मन मगन र गोरी काली सानी मोरी यूरोपमा---Oslo, Norway story of Nalina Chitrakar - Sajha Mobile
SAJHA MOBILE
मन मगन र गोरी काली सानी मोरी यूरोपमा---Oslo, Norway story of Nalina Chitrakar
Posts 1 · Viewed 4387 · Go to Last Post
Ban Dana
· Snapshot 0
Like · Likedby · 0

मन मगन र गोरी काली सानी मोरी यूरोपमा

ओस्लो, नर्वे | नेपालका चर्चित पप गायक दीपक बज्राचार्य, गायिका नलिना चित्रकार तथा रिदम बैंडका (बिकी शाक्य, रिकी शाक्य र रौनक कायस्थ) युरोपका विभिन्न देशहरुमा कन्सर्ट गर्ने क्रममा शनिबार, ११ अगष्ट २०१८ मा नर्वेको ओस्लोमा पहिलो कन्सर्ट भव्यताका साथ सम्पन्न भयो ।

सो कन्सर्टमा नलिना चित्रकारले आफ्नो चर्चित गीत 'गोरी काली सानी मोरी जे भने नी हुन्छ, मलाई मेरै नेपालीको नाम दिए पुग्छ' बाट शुरु गर्दै कन्सर्टका दर्शकहरुलाई नचाएका थिए । उनीले आफ्ना चर्चित पुराना तथा नयाँ गीतहरुले दर्शकहरुलाई नाच्नमा ब्यस्त गरेकी थिइन् । साथै आफ्ना समकालीन गायक/गायिकाहरु र अग्रजहरुको गीतहरु पनि प्रस्तुत गरेकी थिइन् ।

फोटो सौजन्य: गणेश फोटोग्राफी

कन्सर्टको अर्को आकर्षण दीपक बज्राचार्य र रिदम बैंडको संयुक्त लाईभ प्रस्तुती रहेको थियो । दीपक बज्राचार्यले बहुचर्चित गीत 'ओ अमिरा' द्वारा कन्सर्टको माहोललाई जिवन्तता बनाएका थिए । प्रस्तुतिकै क्रममा उनले आफ्ना पुराना बहुचर्चित गीत 'काली काली' लगाएत अरु चर्चित गीतहरुले सम्पूर्ण दर्शकहरुलाई नाच्न उत्प्रेरित गरेका थिए । नेपालका विभिन्न समुदायहरुको संस्कृतिहरुलाई समावेस गरिएको उनको बहुचर्चित नयाँ गीत 'मन मगन' प्रस्तुत गर्दा सम्पूर्ण दर्शकहरुले हृदय देखि ठुलो साथ र माया प्रदान गरिएको थियो । उक्त गीतमा नर्वेका स्थानीय कलाकारहरुले नेपालको सांकृतिक नाच लाखे र पुलु किसीको पनि प्रस्तुत गरिएको थियो ।

फोटो सौजन्य: डा. मनोहर प्रधान

उक्त कन्सर्टमा गायकहरु बिष्णु छेत्री र सीताराम पोखरेलको पनि प्रस्तुती रहेको थियो । दुवै गायकद्वयहरुले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए । उहांहरुले प्रस्तुत गरेका गीतहरुलाई दर्शकहरुले धेरै प्रसंशा गरेका थिए ।

फोटो सौजन्य: गणेश फोटोग्राफी

फोटो सौजन्य: डा. मनोहर प्रधान

करिब २०० दर्शकहरुले उत्कृष्ट मनोरंजन लिएको सो कन्सर्ट हाम्रो इभेन्ट, ओस्लोले आयोजना गरेको थियो । युरोपका विभिन्न देशहरुमा कन्सर्टको व्यवस्थापन हाम्रो इभेन्ट, नर्वे र संजाल री, फिनल्याण्डले संयुक्तरुपमा गरिरहेका छन् ।

द्वारिका महर्जन

ओस्लो, नर्वे

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 57
· Posts 5 · Viewed 1055
· Posts 1 · Viewed 56
· Posts 65 · Viewed 12107 · Likes 12
· Posts 1 · Viewed 131
· Posts 1 · Viewed 141
· Posts 1 · Viewed 213
· Posts 1 · Viewed 223
· Posts 1 · Viewed 288
· Posts 1 · Viewed 285



Your Banner Here
Travel Partners
Travel House Nepal