आँफु खुशी म मरे भोली रुन्छौ कि नाइँ बा !
बलिन्धरा आँशु ले पिडा धुन्छौ कि नाइँ बा !
सम्हालिएर आँफु, आमालाई सम्हाल्नु पर्दा
कांपेका हातले मुहार मेरो छुन्छौ कि नाइँ बा !
सुनिदिएन कसैले हिजो म चिच्याएँ कति कति
मौनतमा म चिच्याए भोलि सुन्छौ कि नाइँ बा !
रोला भाई बार्दलीमा सोध्ला नानी काँ गै भनी
लुकाई गल्ती काहानी नयाँ बुन्छौ कि नाइँ बा !
सजाय तिम्लाई दिने निहुमा आँफै गल्ति गरेँ भने
पछुतो मानी नयाँ बाटो अब चुन्छौ कि नाइँ बा !
Last edited: 08-Dec-16 05:25 PM
अर्को दमदार प्रस्तुति तृष्णा जी |
अन्तिम शेरमा अलि सिलसिला नमिले जस्तो लाग्छ तर मैले नबुझेको हुन सक्छ|
एउटा मेरो कोशिस है त |
आँशु टिलपिल लुकाएर, मुस्काएको देखेकी छु
म ढल्दा निस्प्राण, चकनाचुर हुन्छौ कि नाइँ बा !
Just4fun ji and public ji , धेरै धेरै धन्यबाद |
Tesko- baje ji, धेरै धन्यबाद | आजकल मन बिचलित छ | मर्ने तिरै पुग्छ सोचाई | बद्लियेला कुनै दिन मन पनि जीवन पनि ! आशाबादी छु| फेरी धन्यबाद notice गरि दिनु भएको मा | :)
Altijdgoede ji:) नाम pronunce गर्ने नजान्ने नै भए म | :) थपिएको शेर निकै मिठो लाग्यो | धन्यबाद | तर सबै बा मायाका पर्तिमुर्ती हुदैनन् शायद |
यी बाले बा हुनुको धर्म निभाउनु भएन , अनैतिक हुन पुग्नु भएछ ! नत्र छोरि मर्दा रुन्छौ कि रुन्नौ मैले सन्देह गर्न मिल्थेन | अब यो नजर ले पढ्दा शायद शेरहरु मिल्ला कि ? नमिल्दा हजुरहरुको सहयोगी हात Ta छदैछ | :)
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 65
· Viewed 12158
· Likes 12