ट्रम्पलाई विजयी गराउन नेपालमा ग्रहशान्ति पूजा - Sajha Mobile
SAJHA MOBILE
ट्रम्पलाई विजयी गराउन नेपालमा ग्रहशान्ति पूजा
Posts 2 · Viewed 5003 · Likes 1 · Go to Last Post
kaji sahab
· Snapshot 0
Like · Likedby · 1

ट्रम्पलाई विजयी गराउन नेपालमा ग्रहशान्ति पूजा

  • 10.3K
     
     
    147
     
     
    0
    Google +
     
    10.5K
     
  • GET NEWS ALERTS















अमेरिकामा मंगलबार हुन गइरहेको राष्ट्रपतिय निर्वाचनमा ट्रम्पलाई विजयी गराउन नेपाली मुलुका अमेरिकी नागरीक चन्द्र प्रकाश शर्माले नेपालको सन्धीखर्कमा ग्रह शान्ति पूजा गराएका छन्। निर्वाचनमा ट्रम्पलाइ बिजयी गराउन रुद्रीसिहत ग्रहशान्ति पूजा गराएको शर्माले बताएका छन्।

अमेरिकामा रहेका मन्दिरहरुले यस्तो खालको पूजा गर्नकालागी स्थानिय प्रशासनसँग अनुमति लिनुपर्ने बताएपछि शर्माले नेपालमा ग्रहशान्ती पूजा गराएको बताएका हुन। ‘अमेरिका मै पूजा गरेर ग्रह शान्ति गराउने याेजना थियो' शर्माले अगाडी बताए 'पूजाकै लागि ग्रेट बाल्टिमोर टेम्पाल, मर्गन टेम्पलमा पुगेर ट्रम्पलाई विजयी गराउनका लागि बिशेष पूजा आजाको ब्यवस्था गरिदिन आग्रह गरेको थिए। 'तर, अनुमति लिन पर्ने भएपछि नेपालमै ग्रहशान्ती पूजा गरे।’

ट्रम्पका पक्षमा कमै नेपालीमात्र खुलेर लागेका छन् ती मध्ये शर्मा एक हुन। ‘अमेरिकन नागरिक भएपछि गुर्नुपर्ने न्युनतम जिम्मेवारी मैले पुरा गरेको हुँ।’ सन २०१२ को निर्वाचनमा खुलेर डेमोक्रयाटीक पार्टीको निर्वाचन प्रचार प्रसारमा लागेका शर्मा यसपाली ट्रम्पको पक्षामा खुलेरै लागेका छन्।

‘ट्रम्पले ल्याएका योजनाहरु अमेरिकन नागरिकका लागि स्वागत योग्य छन् त्यसैले मैले ट्रम्पलाई खुलेर समर्थन गरेको हुँ।’ पाँच जना पुजारी राखेर गरिएको पूजाले ट्रम्पको ग्रह शान्ती गराउने र उनको विजयलाइ सुनिश्चित गराउने शर्माको दावी छ। ‘रिपब्लिकन पार्टीको चुनाव चिन्ह् हात्तीलाई समेत पुजा गराएर ट्रम्पको ग्रह शान्ती गराएको छुँ।’ उनले बताए।

 

magorkhe1
· Snapshot 249
Like · Liked by · 0
Is That you KHU? pujaa for Trimp ?
WTF
त्यो पनि नेपालमा ?
Last edited: 08-Nov-16 11:58 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 18 · Viewed 4049 · Likes 3
· Posts 1 · Viewed 99
· Posts 1 · Viewed 92
· Posts 1 · Viewed 185
· Posts 1 · Viewed 394
· Posts 1 · Viewed 228
· Posts 1 · Viewed 135
· Posts 1 · Viewed 115
· Posts 77 · Viewed 18818 · Likes 18
· Posts 1 · Viewed 166



Your Banner Here
Travel Partners
Travel House Nepal