जुन जोगी आएपनि कान चिरेको भन्ने उखान रबिन्द्र मिश्रलाई किन लागु हुदैन - Sajha Mobile
SAJHA MOBILE
जुन जोगी आएपनि कान चिरेको भन्ने उखान रबिन्द्र मिश्रलाई किन लागु हुदैन
Posts 1 · Viewed 7126 · Go to Last Post
neurologist
· Snapshot 0
Like · Likedby · 0
अहिले चुनाबको निकट समयमा एउटा उखान खुब सुनीन थालेको छ |

"जुन जोगी आएपनि कान चिरेको"

पहिले पनि चुनाब अगाडी यस उखान सुनिने गर्थ्यो अनि सहि लाग्थ्यो किन भने राजतन्त्र सक्कियपछि जनताले त्येस्तै कान चिरेका नेताहरु मात्र पाएकाछन् |

यसपाली बिबेकशील साझा पार्टीबाट उठेका रबिन्द्र मिश्रको बिरुद्ध पनि यसै उखान उनका प्रतिद्वन्दी र परिवर्तन देखि डराउने मान्छेहरुले प्रयोग गरेका छन् |

साधारण सतहबाट हेर्दा उक्त उखान सहि लाग्छ तर यस उखानले एउटा भयाबह अवस्थालाई संकेत गर्छ | यस्तो भन्नुको अर्थ के हुन आउँछ भने "अब देशको लागि कुनै आशा नै छैन" किन कि जुन जोगी आए पनि कानै चिरेका मात्र आउँछन् |

यस्तो परिस्थितिमा कुनै पनि सिक्षित नेपालीले सत्य के हो भनेर सोच्नु उचित हुन्छ |

नेपाल र नेपाली किन एस्तो आशा बिहिन परिस्थितिमा पुग्नु पर्यो? भन्ने प्रश्नलाई केलाउदा त्यसको जवाफ एकदम प्रस्ट छ |

नेपाल र नेपालीलाई यस्तो आशाबिहिन यथार्थमा धकेल्न अहिले राजनीतिमा भएका पार्टीहरुसंग आवद्ध नेताहरुको कमजोरी, व्यक्तिगत लोभ र बेवास्ता नै हो | अहिले राजनीति गर्ने पार्टीहरुको घोषणा पत्र जस्तो सुकै राम्रो भएपनि दशक पछि दशक सम्म उनीहरुले आफुहरु मिलि जुली बांधिचुदी निजि बिकास गर्ने बाहेक देश र जनताको केहि प्रगति र उन्नतिमा चासो देखाएको अथवा केहि प्राप्ति गरेका उदाहारण कमै होला |

भने पछि यति कुरा स्पस्ट छ कि अहिलेका पार्टी र यी पार्टीसंग अबरुद्ध नेताहरुले देश र जनताको लागि कुनै सकारात्मक आयाम थप्न सकेका छैनन् |

बर्षौं बर्ष सम्म यिनै पार्टी र पार्टी संग अबरुद्ध नेताहरुले "जुन जोगी आए पनि कानै चिरेको" भन्ने उखानलाई चरितार्थ गर्दै जनताका आशा लाई निराशामा बद्लाउन सफल भए |

अहिले फेरी निर्वाचन आउदैछ ती नेताहरु फेरी पनि आफु आफु बाधिचुदी खान हात मुसार्दैछन जनतालाई उही अचेत उखानको भरमा आशा मार्न खोज्दै |

तर यसपालिको चुनाबमा केहि भिन्नता छ | येसपालिको चुनाबमा एउटा नयाँ पार्टीको विकल्प छ जुन पार्टी अहिलेको प्रचलित पार्टीहरु भन्दा फरक छ | पहिलेक निजि स्वार्थमा केन्द्रित पार्टी जसले आफ्नो निजि स्वार्थलाई साबित गरिसक्यो यी दुइ दशकमा आफ्नो व्यक्तिगत प्रगतिमा समर्पित भएको प्रमाणित गरिसक्यो - त्यसको विकल्प आएको छ यसपाली - बिबेकशील साझा पार्टी : जुन पार्टीको अहिले सम्म कुनै नकारात्मक कुरा गरेको छैन |

बिबेकशील पार्टीले भुकम्प जाँदा जिउ ज्यान वास्ता नगरी जसरि जनता को सेवा गरे जुन बेला भएका नेताहरुले एक बक्तब्य पनि निकाल्न भ्याएका थियेनन | जब अरु प्रचलित पार्टीबाट राहतमा आएका सामग्रीको समेत हिनामिना गरेको समाचार छ तब बिबेकशील पार्टीले देशका युबाहरुलाई राहत कार्यमा सक्रिय हुन ठुलो मद्दत गरे | यसको अतिरिक्त साझा पार्टीका रबिन्द्र मिश्रले पन्ध्रौँ बर्ष अगाडी देखि हेल्प नेपाल नेटवर्क सामाजिक कल्याण संघ्स्था खोलि नेपालका लाखौं गरिबहरुलाई राहत पुराउंदै आएकाछन् |

यस्तो परिस्थितिमा हालचालका निजि स्वार्थमा समर्पित राजनीतिक पार्टीहरु भन्दा बिबेकशील साझा पार्टीको नाममा केहि दाग छैन शिवाय देश र जनता प्रति समर्पित भएका प्रमाणहरु |

यही कारणले बिबेकशील साझाका उम्मेदवारहरुले "जुन जोगी आए पनि कान चिरेका" भन्ने उखान लागु हुदैन कि जस्तो लाग्छ | 

बिशौं वर्ष बितिसक्दा पनि उही पुराना पार्टीका नेताहरुलाई भोट दिएर अहिले त केहि होलाकी भनेर कति बस्ने? उही पुराना पार्टीका नेताहरूको असक्ष्यमता र व्यक्तिगत स्वार्थले गर्दा काठमाडौँको हावापानी नै दुषित भइसक्यो र क्यान्सर जस्ता ज्यानघातक रोगहरु लाग्ने सम्भावना बढेको छ | अब पनि उही पुरानो पार्टीलाई भोट गर्नु भनेको आफ्नो सन्तान र आफैलाई धोका दिएको बराबर हो - किनकि भुतकालले नै देखाईसक्यो कि केहि हुने वाला छैन |


आफ्नो र आफ्ना सन्तानको भबिस्यको लागि बिबेकशील साझा पार्टीलाई एक मौका दिनै पर्छ !


सबैलाई चित्त नबुझ्न पनि सक्छ तर यस लेख आफ्नो व्यक्तिगत सोचाई मात्र हो | धन्यबाद !
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 21
· Posts 7 · Viewed 729
· Posts 7 · Viewed 2375
· Posts 2 · Viewed 118
· Posts 10 · Viewed 2229
· Posts 1 · Viewed 65
· Posts 1 · Viewed 63
· Posts 69 · Viewed 13604 · Likes 15
· Posts 39 · Viewed 9435 · Likes 2
· Posts 1 · Viewed 160



Your Banner Here
Travel Partners
Travel House Nepal