नेपालमा अब अस्लिल किताब, चलचित्र साथमा पाइएमा अथवा युट्युबमा राखे एक वर्ष कैद - Sajha Mobile
SAJHA MOBILE
नेपालमा अब अस्लिल किताब, चलचित्र साथमा पाइएमा अथवा युट्युबमा राखे एक वर्ष कैद
Posts 2 · Viewed 10157 · Go to Last Post
ktmpost
· Snapshot 0
Like · Likedby · 0

अहिले साउन महिना चलिरहेको छ। एक महिनापछि अर्थात् भदौ १ गतेदेखि नेपालमा नयाँ कानुन लागू हुँदैछ। धेरैलाई यो कानुन बारे थाहा नहुन सक्छ। त्यसैले अबका केही दिनमा नयाँ कानुनका केही व्यवस्थाहरुबारे जानकारी दिने प्रयास गरिनेछ। हिजो भिक्षा माग्ने कानुनबारे चर्चा गरेका थियौँ, आज अश्लील सामग्रीबारे।

तपाईँलाई थाहा छ? एक महिनापछि अश्लील किताब वा ब्लु फिल्म आफूसित राखे मात्र पनि एक वर्ष कैद हुनसक्ने कानुन लागू हुँदैछ। यस्तो व्यवस्था मुलुकी अपराध संहिता ऐन २०७४ ले गरेको छ। हेरौँ के छ कानुनमा? 

यो कानुन अनुसार शारीरिक कामोत्तेजना बढाउने वा काम वासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील किताब, पर्चा, रेखाचित्र, तस्बिर, रेकर्ड वा अरु कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न हुँदैन।

यसअघि पनि यस्तो कानुन नभएको हैन तर त्यसले विद्युतीय सञ्चार माध्यमलाई समेटेको थिएन। अब भने इन्टरनेटमा राखिने यस्ता सामग्रीलाई पनि समेट्नेछ।

ऐनको दफा १२१ को (घ)ले यस्तो सामग्री आफूसँग बोक्न पनि नहुने लेखेको छ। अर्थात् कसैले ब्लु फिल्म पेन ड्राइभमा राखेर बोकी हिँडेको छ भने पनि यो दफा आकर्षित हुने भो।

उपदफा २ अनुसार यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ।

अब यो कानुन आएपछि युट्युबमा अश्लील भिडियो राख्नेहरु वा इन्टरनेटमा त्यस्ता सामग्री राख्नेहरु कानुनी दायरामा आउने भएका छन्।

http://www.mysansar.com/2018/07/32736/

Atiranjeet
· Snapshot 176
Like · Liked by · 0
Kahi nabhayeko jatra hadi gaau ma bhaneko yehi ho.....tetro tetro crime\corruption garda kasailai kei matlab chaina......raaaaaaaaaaaandi kaa baan haru lai aba porn heryo bhane kanun lagne rey.....thuiyaaaa...
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 121 · Viewed 126533 · Likes 58
· Posts 3 · Viewed 368
· Posts 1 · Viewed 141
· Posts 4 · Viewed 9485 · Likes 1
· Posts 2 · Viewed 152
· Posts 1 · Viewed 159
· Posts 31 · Viewed 34318 · Likes 13
· Posts 1 · Viewed 213
· Posts 2 · Viewed 10849 · Likes 1
· Posts 26 · Viewed 28385 · Likes 1



Travel Partners
Travel House Nepal