नारायणगोपालको प्रजग कोरिया भ्रमण–२ - Sajha Mobile
SAJHA MOBILE
नारायणगोपालको प्रजग कोरिया भ्रमण–२
Posts 1 · Viewed 3682 · Go to Last Post
huippa
· Snapshot 0
Like · Likedby · 0
जून छब्बीसको दिन चिनियाँ विमानद्वारा रङ्गुनबाट पेकिङ पुग्दछौं । बाटामा दुई ठाउँमा विमान रोकिन्छ, कुनमिङ र चेन्तु (?) । साँझपख पेकिङमाथि हाम्रो जहाज उडिरहेछ । सायद विमानस्थलमा अब हाम्रो जहाज ओर्लन लागिरहेछ । असङ्ख्य बत्तीहरूको झिलमिलीले हाम्रो सबैको मन उत्ताउलो पारिदिन्छ । कत्रो ठूलो सहर होला, कति लामो बत्तीका पङ्क्तिहरू आँखै तिर्मिराउने ।
कानै फुट्लाझैं गर्ने गरी चर्को आवाज गर्दै विमानले पेकिङको धर्तीमाथि टेक्छ अनि बिस्तारबिस्तार गुड्दै बढ्दै एउटा ठूलो घरअगाडि आएर रोक्छ जहाँ माउ चेतुङको एउटा ठूलो पोट्रेट पनि लगाइएको छ । हामीलाई यहीं जानु छ । आआफ्नो सीटबाट सबै उठिसके । म पनि उठ्छु र जहाजबाट ओर्लेर त्यही बिल्डिङभित्र पस्छु ।
यहाँ कुनै झैझमेला हुँदैन । हाम्रा राजदूतावासका कर्मचारीहरू पहिल्यैदेखि उपस्थित थिए । उनीहरू हाम्रो मद्दत गर्छन् । हाम्रो परिचय हुन्छ, कुराकानी हुन्छ । कोरियाबाट फर्केर आएपछि यहाँ (पेकिङ) पनि कार्यक्रम दिने कुरा पक्का हुन्छ । अनि रङ्गुनमा जस्तै दुईवटा बसहरूले हामीलाई लिएर पेकिङका सडकहरू पार गर्दै तेनमेन चोकको नजिकै पर्ने होटेल मिंचुमा पु¥याइदिन्छ । आआफ्ना सरसामानहरू बोकेर काइँ भाइ र म एउटा कोठामा गएर आराम लिन्छांै । समय निकै बितिसकेको हुनाले रेस्टुराँमा खाना सिद्धिसकेको हुन्छ र बिस्कुट चियामै सन्तोष मानेर सुत्न जान्छन् सबै ।
पेकिङ नपुगुञ्जेल हामीमध्ये कतिपय टोलीका सदस्यहरूको आपसमा चिनाजानी नै भएको थिएन, कसले के काम गर्नुपर्ने, त्यो नै थाहा थिएन । एकजना पत्रकारको सुझावअनुसार आखिर परिचयको समय आयो र एकअर्कालाई चिन्ने मौका पाइयो ।
हाम्रो टोलीमा दिलीपकुमार (फिल्मी अभिनेता हैन) ज्यू हुनुहुन्छ । राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलका केन्द्रीय उपसभापति शिवकुमार कार्की, रंजनकुमार शर्मा, कोरियाली दूतावासका ड्राइभर गोविन्द श्रेष्ठ र श्रीमती शान्ति बस्नेत (उहाँ काठमाडौंको कुनै स्कूलकी शिक्षिका पनि हुनुहुन्छ), एकजना सिद्धार्थनगरका भाइ प्रकाश, आफ्ना जहानपरिवारसहित कुन्नि कता हो तीर्थ गरेर काठमाडौं आइपुगेको रहेछ– र ऊ पनि यस टोलीमा सम्मिलित भएकोमा ऊ स्वयम् चकित भएको छ । यिनीबाहेक अरु दसजना पत्रकारहरू पनि छन् । टोली नेता तथा महाप्रबन्धकका पी.ए. पनि । अनि यिनीहरू पनि छन्– हिमालय लोहनी, केदारचन्द्र मानन्धर, अशोक चालिसे, भक्तराज आचार्य, पुष्प नेपाली, भरतराज शर्मा, सानुमान ताम्राकार, वेद गुरुङ, चन्द्रराज शर्मा, श्यामबहादुर थापा, तारादेवी, कमला, स्थापित, कान्छा बुद्ध, लक्ष्मी महर्जन, न्हुच्छेमान डङ्गोल, कुमार बस्नेत, विमला श्रेत्री, कृष्ण प्रधान, मथुला डंगोल, नातिकाजी, गोपाल बस्नेत, ज्ञानबहादुर, पुष्पलता घले, शिवशङ्कर, सावित्री कारञ्जित, शान्ता श्रेष्ठ, गङ्गा राणा, छिरिङ, रुवि जोशी, सुभद्रा अधिकारी, नारायणकृष्ण श्रेष्ठ, हिरण्य भोजपुरे, मीरा राणा, सिद्धान्तराम जोशी, उदीतनारायण झा, निर्मला श्रेष्ठ, वसुन्धरा भुसाल, धीर्जलाल, इन्द्रनारायण, इन्द्रलाल, विश्वनाथ कार्कीदली र म स्वयम् पनि छु ।
आज जून २७ तारिख । यसपालि कोरियाली विमानले पु¥याउनेछ हामीलाई । विमानस्थलमा (पेकिङ) कोरियाली राजदूत हुनुहुन्छ, हाम्रा दूतावासका कर्मचारीहरू छन् । हामी सबै तयार छौं । विमानतिर प्रस्थान गर्नका लागि हामीले सङ्केत पाइसकेका छौं । सबैतिर हात मिलाउँछौं । अनि विमानतिर ग्वारग्वारती हामी सबै लम्कन्छौं– ठाउँ राम्रो पाओस् भनेर । विमानभित्र पस्नासाथ दुईजना विमान परिचारिकाहरूले हाँस्दै हाम्रो स्वागत गर्छन् । तिनीहरूले टाउकोमा पातलो खालका रङ्गीविरङ्गी स्कार्फ बाँधेका छन् । झट्ट हेर्दा गुरुङ्सेनीहरूजस्ता देखिन्छन् उनीहरू ।
विमान उडिसकेको छ, हिजो राति जहाजबाट झिलिमिलीमात्र देखिएको पेकिङ आज भिन्नै देख्दैछु । घरहरू योजनाबद्ध तरिकाले बनाइएको छ । जताततै रुखहरू लगाइएको छ । बाटाहरू सोझा र लामालामा छन् । फराकिला छन् अनि हेर्दाहेर्दै एकैछिनमा खेतहरू देखिन्छन्, कतै खिचिमिची देखिन्न, मिलेका र सर्वत्र हरिया र लहलहाउँदा बाली, यसो हेर्दा बुट्टेदार कुनै सुन्दर गलैंचाजस्तो ।
अब तल केही देखिंदैन । विमान बादलमाथिबाट उडिरहेको छ । टाढाटाढासम्म बादलैबादल फैलिएर बसेको छ । विमान कतै अडिरहेको जस्तो लाग्छ तर हैन यो त उडिरहेकै छ तीव्र गतिले । केटीहरू प्रायः जम्मै निदाएका छन्, कोही पत्रिका हेर्दैछन्, कोही गफमा मस्त छन्, कोही झ्यालबाहिर सकिनसकी चिहाउँदैछन् । अनि म भने एकपछि अर्को चुरोट सल्काउँदै गइरहेछु । यस्तो यात्रामा मन एकतमासको भएर आउँदा मलाई धेरै चुरोट चाहिन्छ अनि चुरोटको धुवाँसँगसँगै कल्पना गर्छु, फान्टास्टिक कल्पना । अँ … केही गरी अहिले यो विमान दुर्घटनाग्रस्त भयो भने ! सायद राष्ट्रिय शोक मनाउने होला नेपालमा । एकैचोटि चिनेजानेका र आफन्तहरू सबैलाई सम्झन्छु, मन नमिठो भएर आउँछ अनि अकस्मात् विमान परिचारिकाको उद्घोषणाले सबैलाई बिउँझाउँछन्, म झसङ्ग हुन्छ ।
हामी कोरियाको विमानस्थलमा पुगिसक्यौं । ससाना स्कुले नानीहरू पङ्क्तिबद्ध भई अनुशासित ढङ्गले उभिएर बसेका छन् । उनीहरूको हातमा फूलका गुच्छाहरू छन् । अन्य व्यक्तिहरू छन् । जहाजभित्र बसी हेरिरहेका हामीहरूको मन अतालिन्छ । छिटो बाहिर जाउँजाउँ लागेर आउँछ तर जान पाउँदैनौं कारण अरु यात्रुहरूलाई पहिले पठाउने भन्ने परिचारिकाले हामीलाई भनिन् । हामी सबै तयार छौं बाहिर जान, सबैले टोपी मिलाउँछन् र लुगा मिलाउँछन् । अब हाम्रो पनि पालो आउँछ । हामी एकएक गर्दै सिंढीबाट ओर्लन्छौं । नानीहरूले फूलका गुच्छा हल्लाउँछन्, अरुहरूले ताली बजाउँछन् । हामी एकएक गर्दै अगाडि बढिरहेछौं अनि प्रत्येकलाई एकजना नानीले फूलको गुच्छा दिन्छ र हात समाई अर्को एक छेउमा पु¥याइदिन्छ । मेरो पनि पालो आउँछ । मलाई पनि एकजना नानीले फूलको गुच्छा दिन्छे अनि हात समाई एक छेउमा लैजान्छे । कस्तो स्नेह अनि कति खुसी नानीहरू कति हँसिला र हिसीलाग्दा एउटा सानो फूलबारीमा फूलेको रङगिबिरङ्गी सुन्दर फूलहरूजस्तै ।
यहाँको विमानस्थलमा धेरै बेर कुर्नु पर्दैन । रङ्गुन र पेकिङमा जस्तै यहाँ पनि दुई ठूल्ठूला बसहरूमा हामी बस्छौं । पत्रकारहरूले कार पाउँछन् । उनीहरू दङ्ग परेका छन् । विशेष गरी दुईतीनजना पत्रकारहरू उत्ताउलिएको देख्छु । कलकत्तादेखि रङ्गुन नपुगुञ्जेल यिनीहरूले कलाकार केटीहरूमाथि जस्तो अश्लील व्यङ्ग्यहरू प्रहार गरेका थिए, त्यसले गर्दा केही कलाकार भित्रभित्रै सल्किरहेका थिए । तर भाग्यवश केही भएन ।
बस चलिसकेको छ । बस्ती धेरै देखिन्न । हरियो खेत छ जताततै । बाँझा जग्गा कतै देखिन्न । टाढाटाढासम्म किसानहरू खेतमा काम गरिरहेका छन् । स्कूले नानीहरू हाम्रो बस आउँदै गरेको देखेर अनुशासित ढङ्गबाट पङ्क्तिबद्ध भई बाटोको एक छेउमा उभिन्छन् अनि जब हामी एकअर्काका नगिच पुग्छौं, उनीहरूले दायाँ हात माथि टाउकोसम्म पु¥याएर हाम्रो अभिवादन गर्छन्, हामी भित्रबाट हात हल्लाइदिन्छौं । यसरी बाटामा नानीहरूले गरेको अभिवादनले हामीलाई गहिरो प्रभाव पारिदिन्छ । यस्तो अभिवादन धेरैपटक हुन्छ । विस्तारविस्तारै ससाना कारहरू देखा पर्छन् अनि ठूलाठूला भवनहरू । अब सहरभित्र पनि पुगिसकेका छौं । सडकका दायाँबायाँ रुखहरू लगाइएका छन् । भीडभाड त्यति धेरै देखिन्न । बाटा सफा र सुन्दर छन् । भवनहरू साधारणतया पाँच छ तल्लाका छन् । यसो हेर्दा ती पूर्वी जर्मनीमा जस्तै देखिन्छन् । पसलहरू खुल्ला छैनन् ठूलाठूला ऐनाले बारेमा छन्, ती सबै सो–केसका रुपमा प्रयोग गरेका छन् । ट्राफिक कन्ट्रोल गर्नेहरू तन्नेरी युवकयुवती दुवै छन् । त्यस्तै बसका चालकहरू पनि ।
सडकको सोझो, दायाँ अनि बायाँ हुँदै हाम्रो बस प्योङचाङ सहरको बीचमा पर्ने रेलवे स्टेसननिर पुग्छ । यहाँ एउटा ठूलो घन्टाघर छ । अनि यहाँबाट बस दायाँ मोडिन्छ । सोझै गएर फेरि बायाँ मोडिन्छ अनि दायाँ । यहाँनेर एउटा ताल छ । यही तालको छेउमा हाम्रो बस रोकिन्छ ।
हो, यही हो हामी बस्ने होटेल, एकान्त ठाउँ, होटेलको बायाँ र पछाडि ताल छ । यो ताललाई उनीहरू बोतोङ्गाङ भन्दा रहेछन् अनि होटेलको नाम पनि बोतोङगाङ नै । बसबाट ओर्लेर सबले आफ्नो सामान बोकी रिसेप्सन हलमा पुग्छन् । कोठाहरू मिलाउँदैछन्, आआफ्नो कोठाको टुङ्गो लाउन । काइँभाइले एउटा साँचो लिएर आउँछ । अनि लिफ्ट चढेर हामी माथि चौथो तल्लामा पुग्छौं । हाम्रो कोठा नं. ४०६ अनि यहाँ पनि रुम पार्टनर काइँभाइ नै ।
डिनर आठ बजे लिने भनेको छ । पौने आठमा रिप्सेप्सन हलमा सबै पुगिसकेको हुन्छ । लिफ्ट गेटसँगै एउटा विदेशी सामानको पसल छ, यहाँ तँछाडमछाड गरिरहेको म परबाट देख्दैछु । पसलको ठीक अघिल्तिर अक्वेरियम (माछा पाल्ने ऐनाको घर) छ । त्यहाँ पनि केही साथीहरू बडो चाख मानेर विचित्र खालका माछाहरू हेर्दैछन् । अरुहरू चाहिँ यताउता हिँड्दैछन्, कोही सोफामा आराम लिइरहेका छन् ।
आठ बज्न दुई मिनेट मात्र बाँकी छ । डाइनिङ हलतिर सबै लाग्छन् । एकजना पत्रकार बन्धुले हवाई चप्पल लगाइराखेको छ । अर्को एकजनाले स्लिपिङ सुट लगाइराखेको छ । पहिलो दिनमै यस्तो बिजोग । डाइनिङ हलमा पुगेर सबले आआफ्नो सिटमा गई बस्छन् । एउटा टेबुलमा ६ वटा सिट छ । काँटा, चम्चा, सलाद र अरु कुन्नि केके खाना हुन्, सजाएर राखिएको छ । टेबुलको बीच भागमा फूलदान राखिएको छ । खाना सर्भ गर्ने केटीहरू आठदसजना छन् । तिनीहरू व्यस्त देखिन्छन् । खाना पस्काउँदै जान्छन् विभिन्न प्रकारका खानेहरू काँटाचम्चाको आवाजले वातावरण गुञ्जायमान हुन्छ ।
यहाँ भात एक कचौरा मात्र दिँदोरहेछ त्यो पनि अरु जम्मै खाना खाइसकेपछि मात्र । भातसँग खान भनेर होला एक ठूलो कचौरामा सुप पनि दिन्छ । माछा, मासु, तरकारी, भुतुवाहरू अघि खाइसकेपछि अन्त्यमा निस्तो भात खानु कस्तो बेस्वाद, तपाईं आफै कल्पना गर्नुस् ।
हिँडाइबाट हुने थकाइ र विमान तथा बसको यात्राबाट हुने थकाइमा भिन्नता हुन्छ । खाने मान्छेको लागि यस्तो थाकइबाट सा¥है तलतल लाग्छ । हाम्रो टोलीमा नखाने मान्छे सायदै होला । डिनरमा आशा गरेझैं केही पाउँदैन । टन्न खाना खाएपछि झन् सताउन थाल्छ सबैलाई । काठमाडौं र रङ्गुनमा किनेकाहरूले आ–आफ्नो कोठामा गएर तिर्सना मेट्छ । हामीले पनि यो रात सिङ्गै रित्याउँछौं । नहुनेहरू छट्पटाएर छाती पिटी रुन्छन् ।
२८ जुनको बिहान एक्लै बाहिर घुम्न निस्कन्छु । बिहान घुम्ने मेरो बानी छ । होटेलबाट निस्केर तालको किनारैकिनार हिंडिरहेछु । एकछेउमा केही युवकहरू फुटबल अभ्यास गरिरहेका छन् । मानिसहरू एकाबिहानै कता हिँडेका हुन् कुन्नि । म भने विस्तारविस्तार तालको वरिपरि हिंडिरहेछु, कताकतै शोभाभगवतीको सम्झना आउँछ । यो ठाउँ पनि शोभाभगवती जस्तै त छ नि । तालको बीचमा एउटा पुल छ । जहाँबाट मानिसहरू आवतजावत गर्दैछन् । तिनीहरूको हातमा फूलका गुच्छाहरू पनि छन् । कसैकसैले ढकीमा फूल बोकेको छ । नानीहरू रङ्गीबिरङ्गी लुगा लाएर सायद स्कुल गइरहेका छन् । यिनीहरू कुनै विदेशी भेट्नासाथ हात माथि उठाएर सबैले सँगै अभिवादन गर्ने गर्छन्, आठदसजना नानीहरूको एक डफ्फाले मलाई त्यस्तै गर्छन्, म हात हल्लाइदिन्छु मायाले, स्नेह र श्रद्धाले ।
आज निकै व्यस्त कार्यक्रम छ । ब्रेकफास्टपछि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राष्ट्रपति एवम् महान् नेता श्री किम इल सुङ्को जन्मथलो म्योङयाङडे भन्ने पार्कमा जानु छ । म छिटोछिटो तयार हुन्छु, सबै तल झरिसके । म पनि तल झर्छु, सबै बसमा बसिसकेका छन् । कुन बसमा कोको छन् हेर्छु अनि एउटामा गएर बस्छु म पनि । इन्टरप्रेटरहरू पालैपालो आएर मान्छे गन्छन्, एकपटक, दुईपटक र धेरैपटक । बल्ल बस चल्न थाल्छ ।
प्योङयाङको नदीको छेउबाट हुँदै एउटा ठूलो पार्कमा पुगेर बस्न रोक्छ । अलिकति हिँड्नुपर्छ अनि एक ठाउँमा दुईवटा छाप्रानेर पुग्छौं । हो, यही छाप्रो हेर्न आएका हामीहरू आज । कति साथीहरू दिक्क मान्छन्, यस्तो जाबो छाप्रो देखाउन ल्यायो भनेर । तर पछि यी छाप्राहरूको पछाडि एउटा ठूलो इतिहास लुकेर बसेको थाहा पाएर हामी सबै छक्क पर्छौं । यो त्यो छाप्रो हो जहाँ कोरियाली जनताको महान् नेता जनरल किम इल सुङको जन्म भएको थियो । उनको सुत्ने कोठा, भान्साघर, गोठघर आदि हेरेर अन्यत्र लाग्छौं । अब माथि चढ्नुपर्छ । बाटामा फेरि पनि स्कुलका नानीहरू भेट्छौं, हामीलाई अभिवादन गर्छन्, अन्याहास्मिका अन्याहास्मिकाको स्वरले हात हल्लाउँदै उनीहरूले हाम्रा लागि बाटो छाडिदिन्छन् । कति मायालाग्दो नानीहरू !
पार्कको माथि एउटा विश्राम पाटी बनेको छ । यहीं हामी बिसाउँछौं विद्यार्थीहरू, सैनिक जवानहरू र अन्य मानिसहरूको भीड लागेको छ । एकातिर बेञ्चमा कोल्ड ड्रिड्ढ र ट्रफीहरू सजाएर राखेको छ हाम्रो लागि । साथीहरू कोही कता कोही कता बसी गफ गरिरहेका छन् । यहाँ उपस्थित दुई चारजना केटीहरूको फोटो उतार्ने मेरो प्रयास विफल भैदिन्छ । क्यामेराको लेन्सदेखि लजाएर तिनीहरू पीठ फर्काउँछन् । मलाई यति बेला घाम्बु्रकका गुरुङसेनीहरूको सम्झना आउँछ । तिनीहरू पनि क्यामेरादेखि लजाउँछन् अनि भाग्छन् ।
बाँकी भोलिको अड्ढमा
बा¥ह बज्नै आँट्यो । होटेल फर्कन्छौं । लन्च लिन्छौं । फेरि बस चढ्छौं, नगरको बीच भागमा बस रोकिन्छ । एउटा ठूलो ढोकाबाट भित्र पस्छौं अनि एउटा हल्ला फैलिन्छ चारैतिर । केटीहरू अत्तालिएका छन्, केटाहरू हतासिएका छन्, नदीको सानो पुलबाट भेडाबाख्राहरू हिँड्न तर्सिएका जस्तै । एउटा लामो र गहिरो सुरुङ हो यो । यहाँ स्वचालित भ¥याङ छ ।
यस भ¥याङमा खुट्टा टेकिदिए पुग्छ, भ¥याङले तलसम्म आफै पु¥याइदिन्छ । यस्तो भ¥याङ चढेर अभ्यस्त भैसकेकाहरूले खुट्टा टेकिदिन्छ । अनि एकपछि अर्कोले त्यस्तै अनुकरण गर्छन्, कति लड्छन् र कतिले आँखा चिम्लन्छन् ।
यो १५० मिटर गहिरो छ । निकै बेरसम्म भ¥याङ तल गइरहेको हुन्छ । ओर्लने बेलामा पनि फेरि एकपटक धेरैलाई आछुआछु पर्छ । कोहीलाई अरुले समाइदिन्छ, कोही फुत्त उफ्रेर एकातिर पुग्छन् । हाँसोको भल फुटिदिन्छ यहाँनेर ।
१५० मिटरमुनिको यस रेल वे प्लेटफार्ममा आँखै तिरमिराउने प्रकाशको व्यवस्था छ । भित्ताहरूमा किम इल सुङका अनि क्रान्तिका विभिन्न पोटे«टहरू झुन्डयाइएका छन् । फूलहरू आकर्षक ढङ्गबाट सजाइएका छन् । फोहर कतै देखिन्न । बिजुलीबाट चल्ने ससाना रेलहरू आउँदै–जाँदै गरेको छ । हामीले पनि रेल चढ्छौं, फेरि फर्किएर आउँछौं अनि फेरि लामो स्वचालित भ¥याङ चढेर माथि पुग्छौं । एउटा रमाइलो दिन आजको ।
जुन उद्देश्य लिएर हामी यहाँ आएका हौं त्यो आज अर्थात् २९ जुनको दिन हुने भएको छ । बिहानै ब्रेकफास्टपछि एसुल गुकचाङ (आर्ट थिएटर) मा रिहर्सल हुन्छ । बेलुकी सात बजे सो छ ।
ठीक समयमा हल पुगिसक्छौं । केटीहरू ग्रिन रुममा मेकअप गर्दैछन् । ग्रीन रुसको बीच भागमा एउटा लामो टेबुल छ । त्यहाँ मेकअपका सामानहरू छन् । ऐनाहरू छन् । लुगा झुन्ड्याउने ह्याङ्गरहरू छन्, एक प्रकारको गन्ध कोठाभरि फैलिएको छ । अर्को एउटा विश्राम कक्ष छ, त्यहाँ सोफासेट पनि छ । ऐना छ, पियानो छ अनि बासबेसिन पनि छ । हामी केटाहरू यहाँ छौं । एउटा किस्तीभरि फूल र टफीहरू राखिदिएका छन् अनि केक पनि छन् र कोल्ड ड्रिड्ढ पनि कसैले खान्छन्, कोही हाँस्छन् र कोहीकोही चुरोट फुक्छन् । सबैले दौरासुरुवाल र टोपी लगाएका छन् ।
पहिलो घन्टी बज्छ । यही विश्राम कक्षको एक कुनामा स्पिकर लगाइएको हामीले भर्खरै मात्र चाल पाउँछौं । उसो भए स्टेजमा हुँदै गरेको जम्मै कार्यक्रम यहीं बसीबसी सुन्न सकिने भयो । हामीकहाँ पनि यस्तो भैदिए कति राम्रो हुने थियो । यसैबसी दोस्रो घन्टी पनि बज्छ, सबै तयार छन्, कार्यक्रम ठीक छ । स्वागतगान गाउनेहरू तयार होऊ । एकजनाले आएर भनेर जान्छ । बाजायीहरू (बाजा बजाउनेहरू) ले बाजा मिलाइसकेका छन्, पाश्र्वगायकगायिकाहरू आ–आफ्नो ठाउँमा बसिसकेका छन् । उद्घोषकहरू कार्यक्रमको रुपरेखा हेंर्दै कुन्नि केके बर्बराइरहेका छन् । लाइट कन्ट्रोल सब ठीकठाक छ । लौ अब तेस्रो घन्टी बज्नै आँट्यो । गाउनेहरू सबै स्टेसनमा आइसकेका छन् । गायिकाहरू सबैको लुगा रातो छ । पङ्क्ति मिलाएर सबै उभिन्छन्, केटीहरू दायाँ र केटाहरू बायाँतिर छन् । म बीचतिर उभिन्छु । सबैले विस्तारै खाक्खाक र खुक्खुक गर्छन्, मुख पुछ्छन्, टोपी मिलाउँछन्, लुगा सार्छन् र एकअर्काका मुख हेर्छन् ।
तेस्रो घन्टी बज्यो । पर्दा अझ खुलेको छैन । बाहिर रङ्गमञ्चको अघिल्तिर शान्ता दिदीको नेपाली उद्घोषणलाई सोनीले कोरियाली भाषामा अनुवाद गर्दै गरेको हामीले भित्रबाट सुन्छौं । लौ, पर्दा खुल्यो । दर्शकहरू टम्मै छन् । जोडतोडले ताली बजाएर हाम्रो अभिवादन गर्छ अनि तालीको ध्वनि विस्तारैविस्तार कम हुँदै जान्छ । हार्मोनियमको कर्डसँगसँगै कोरियाली भाषामा हाम्रो स्वागतगान सुरु हुन्छ । मादल र ढोलको स्वरले हल थर्किरहेको छ । गीतका प्रत्येक शब्दहरू हलभरिका भित्तामा ठक्कर खाएर श्रोताहरूको मुटुमा लागी स्पर्श गर्दैछ । हामी झन् फूर्तिला हुँदै गइरहेका छौं, हाम्रो स्वर खँदिलो हुँदै गइरहेको छ । श्रोतहरू मौन छन् अनि वातावरण गम्भीर ।
गीत सिध्यो । पर्दा लाग्यो । धेरै बेरसम्म ताली बजिरहेको हुन्छ । अनि दोस्रो कोसेली, फेरि तेस्रो र चौथो । यसरी नै अन्तिम कार्यक्रम दिइसकेपछि फेरि एकचोटि तालीको गड्गडाहटले हल थर्किन्छ । यसमा हामीले पनि रङ्गमञ्चमा उभिएर तालीमा साथ दिन्छौं । मित्रताको उद्गारस्वरुप यो तालीको गुँज सधैं फैलिरहोस् भनी एकअर्कोसित कामना गछौं ।
आजको कार्यक्रममा मीराको गीत ताराको गीत, मीरा र गङ्गाको कोरियाली गीत, त्यस्तै तारा, कमला र निर्मलाको कोरियाली गीत, कुमार बस्नेतको झ्याउरे गीत, भरत, पुष्प र बसुको ट्याङ्कुले नाच, मथुरा र वेदको टप्पा नाच, सानुमान र विमलाको चण्डालिका नाच, लक्ष्मी, कृष्ण, सानु, मथुरा, गोपाल र सावित्रीको सेबुनाच, सुभद्रा, वसु र पुष्पको झ्याउरे नाच, लक्ष्मी र सानुको महिषासुर नाच आदि र मेरो आफ्नै ‘आँखा छोपी नरोऊ भनी’ ले भाग लिएको हुन्छ । मीराको गीत, ट्याङ्कुले नाचले विशेष प्रभाव पारेको हुन्छ आजको कार्यक्रमले । मेरोबारे म के भनँु, भन्न पनि त मिल्दैन हैन र ?
प्योङयाङ जुन ३० तारिख । यो दिन खुब रमाइलो भएको दिन । विश्वकै सुन्दर थिएटरहरूमध्ये एउटा अत्यन्तै सुन्दर हेर्न पाइउको छ । मान्सुडे आर्ट थिएटर । यो १९७७ जनवरी पहिलो तारिखको दिन राष्ट्रपति किम इल सुङले उद्घाटन गर्नुभएको हो यही दिन स्वर्गको गीत शीर्षक ओपेरा देखाइएको थियो ।
कोरियाली जनता यो थिएटरदेखि निकै गौरव गर्दा रहेछन् । हुन पनि अत्यन्तै चित्ताकर्षक छ यो । एउटा विशाल भवनजस्तो देखिने यो नाचघरको अघिल्तिर सातआठवटा सिङ्मरमरका मूर्तिहरूबाट फोहरा छुटिरहेको छ । फोहराको पानी झन्डै १०० फिट माथिसम्म पुग्छ । हलभित्र पस्ने ऐनको ढोका स्वचालित छ । भित्र पस्नासाथ रङ्गीबिरङ्गी फोहराहरूको कलहल ध्वनीले दर्शकहरूको मन मोहित पारिदिन्छ । माथि सिलिङमा ठूल्ठूला झारपानसहरू झुन्ड्याइरहेका छन् । विचित्र खालका खाँबाहरू छन् । बाटाभरि गलैँचा बिछ्याइएको छ । माथिल्लो तल्लामा जान साधारण गोल भ¥याङ र अर्को स्वचालित भ¥याङ पनि छ । यहीँनेर माउन्ट कुम गाङको दृश्य प्रोजेक्टरद्वारा चित्रित गरिएको छ जुन चित्रमा एउटा झर्ना बगिरहेको छ, त्यसको आवाज पनि आइरहेको छ अनि तलतिर खोला बग्दै गएको छ ।
माथि पुगेपछि ठूल्ठूला हलहरू छन् ठाउँठाउँमा कोरियाली लोककथामा आधारित परीहरूका चित्र अङ्कित छन् । एउटा ठूलो रिहर्सल रुस छ जसको चारैतिर भित्ताभरि ऐना लगाइएको छ । यहाँ ५०–६० जना कलाकारहरू एैकपटक रिहर्सल गर्न सकिन्छ । योबाहेक अरु हलहरू पनि छन् । दसबा¥हवटा जति ग्रीन रुम छन् र प्रत्येकमा टी ह्वी सेट छ, पियानो छ, बाथरुम र अन्य आवश्यक मेकअपका सरसामानहरू छन् ।
यत्रो ठूलो हल घुम्नलाई घन्टौं लाग्छ । अनि घुम्दैफिर्दै मुख्य हलमा हामी पुग्छौं । हल ठूलो छ तर सिट एकदमै थोरै छन् मात्र ५५० । सायद दर्शकहरूको सुविधाको ख्याल राखेर त्यति थोरै सिट राखेको होला । सिलिङभरि इन्द्रेणी रङका बत्तीहरू बदलिंदै जाँदो छ । प्रकाशव्यवस्था अत्यन्तै रोचक छ । एउटा सानो क्यालकुलेटिङ मेसिनजस्तो वस्तुको सहायताले हलभरिको प्रकाशलाई नियन्त्रण गर्दा रहेछन् । आफ्नो इच्छामुताबिक बटन थिच्नुस् तत्कालै प्रकाश व्यवस्था बदलिन्छ, रातो, हरियो, पहँेलो, मिश्रित वा जे भन्नुस् तुरुन्त पाउनुहुन्छ । कतिवटा चिम बाल्ने, कति निभाउने, कहाँनेरको बाल्ने, कुन बेला निभाउने र कस्तो इफेक्ट दिने आदिको काम गर्दाे रहेछ त्यस मेसिनले । अनि त्यो मेसिन चलाउने एकजना प्रकाश नियन्त्रकले यो सबै अहिले हामीलाई देखाउँदैछन् । हामी वाल्ल परेर यी सबै हेरिबस्छौं मानो यो कुनै दैवी चमत्कार हो ।
आज पहिलो जुलाई । घर छाडेको एक हप्ता मात्र भयो । तर एक वर्ष बितेझैं लाग्दैछ । बिहानबिहानै नरमाइलो लागेर आउँछ । बिहानको तातो घामले कोठाभित्र चियाउँछ । उफ ! कस्तो गर्मी एकाबिहानै । झ्यालबाट बाहिरको दृश्य हेर्छु, तालवरिपरि एक हुल युवतीहरू दौडिरहेका छन् । कोही बोटिङ गर्दैछन् । परबाट इन्द्रलाल एक्लै घुमेर फर्किरहेको छ । आज म घुम्न जान्नँ, जीउ बिसञ्चो जस्तो लाग्दैछ, हिजोको खुमारी अझै उत्रेको छैन । बरु नुहाउनुप¥यो । लुगा खोज्छु अनि बाथरुमको ढोका ढ्याम्म लगाउनुको साथसाथै टबमा पानी भरिँदै जान्छ ।
एक बजे लन्चका लागि डाइनिङ हलमा सबै पुगिसकेका छन् । आज प्रत्येक टेबुलमा जितसेङ छ । सायद हिजो राति कसैले डाइनिङ हलमा गई मागेकाले होला आज दिउँसो यस्तो । हिजो कसले त्यस्तो काम गरेको भन्ने त थाहा पाएन तर कुनै पत्रकार बन्धुले त्यस्तो गति देखाएको हो भन्ने सबैको गाइँगुइँ सुनिन्छ । जे होस् लन्चमा पनि यसरी ट्वाँट दिएको मलाई त मन परेन । यति मात्र कहाँ हो र लन्चपछि कोठामा पुग्दा एक बोतल जिनसेङ र दुई बोतल बियर राखिदिएको रहेछ । छक्कै पर्छु तर यहाँ मात्र होइन, सबको कोठामा त्यस्तै रहेछन् । यस्तो किन ? कसैको आदेश पाएर हो कि ? कोही केही बुझ्दैनन् ।
बेलुकी सात बजे आज अर्को कार्यक्रम दिनुपर्छ । आज हाम्रो कार्यक्रम अर्को हलमा हुनेछ । दिनभरि केही काम छैन । एकछिन सुत्छु । अनि सोमा जान्छु । आजको सो ग्रयान्ड थिएटरमा हुन्छ अनि यहाँ उदीतले पनि गाउँछ । बाँकी कार्यक्रम पहिलेको जस्तो रह्यो । यस हलमा आज २००० दर्शकहरूले हाम्रो कार्यक्रम हेरे । आज टि ह्वी दलको पनि उपस्थिति थियो । हाम्रा पत्रकारहरू कतै देखिन्न ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 24 · Viewed 1271 · Likes 4
· Posts 22 · Viewed 7145 · Likes 1
· Posts 1 · Viewed 101
· Posts 7 · Viewed 2408
· Posts 2 · Viewed 150
· Posts 10 · Viewed 2264
· Posts 1 · Viewed 79
· Posts 1 · Viewed 74
· Posts 69 · Viewed 13659 · Likes 15
· Posts 39 · Viewed 9467 · Likes 2



Your Banner Here
Travel Partners
Travel House Nepal