तिमी अनि तिमी - Sajha Mobile
SAJHA MOBILE
तिमी अनि तिमी
Posts 4 · Viewed 7637 · Likes 8 · Go to Last Post
Mrigtrishna
· Snapshot 0
Like · Likedby · 4
शरीर भित्र अझै पनि सास चल्छ तिम्रै नामको
फर्किन्छौ कि कतै तिमी आश चल्छ तिम्रै नामको

 हलुङ्गो हावा पनि गर्हौ याद बोकी आउछ
पलपल तडपाउन बताश चल्छ तिम्रो नामको

तिम्रो नाम भ'का मान्छे सबै आफ्नै हुनकि जस्तो
सुन्छु जब अनयसै आभाष चल्छ तिम्रै नामको

राती राती सपनीमा माफी माग्दा तिम्ले अचेल
बिर्सेंर पिडा मनमा भिन्नै मिठास चल्छ तिम्रै नामको

जीवन रित्तो अनि आत्मा खोक्रो बनाइ गयौ मेरो
जिद्दी मनमा अझै पनि बास चल्छ तिम्रै नामको

- मृगतृष्णा


 
Altijdgoede
· Snapshot 87
Like · Liked by · 3
ल धेरै राम्रो छ प्रस्तुति, मेरो तर्फबाट पनि एउटा सानो है त |



पिडारुपी दुर्गन्धको पर्याय भा'छ जीवन आजकल
त्यसै बीच कहिलेकाहिँ सुवाश चल्छ तिम्रै नामको
Last edited: 06-Apr-17 01:16 PM
Public
· Snapshot 196
Like · Liked by · 1
मलाई त यतीनै काफी भो प्रभु-
"शरीर भित्र अझै पनि सास चल्छ तिम्रै नामको
फर्किन्छौ कि कतै तिमी आश चल्छ तिम्रै नामको"

दरो गयो हजुर दरो..........
ThahaChaena
· Snapshot 382
Like · Liked by · 0
मिठो गजल लिएर आउनु भो मृगतृष्णा जी . एक शेर मैले पनि यहि खेतमा चराउने अनुमति चाहें, 

हापेको एउटा सानो हात न रहेछु म त 
 माया ठुलो खालमा तास चल्छ तिम्रै नामको
Last edited: 11-Apr-17 10:39 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 65 · Viewed 11904 · Likes 12
· Posts 1 · Viewed 74
· Posts 1 · Viewed 72
· Posts 1 · Viewed 173
· Posts 1 · Viewed 174
· Posts 4 · Viewed 942
· Posts 1 · Viewed 255
· Posts 1 · Viewed 249
· Posts 1 · Viewed 384 · Likes 1
· Posts 1 · Viewed 302



Your Banner Here
Travel Partners
Travel House Nepal