म हाँस्छु..... - Sajha Mobile
SAJHA MOBILE
म हाँस्छु.....
Posts 1 · Viewed 6824 · Likes 6 · Go to Last Post
Rahuldai
· Snapshot 0
Like · Likedby · 6

म हाँस्छु.....

बेफिक्री हाँस्छु, 
निष्फिक्री हाँस्छु 
धेरैबेर हाँस्छु 
बेरसबेर हाँस्छु

प्रातमा हाँस्छु 
रातमा हाँस्छु 
मातमा हाँस्छु 
घातमा हाँस्छु 

पीडामा हाँस्छु 
प्रियामा हाँस्छु
मोडमा हाँस्छु 
बिछोडमा हाँस्छु 

कथामा हाँस्छु 
व्यथामा हाँस्छु 
कवितामा हाँस्छु 
रमितामा हाँस्छु

प्रहारमा हाँस्छु 
प्रकारमा हाँस्छु 
मुटुमुटु हाँस्छु 
गुटुमुटु हाँस्छु

यति धेरै हाँसे पछी 
यति धेरै बासे पछी

एक मित्रले हास्दै सोधे 
तँ हाँस्छस् मात्र कि 
रुन्छस् पनि ?

मैले हाँस्दै भने 
जिन्दगी रोएँ 
जिन्दगी भरि रोएँ 
यति रोएँ त्यति रोएँ 
आँशु रोएँ , पानी रोएँ 
मन रोएँ, जवानी रोएँ

रुँदा रुँदै रुने सब सके पछी 
अहिले आँशु पनि हाँस्न थालेको छु 
अहिले आँशु प्रीति गाँस्न थालेको छु |
अस्तु ! !

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 5 · Viewed 2349
· Posts 72 · Viewed 15972 · Likes 15
· Posts 1 · Viewed 128
· Posts 3 · Viewed 428
· Posts 1 · Viewed 117
· Posts 16 · Viewed 2460 · Likes 3
· Posts 1 · Viewed 150
· Posts 1 · Viewed 132
· Posts 4 · Viewed 589
· Posts 1 · Viewed 172



Your Banner Here
Travel Partners
Travel House Nepal