फोटो बिगारेर फेसबुक, ट्विटरमा राखे दुई वर्ष जेल हुने - Sajha Mobile
SAJHA MOBILE
फोटो बिगारेर फेसबुक, ट्विटरमा राखे दुई वर्ष जेल हुने
Posts 4 · Viewed 24245 · Go to Last Post
ktmpost
· Snapshot 0
Like · Likedby · 0

मनोज सत्याल/पहिलोपोस्ट -

काठमाडौँ : फोटो बिगार्ने तथा एउटाको फोटो अर्कोसँग जोड्ने र विकृत रुप तयार गर्नेले जेल सजाय भोग्नुपर्ने गरी कानुन तयार भएको छ।
 
मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याउन लागिएका विधेयकहरु मध्येको फौजदारी कसूरसम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको हो। कानुन मन्त्रालयले तयार गरेको मस्यौदामा भने फोटो जोड्ने र विकृत रुप बनाउनेलाई सजायको व्यवस्था थिएन।
 
तर सांसदहरुले संसदमा विधेयकको मस्यौदामा यस्तो व्यवस्था थप गरेका हुन्। विधायन समितिअन्तर्गतको उपसमितिले फोटोलाई विकृत रुप बनाउनेलाई दुई वर्षसम्म कैद तथा २० हजारसम्म जरिवानाको व्यवस्था प्रस्ताव गरेको हो।
 
विधेयकको दफा २९५ को ३ मा भनिएको छ- 'कसैले एकको तस्बिरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपको तस्बिर बनाउन वा प्रकाशन गर्न हुँदैन।'
 
सामाजिक सञ्जालहरुमा विभिन्न नेताहरुको तथा सेलिब्रेटीहरुको फोटो जोड्ने र विकृत बनाउने गतिविधि बढेकाले सजायको व्यवस्था गरिएको उपसमितिका संयोजक कृष्णभक्त पोखरेलले जानकारी दिए।

'फोटोहरु एकदमै गलत ढंगले प्रयोग भयो। एउटाको फोटो अर्कोसँग टाँसिदिने। वयैक्तिक स्वतन्त्रता भित्रको अतिक्रमण भन्ने हिसाबले हो', पोखरेलले भने।
 


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि गत २६ कात्तिकमा फेसबुक र सोसल मिडियामा असाध्यै गैरजिम्मेवार मान्छे, कुनै हैसियत नभएको तथा जिम्मेवारी नभएकोले पनि गलत टिप्पणी गर्ने र त्यो भाइरल हुने यो खतरा पैदा भएको बताएका थिए। उनले त्यसलाई व्यवस्थित गर्नुपर्ने तर्क गरेका थिए।

सामाजिक सञ्जालमा नेताहरुको टाउको जनावरसँग जोडेको तथा बालबालिकासँग जोडिएका फोटो भाइरल हुने गरेका छन्। 

http://www.pahilopost.com/content/-27873.html
magorkhe1
· Snapshot 21
Like · Liked by · 0
यो त नेपालमा बसेर गर्नेलाई लागु भयो : बिदेशमा  बसेर गर्नेलाई चै त्रिभुवन बिमान स्थलमा ढुकेर बस्छन ?

Now these morons are talking about वयैक्तिक स्वतन्त्रता ? How about our property rights? You can make money out of it and you are liberal on this matter.

Now Nepali minister have great thoughts popping on their head "वयैक्तिक स्वतन्त्रता"? ,

Last edited: 16-Feb-17 11:15 AM
instagram
· Snapshot 2495
Like · Liked by · 0
:)
Last edited: 08-Mar-17 09:09 AM
Frugal
· Snapshot 3940
Like · Liked by · 0
Stupidity overloaded.. sometimes I feelike this country is run by kids.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 4499 · Likes 3
· Posts 8 · Viewed 2632 · Likes 3
· Posts 1 · Viewed 982 · Likes 3
· Posts 1 · Viewed 1235 · Likes 3
· Posts 1 · Viewed 898
· Posts 1 · Viewed 767
· Posts 1 · Viewed 846
· Posts 1 · Viewed 1136
· Posts 1 · Viewed 1016
· Posts 11 · Viewed 8923



Travel Partners
Travel House Nepal