11492 · Likes 10
· Posts 1 · Viewed 112
· Posts 1 · Viewed 126
· Posts 4 · Viewed 870
· Posts 1 · Viewed 210
· Posts 1 · Viewed 212
· Posts 1 · Viewed 339 · Likes 1
· Posts 1 · Viewed 259
· Posts 1 · Viewed 252
· Posts 1 · Viewed 448



Your Banner Here
Travel Partners
Travel House Nepal