जातीय सद्भाव भड्काउने स्टाट्स लेखेको भन्दै नेपाल प्रहरीको सिआइबीले जर्मनीमा अध्ययन गरिराखेका नेपाली बिद्यार्थीलाइ झिकाउने तयारि - Sajha Mobile
SAJHA MOBILE
जातीय सद्भाव भड्काउने स्टाट्स लेखेको भन्दै नेपाल प्रहरीको सिआइबीले जर्मनीमा अध्ययन गरिराखेका नेपाली बिद्यार्थीलाइ झिकाउने तयारि
Posts 3 · Viewed 5715 · Go to Last Post
ktmpost
· Snapshot 0
Like · Likedby · 0

अध्ययनका लागि जर्मनी पुगेका धादिङ त्रिपुरासुन्दरीका आत्माराम थपलियालाई प्रहरीले नेपाल झिकाउने तयारी थालेको छ ।

जातीय सद्भाव भड्काउने स्टाट्स लेखेको भन्दै नेपाल प्रहरीको सिआइबीले उनले नेपाल झिकाउन लागेको एसपी मिरा चौधरीले जानकारी दिइन्।

उनले लेखेका अधिकांश स्टाट्स धर्म सम्बन्धी र जातजाती सम्बन्धी छ। उनले स्टाट्सले जातीय सद्भावमा खलल पुगेको भन्दै प्रहरीले उनलाई झिकाउन सम्बन्धित निकायलाई पत्राचार गरिसकेको पनि एसपी चौधरीले बताइन्।

सिआइबीले उनलाई साइबर क्राइम अन्तर्गत नै मुद्दा चलाएर कुटनीतिक पहलमार्फत नेपाल झिकाउन लागेको जानकारी दिएको छ।

उनलाई नेपाल झिकाउन सिआइबीले इन्टरपोललाई पनि सहयोग गर्न भनेको छ।

उनले उपराष्ट्रपति नन्दबहादुर पुन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुलाई मुछेर पनि कडा स्टाट्स लेखेका थिए। धुर्मुस सुन्तलीलाई पनि उनले विदेशी पैसा बाँडेर धेरै नाटक नगर भनेका थिए।

प्रहरीका अनुसार बढीमा १ महिनाभित्रमा उनलाई झिकाइने छ।

प्रहरीले यस अघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रचण्डकी छोरी रेणु दाहाललाई फेसबुकमा गाली गर्ने २ जनालाई पक्राउ गरिएको कारबाही गरिसकेको छ।

https://setopati.com/social/89039

kattu
· Snapshot 68
Like · Liked by · 0
watch out NLM.....
jerryswari
· Snapshot 306
Like · Liked by · 0
so do we get to see his status?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 5 · Viewed 2311
· Posts 72 · Viewed 15908 · Likes 15
· Posts 1 · Viewed 114
· Posts 3 · Viewed 402
· Posts 1 · Viewed 106
· Posts 16 · Viewed 2442 · Likes 3
· Posts 1 · Viewed 138
· Posts 1 · Viewed 122
· Posts 4 · Viewed 573
· Posts 1 · Viewed 163



Your Banner Here
Travel Partners
Travel House Nepal