जङ्गली रुप, उपनिवेश र संशोधनवादको खण्डन - Sajha Mobile
SAJHA MOBILE
जङ्गली रुप, उपनिवेश र संशोधनवादको खण्डन
Posts 1 · Viewed 4418 · Go to Last Post
huippa
· Snapshot 0
Like · Likedby · 0
यस वर्षको फागुन १ गते शिवरात्री, नेपाली सेनाको दिवस र माओवादी सशस्त्र द्वन्द्वको दिवस प¥यो । शिवरात्रीको दिन पशुपतिमा पुग्नेकोे घुइँचो हुन्थ्यो, भयो । शिवरात्रीको दिन पशुपतिमा तत्कालीन राजाहरू पुग्थे, गणतन्त्रमा राष्ट्रपति पुगिरहेका छन् । पशुपति पुग्नेहरूले बनकालीमा गाजा र नागाबाबा धन्दामात्र देखे । नेपालमा गाजा लागूपदार्थ भन्दै उत्पादन र बिक्रीमा प्रतिबन्ध लागेको ४० वर्ष भयो । बनकालीमा ‘नागाबाबा’हरूले ५०० देखि १००० ग्राम गाजा भारतबाट बोकेर एक खिल्ली चुरोटमा भरेको रु. १०० र एक चिलिमको रु.१५० मा बिक्री गरे । युवाहरू बनकालीमा गाजा बिक्री गरिरहेका ‘नागाबाबा’हरूकोे वरिपरि झुम्मिएका थिए र शिवको ‘प्रसाद’ र ‘नागाबाबा’को ‘बुटी’ भन्दै गाजा तान्दै थिए । कतिपय युवाले कागजको पोकामा गाजा किनी लगे । नेपालले बिक्रीमा प्रतिबन्ध गरेको गाजा शिवरात्रीको दिन खुलेआम बिक्री भयो तर नेपाल सरकारको सम्पूर्ण संयन्त्र प्रतिबन्धित गाजा बिक्री नदेख्याझैं बस्यो ।

‘नागाबाबा’ हरू पशुपति पुगेकाहरूको अगाडि नाङ्गै उभे । शरीर बेरेको कपडासमेत खोलेका ‘नागाबाबा’ हरू देखेपछि कतिपय मानिसहरू ‘नागाबाबा’ होइन जनावर नै भएको टिप्पणी गरे । असङ्ख्य मानिसको घुइँचो लाग्ने पशुपतिस्थानमा शिवरात्रीको दिन भारतबाट आएका एकथरीका मानिस ‘बाबा’ को नाममा नाङ्गै उभिनु मानिसको धर्म (कर्तव्य) विरुद्ध हो । राष्ट्रपति पुग्ने र सरकारी संयन्त्रका जिम्मेवार मानिसहरू औपचारिक र अनौपचारिक पुग्ने पशुपतिमा शिवरात्रीको दिन धर्मको नाममा नाङ्गै उभिने ‘नागाबाबा’ हरूलाई प्रतिबन्ध लगाउन नसके त्यस क्षेत्रमा राष्ट्रपतिको भ्रमण मानव सभ्यताभन्दा बाहिर नै ठहरिनेछ ।
नेपाली सेनाले आफ्नो दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई निम्ता दिएर काठमाडौंको सैनिक मञ्च टँुडिखेलमा सैनिक गतिविधि प्रदर्शन गरी सम्पन्न ग¥यो । सेना दिवसमा यस वर्ष भारत र बेलायती सेनाको प्रदर्शनी पनि समावेश गरियो । यो नेपाली सेनामा भारतीय र बेलायती सेनाको छापको सिलसिला हो । यसले नेपाली सेना अझै बेलायती र भारतीय सेनाको उपनिवेशजस्तो देखिन्छ । यसकारण नेपाली सेनाले अगाडिका दिनमा संसारकै अन्य देशको सैनिक गतिविधिहरूको जानकारी लिनुपर्छ । चीनको सैनिक संयन्त्रलाई पनि बुझ्नु आवश्यक छ ।

प्रचण्ड, वैद्य, विप्लव नेतृत्वको माओवादीले अलग अलग माओवादी सशस्त्र द्वन्द्वको २३ औं वर्ष मनाए । प्रचण्डको माओवादीले पार्टी कार्यालयमा पेरिस डाडामा केक काटेर चियापानसहित सशस्त्र द्वन्द्व दिवस मनायो । प्रचण्डले दिवास्वप्नले क्रान्ति पूरा नहुने र जनताबाट भागेर क्रान्ति नहुने बताए । प्रचण्डको यो भनाइ वैद्य र विप्लवतिर थियो । वैद्यले प्रचण्डलाई ‘जनयुद्ध’ को घाँटी रेटेको आरोप लगाए । संविधान घोषणालगत्तै संविधानसभाबाट सरकार राजीनामा गरी अलग पार्टी खोलेका बाबुराम भट्टराईले फागुन १ गतेको कान्तिपुर दैनिकमा लेख लेखी ‘जनयुद्ध’ ठूलो यज्ञ भएको र राम्रा मनसाय हुँदाहुँदै गल्ती कमजोरी भएकोमा माफी मागे । सशस्त्र द्वन्द्वको बेलादेखि माओवादी नेताहरू भारतीय विस्तारवाद र एकाधिकार पूँजीको ‘ट्रोजन हर्स’ को रुपमा आएका छन् । झापा विद्रोहबाट उठेको माले र पछि एमाले २०४६ सालको परिवर्तनलाई पूँजीवादी सरकारको भागबण्डामा लागेजस्तै सशस्त्र द्वन्द्वको माओवादी शान्ति प्रक्रियासँगै २०६३ मा पूँजीवादी सरकारको भागबण्डामा लाग्यो ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 66
· Posts 2 · Viewed 251
· Posts 1 · Viewed 153
· Posts 24 · Viewed 7432 · Likes 2
· Posts 26 · Viewed 2231 · Likes 5
· Posts 1 · Viewed 81
· Posts 1 · Viewed 99
· Posts 1 · Viewed 182
· Posts 2 · Viewed 283
· Posts 13 · Viewed 3447 · Likes 6



Your Banner Here
Travel Partners
Travel House Nepal