तेसो भए नयाँ मोहल्लामा सरौ ? - Sajha Mobile
SAJHA MOBILE
तेसो भए नयाँ मोहल्लामा सरौ ?
Posts 5 · Viewed 9664 · Likes 8 · Go to Last Post
magorkhe1
· Snapshot 0
Like · Likedby · 4
एउटा चिनेको मनिष लुईस्भिल ओहायो स्टेट बस्न पुग्यो | बुढीले भने स्टोरको काम पाएर डेरा भाडा र सामल लाई जेनतेन पुर्याउछन रे ? जागिर खोजेको सात आठ महिना भै सक्यो स्टोर देखी क्रैग्स्लिस्ट , इन्डीड , मन्सटर , स्थानिय रोजगार सहयोग केन्द्र सबै श्रोत र साधन को प्रयोग गरी सक्यो रे ?
रेजुमे नछोडेको पसल र कार्यालय बाँकी छैनन अब के गर्ने दाई भनी सोध्छ ? लौ भन्नुस् अश्वासन बाहेक के नै दिन सकिन्छ र आफु भएको स्टेट मा भए बियर र पोलेको कुखुराको साप्रा खान बोलाइन्थ्यो होला ? के सल्लाह दिने ? टेक्स्सास् गएको भए कतै क्सैको ग्यास स्तेसन मा काम पाउथ्यो कि ? यो पनि आफ्नै मन भित्रका कुरा मात्र भए भने यो कुरा सम्झिन पुगे |

एउटा को बुढीले नयाँ सारी किनेर ल्याईदे भनी रे ?
बुढो भन्छ : त्यो आल्मारिमा न अट्ने सारी छन किन नयाँ चाहियो ?
बुढीको जबाफ थियो : गाउले देखी साथी भाई सबैले देखी सके |
बुढोले निकालेको उपाय : तेसो भए नयाँ मोहल्लामा सरौ ! 

यिन्ले पनि रेजुमे पठाउन र काम नखोजेको ठाउँ केही बाँकी रहेनन भने अब अर्को शहर सर्ने हो कि ? बिचराले SubWay मा काम सिक्न पाए पछी आँफै ले खोल्न सकिन्थ्यो कि भन्दा तेस्को पनि आफ्नै कथा रहेछ | धेरै जसो भारतीय हरुले चलाउने हुनाले बहिरको मनिषनै न चाहिने रहेछ | यो छ अमेरिका बसाई को आत्म कथा | नेपालमा बस्ने हरु अमेरिका छिर्न पाए टाटा टिप्थे भनी ४० - ५० लाख तिर्दै दै बोलिभिया को बाटो हुँदै छिर्न खोज्छन | अनी महिला हरु बलाल्त्क्रित भए रे ? दिमाग टाटा मा मात्र राख्यौ महिनौ खरिएका नागा हरु सँग समय बिताउदा तिनिहरुले आफ्यानएे चेली बेटी झै व्यबहार गर्छ भन्ने ठानेर हिड्यौ? कि पैसा तिरे पछी महारानी सरह व्यबहार गर्छन् ? हाजारौ महिला भारतको लालटेन बजार पुर्याउने हाम्रै नेपाली हुन अरु बिदेशी नागाको के कुरा गरौ ?

के सल्लाह दिउ भन्ने सोच मा परे पछी यि गन्थन कोरेको हुँ !
Any advise?

Last edited: 03-Feb-17 04:33 PM
magorkhe1
· Snapshot 349
Like · Liked by · 1
दाइ अब त सहर पनि धेरै चाहारियो कुना काप्चा सबै नै पुगियो UBER चलाउनु पर्लाकि भनेर कुनै बेला साईन गरेको गुप्त लिपि बिर्सिए | आज महिनौ दिन भै सक्यो रि-सेट गर्न इमेल हेर भन्छ केहिनै पठाएको होईन | कहिँ कतै फोन नम्बर छ, कति नया इमेल खोलि रहनु सेल मा सेट गरेकै इमेल चलाउ भनरे हो भन्छ | दुख पाउने लाइ परि परि भनेको यही होला ? केहि सहयोग गर्न सकिन्छ यो बबुवालाई ?
Got it ;(800) 353-UBER
But not Helpful. 
Last edited: 21-Feb-17 07:56 AM
magorkhe1
· Snapshot 699
Like · Liked by · 1
हगि पनि सक्यो बाटो पनि देख्यो : उखान सुन्नुभएको छ ?
यो जाठो उट्पट्याङ्ग काम गरि बस्छ | अतिनै भए पछि दिमाग पनि काम गर्न छोड्छ जस्तो छ | जाठोलाइ काम दिने सुरसार नदेखे पछि , नत फोन उठाउछ न त इमेल को response गर्छ मैले पनि रिसको झोकमा २ जनालाई " Staffing Agent लाइ " You are Fired" भनि दिए भन्थ्यो |
बेलुकी १० बजे पछि फोन नगर है भाइ भनि सम्झाएको थिए | जाठाले कुबेलामा फोन मार्यो अबचै के गरे भन्ने होला भन्दै हेलो भन्ना  साथ् "दाइ म त खतम भै हाले नि" पो भन्छ |
"खतम भै यो दाइ"  दोहोर्याऊछ |
जे जे मन लाग्छ गर्यो अनि भत्किए , बिग्रिए , नासिए पछि मात्र एस्तो भयो के गरौ भनि सल्लाह माग्ने ? सुहागरात्मा ढाल पनि नलगाउने अनि बाउ बन्न मन छैन अब के गरौ भनि सोध्ने पनि भेट्टिञ्छन | यो पनि तेस्मध्दे को एक पर्यो |

जाठोलाइ एक ठाममा काम दिन्छु भने पछि तेरो TB टेस्ट गर्नु पछ भनि (Mantoux Test) गर्न लगाएछ | जाठाले पहिलेनै सुनाएको भए BCG लगाएका हरुले टेस्ट गर्नु हुदैन तेस्को इन्फेक्सन देखिन्छ भनिदिन्थे नि ?  अब औषधि ख्वाउन बेर लगाउदैन | आज भोलि रगत बाट पनि जाच गर्छन रे Mantoux टेस्टको सट्टा रगत बाट टेस्ट गर्नु पर्थ्यो | 

जागिर पाउने चक्कर मा अब TB को चक्कर थपिएछ |

Last edited: 21-Feb-17 02:04 PM
magorkhe1
· Snapshot 1044
Like · Liked by · 1
नया जीबन :
बल्ल तल्ल उबर चलाउन पाउने भैयो दैनिक १०० कमाइ भए हुन्थ्यो भनेको दाइ यो त मसान घाट कुराई मात्र हुदै छ | ठुला सहरमा बस्ने हरु दैनिक २०० + कमाउछु भन्छन आफ्नो भने ४० कमाउन हम्मे हम्मे हुन्छ रे | भैयाको कुरा सुने पछि मन मनै आफ्नो पुराना कुरा सम्झे हातिको देखाउने दात र खाने दात फरक हुन्छ तेस्तै सपना बोकेर आएको अमेरिका र भोगिने अमेरिका को बास्तबिकता यिनले पनि भोग्दै छन् |
यिनको मोहल्ला सर्ने कुरामा झन् झन् बिस्वस्त हुँदै छन् जस्तो छ ! कुन ठाउ जादा ठिक होला भनि सोधे |
magorkhe1
· Snapshot 1751
Like · Liked by · 1
लुईसभिल मा उबर चलाईको थप गाथा:
एक दिन एक वृद्द जोडीलाई पिक अप गर्दा बुढोले खुट्टा भित्र नराखी ढोका बजर्ला र आर्को आपद थपिएला भनि ढोका खोलिदिए अनि भित्र बसे पछि आफैले बन्द गरिदिए | अनि उत्रने बेलामा पनि ढोका खोलिदिएको थिए | कच्याक कुचुक पारेर हातमा नोट थमाई दिएको थियो , सम्झीए बुढा बुढिको पैसा थमाउने तौर तरिका नेपाली जस्तै रहेछ | एक डलर थमायो होला भनेको त २० पो रहेछ |
सेलमा उबर देख्ना साथ् ट्याप गरिहाले दश मिनेट कुदाए पछि ग्राहक फेला पारे तेसपछी अर्को पछि आर्को आफै आउछन ३ जना उठाउदा जम्मा १३ डलर कुदाइ भने १५ माइल , अनि घर फर्किन १४ माइल कुदाइयो रे ? |के भयो भनि छक्क परे अनि अर्को साथि संग सोधेको त्यो पुल मा ट्याप गर्यो भने हुन्छ रे |
यसलाई भन्छन नखाउ दिन भरिको सिकार खाउ कान्छा बाउको अनुहार, पुल नलिऊ ग्राहक पाइन्नन लिउ ग्यास को मात्र नास | असन्तोषी भइएको होकी सन्तोष लिंत ठाउनै नभएको हो ? 
  Most of may characters are based on sajha. 
 Any guess?

Last edited: 05-Oct-17 01:37 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 55
· Posts 5 · Viewed 1052
· Posts 1 · Viewed 53
· Posts 65 · Viewed 12101 · Likes 12
· Posts 1 · Viewed 130
· Posts 1 · Viewed 137
· Posts 1 · Viewed 213
· Posts 1 · Viewed 223
· Posts 1 · Viewed 288
· Posts 1 · Viewed 282



Your Banner Here
Travel Partners
Travel House Nepal