२१ बर्षे नानी ! बन्लिन त काठमाडौंको मेयर - Sajha Mobile
SAJHA MOBILE
२१ बर्षे नानी ! बन्लिन त काठमाडौंको मेयर
Posts 1 · Viewed 3622 · Go to Last Post
Nepali Thito123
· Snapshot 0
Like · Likedby · 0

म पागल हुँ । आफ्नै कालमा शान्त र सबृद्ध नेपाल बनाउन लागिपरेको छु । मेरो पागलपन साबित गर्न म कर्मठ र इमान्दार र लगनशील छु ।’ रन्जु दर्शनाको फेसबुक पेजमा उल्लेखित यो भनार्इबाट पनि थाहा लाग्छ उनी एक निष्ठावान ‘पागल’ हुन् । देश र जनताको लागि एउटा निष्ठा र अदम्य साहस सहित आफूलाई पागल घोषणा गर्ने रन्जु वास्तवमै एक असल मानव हुन् । - See more at: http://imagekhabar.com/news/latest/article/19460#sthash.9iy7ZiOv.dpuf

अझ असल र नमुनायोग्य बनुन । आफ्नो पागलपनलाई साकार रुप दिन काठमाडौं शहर, राजधानी नगर, देशकै प्रवुद्र्ध, प्रवुद्र्धबर्ग उत्पादनको अत्याधिक कारखाना भएको शहर, उच्च कुलीन, धनाड्य अनि नवधनाड्य, सवै पहुच र शक्तिको बोलवाला भएको शहरमा मेयर पदको लागि उम्मेदवारी घोषणा गर्ने सबै भन्दा कान्छो पुस्ताकी प्रतिनिधि पात्र हुन् । सिधा र सामान्य अर्थमा उनको यो घोषणा दुस्साहस , पागलपन र हाँसीमजाग नै हो । सवैले उडाउने छन अझ पुराना र स्थापित भनिएका राजनैतिक दल तिनका नेता कार्यकर्ताले, नवयुवक र नवयौवनाहरुले यिनको यो साहस हिम्मत र चुनौतीलाई दोहोलो काढ्ने छन् । रन्जुका बारेमा अनेकानन किस्सा बन्ने छन । अफवाहहरु फैलने छन् । उनको चरित्र र आनीबानी अनि स्वभाव बारे अत्यन्त अप्रिय अराजक र विवेकहीन टिकाटिप्पणी र हुर्मत काढ्ने मसला बनाइनेछ । कसैले रन्जुको उमेरलाई दुधेबालक भन्ने छन । सानी बच्ची भन्न थाली पनि सके । कसैले उनको अनुपम सौन्दर्य र बैशालु जोवनको कार्य ब्यापारको रुपमा चित्रित गर्नेछन् । जुन ट्रेन्ड सामाजिक संजालमा देखिन लागिसक्यो । रन्जुलाई सहन गर्न नसकिने आरोप र लान्छनाहरु लगाइनेछन । सबै आरोप टीकाटिप्पणी लान्छना र हुर्मत छेड्ने कुराहरुको रन्जुले शालिन प्रतिवाद र खण्डन गर्नु पर्नेछ । धैर्य र क्षमाशील बन्नुपर्छ । हाम्रो समाज कस्तो छ यसको चरित्र स्खलित छ या परिस्कृत छ सभ्य छ या अझै जंगली छ त्यो अब विस्तार विस्तार देखिनेछ । हामी राजनीतिक रुपमा कस्तो कल्चर र ट्रेन्डमा छौ त्यो प्रकट हुनेछ । हाम्रो समाजको अझ भनौं राजधानी शहरको पुरुष प्रधान समाजको स्तर कहाँ निर छ ? समाजको असल नियत र मुखुण्डो खुल्नेछ । महिला अनि यिनलाई हेर्ने बुझ्ने समाजको चेतनास्तर कहाँ छ ? महिलाले महिलालाई अवसर दिन कति तत्परता देखाउँछन ? परीक्षा महिलावादीहरुको पनि हुनेछ । लिखतम, बकितम र रियालाटीमा कति अन्तर हुन्छ भन्ने कुरा पनि सतहमा फेरि आउनेछ । काठमाडौंको चेतनाको स्तर हेरेर देशको सामाजिक मनोवैज्ञानिक र मानवीय चेतनाको स्तर पत्ता लगाउन सोध-पत्र तयार गर्न सजिलो हुनेछ । कालो बादल भित्र पनि उज्यालो चाँदीको घेरा हुन्छ भने झैँ रन्जुको अब आलोचना र निन्दा मात्र हुने छैन समाजको एक तह र तप्काले यिनको साहसको प्रशंसा र सम्मान गर्ने छ । यिनको साहसमा होस्टे र हैंसे पनि गर्ने छ । राजधानी शहरमा यिनको उम्मेदवारी घोषणाले एउटा तरंग उत्पन्न गरेको छ । नेपाली जनमत बुझ्न र हेर्न अहिले सामाजिक संजाललाई हेरे पुग्छ जसको दवाब र समर्थनमा सवैलाई हायल कायल पार्ने ल्याकत रहेको तथ्य खुल्ला र ताजै छ । समाजशास्त्रीय र मानवशास्त्रीय दृष्टिकोण र हेराइमा पनि यिनको उम्मेदवारी घोषणाले विषेस अर्थ र मान्यता राख्छ । बिभिन्न काल खण्ड, बिभिन्न र फरक फरक ढंगका जनता जगाउने, परिचालन गर्ने , सामाजिक र राजनीतिक आन्दोलनको नेतृत्व, तिनका अवयव अनि तिनको निरन्तरताको विरासत, लम्बेतान राजनीतिक पृष्ठभुमि भएका पुस्ता र तिनको हालीमुहाली भएको नगरमा एक नवजवान युवतीको हाँक र चुनौती फरक ढंगको बिम्ब प्रतिबिम्ब र प्रतीकात्मक अर्थ दिने युगान्तकारी संदेश र स्वयं एउटा आन्दोलन हो । अभियान हो । एउटा पिंढी र पुस्तालाई सम्मान साथ विस्थापित गर्ने कडी र विचार हो । नयाँ चेतना, नयाँ ढंग नयाँ शैली र नयाँ बाटो हो ।
bit.ly/TransformKTM
Last edited: 21-Apr-17 11:34 AM
Last edited: 21-Apr-17 11:44 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12065 · Likes 1
· Posts 7 · Viewed 3515 · Likes 1
· Posts 1 · Viewed 959
· Posts 1 · Viewed 919
· Posts 1 · Viewed 830
· Posts 1 · Viewed 911
· Posts 1 · Viewed 902
· Posts 21 · Viewed 9092 · Likes 1
· Posts 3 · Viewed 2286
· Posts 5 · Viewed 7386 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal