SAJHA MOBILE
उस्तै उस्तै हामी
Posts 35 · Viewed 20329 · Likes 50 · Go to Last Post
Mrigtrishna
· Snapshot 0
Like · Likedby · 7
मैले राजी खुशी गरे तिम्लाई रजाएर लगे ।।
तिमी सजिएर गयौ मलाई सजाएर लगे ।।

म माल्किन झैँ बसिरहेँ लाटी अनी बहिरी भै
तिम्लाई भने स-साना काम कजाएर लगे ।।

फुल्को माला मेरो भयो दुबोको तिम्रो भागमा
गोजिको अौँठि टलक्क अोहो! मजाएर लगे ।।

रोये बा आमा मेरा झर्को लाग्दै थियो अब
तिम्रा आए साथी तिम्लाई लजाएर लगे ।।

आगँनमा तिम्रो मेरो उस्तैउस्तै घुईचो थियो
त्यता नौमती यता शंख बजाएर लगे ।।

Load Previous
Nas
· Snapshot 948
Like · Liked by · 1
प्यारी मृगतृष्णाजी हजुरलाई हामीले गरेको सम्मान ग्रहण गर्न म र पुन्तर ब्रोको साथ साथै सम्पूर्ण सझाबासीको तर्फ बाट हार्दिक आवहान गर्दछु ! हजुरले यो "आसुकबि"को उपनाम ग्रहण गरिदिन भए हामी सझाबासी साथसाथै यो खाते साइटको गरिमा पनि बढ्ने थियो हजुर !

एक खेप फेरी हाम्रो हृदयमा बस्न भाको हाम्री प्यारी मृगतृष्णाजीलाइ म र पुन्तरब्रो, "आसुकबि" बाट सम्मानित भएको शुबअवसरमा हजुर समक्ष हार्दिक धन्यबाद टक्र्याउन चाहन्छौ !



धेरै धेरै धन्यबाद हाम्रो प्यारो पुन्तर ब्रोलाइ !
tito-satya
· Snapshot 1109
Like · Liked by · 1
Am I reading Albert Camus's Absurdism? Everybody sounds absurd.. please google what absurdism means before commenting on me pleaaseeeeee.... i beg uuu....
Also, i felt it is more on Existentialism ... well, my sajha friends, please google what that means too and then only comment... yakkk! I know people will throw their three cents ( not 2 cents this time, I know u understood what i meant), to show and pretend that they know all and they are superior... well, good lord! u r welcome!



Mrigtrishna
· Snapshot 1269
Like · Liked by · 1
सम्मान पाए पछि अरु के नै पो चाहियो र? म त मख्ख अब | :p धेरै धेरै धन्यबाद | :)
Nas
· Snapshot 1366
Like · Liked by · 1
मेरी प्यारी मृग तृष्णाजी मख्ख हुन् भाको देखेर म पनि सार्है मख्ख भाको छु ! हजुर खुसि हुन् हुँदा कसम मेरो दिन नै बन्छ मृगतृष्णाजी !


Punter
· Snapshot 1513
Like · Liked by · 2
हजुर खुसि हुन् हुँदा कसम मेरो दिन नै बन्छ मृगतृष्णाजी ! मलाई पनि मिग्र त्रिसना जी र नाज ब्रो खुसि भयको देख्दा मलाई नि खुसि लग्यो जे होस् हजुर हरु दुवै लै मेरो अव आउदै गरेको हुन्दुहरु को महान चाड दीपावली को हार्दिक मंगल माया सुभकामन बेक्त गर्न चाहन्छु म पुन्टर को तर्फा बाट!!!
Mrigtrishna
· Snapshot 1538
Like · Liked by · 1
Punter जी अनि nas जी , हजुरहरु दुबैलाई पनि दिपावलीको हार्दिक मंगलमय शुभकामना | अब नेपाल जानु तेस्तै भयो, जहाँ हुनुहुन्छ , यहाँको चाडबाड रमाइलो गरि बितोस | हार्दिक शुभकामना | :)
KyaJhoor
· Snapshot 1560
Like · Liked by · 2
आज सम्म साझामा पदेको मध्य सबै भन्दा राम्रो गजल। हुन त कमेन्ट नगरेनी तपाईंको गजलहरु पढिरहेको हुन्छु तर यो गजल ले मेरो मन् नै छोयो । साझामा यस्तो लेख पढ्न पाइरहु।
Nas
· Snapshot 1610
Like · Liked by · 1
पुन्तर ब्रो, मेरी प्यारी मृगतृष्णाजीलाइ खुसि बनाइदिने श्र्य शतप्रतिशत तपाईलाइ नै जान्छ ! तपाईले वहाको प्रतिभाको कदर गर्नभएर उहालाई जसरि साझामा सम्मान गर्न भो, म तेस्को लागि हृदय देखि नै आभारी छु पुन्तर ब्रो ! हाम्री प्यारी मृगतृष्णाजीलाइ सम्मान "लंग ओभर डिउ" थियो, जुन तपाईले पुरा गर्दिन भो ! वहा साझा आउँन भाको देखि नै मेरो नजर वहा माथि परेको थियो ! पहिले त् वहाको नाम "मृगतृष्णा", कति मिठो .... उहाको नाम उचारण गर्दा पनि मन आत्मालाई कति शान्त मिल्ने ! तेस्पछि मैले वहाको कविताहरु नबिराइकन पढ्न सुरु गरे ... उहाको कविता पद्ध्हा मेरो मन सार्है नै छुन्थ्यो ! वहाका कविताहरुको भावनात्मक गहिराइमा म धेरै पटक डुबीसके पुन्तर ब्रो ! हाम्रो क्याझूर ब्रोले भन्न भाको जस्तै साँची नै आज सम्मको सबसे ज्यादा राम्रो कवि मैले मेरी प्यारी मृगतृष्णाजी भित्र नै पाए !

मेरी प्यारी मृगतृष्णाजी, हजुरलाई पनि मेरो तर्फबात् पनि तिहारको हार्दिक शुभकामना !
Mrigtrishna
· Snapshot 1712
Like · Liked by · 1
धन्यबाद kyajhoor जी.. कमेन्ट नगरेपनि लुकी लुकी पढ्ने हजुरलाई धेरै धन्यवाद | :)

nas जी फेरी पनि मख्ख बनाइदिनु भएको र फुर्क्याई दिनु भएकोमा धेरै धेरै धन्यवाद | :)

शुभ दिन :)
ThahaChaena
· Snapshot 1810
Like · Liked by · 1
मृगतृष्णाजी, 

 गजल मिठो छ , तर उत्कृष्ट चाही म भन्दिन . 

 तपाईका पहिलेका गजल यो भन्दा उच्चकोटीका रहेका छन् झैँ लाग्यो है मलाइ चाही. यस गजल मा चौथो शेरको काफिया अलिक के नमिलेको जस्तो लाग्यो . "तिम्रा आए साथी तिम्लाई लजाएर लगे ।। " - तिम्लाई लजाएर लागे = लजाएर लग्न मिल्छ र ? भाव पोख्न खोजेको बुझें तर शब्दसंरचना पो नमिलेको हो कि भन्ने भान भयो . 

यसो गर्दा कसो होला 
 रोए बा आमा मेरा झर्को लाग्दै थियो अब 
 तिम्रा आए साथी तिम्लाई रिझाएर लगे ।। 

 मेरो एक शेर थप्न अनुमति चाहें : 
खुसिका नवपालुवा सदा तिमीलाई भयो 
 यहाँ निमोठिएको गुलाब वरिपरि चढाएर गए 

गलत रहेछु भने अन्यथा नलिनु होला के गर्नु आफलाई त धेरै कुरा "थाहा छैन" .

-थाहा छैन
Last edited: 26-Oct-16 10:11 AM
Altijdgoede
· Snapshot 1828
Like · Liked by · 1
TC मित्र, यो कुरा मलाई पनि खट्केको हो | यी गज़लहरुको संरचना मिलाउन गार्हो छ, म मृगतृष्णाजीको समस्या बुज्छु तर यो गज़ल मिठो चाही छ तर अरु जस्तो सरर बगेको छैन, मिठो खिर घाँटीमा गएर अड्केको अवस्था जस्तो |

Trishna jilaai kasto lagachha khai, tara tapaiko addition bado jod dar lagyo malai ta, 
Last edited: 26-Oct-16 09:19 AM
ThahaChaena
· Snapshot 1877
Like · Liked by · 1
अल्तिजगोएड मित्र , धन्यवाद .
मृगतृष्णा जी एवम् अन्य गजलका पारखीहरुलाइ यहीं साझाको एउटा धागो सप्रेम उपहार है यो .
http://sajha.com/sajha/html/index.cfm?threadid=56448&noofposts=36
आजकाल सिरिश दा, ठुल्दाई, नेपे दा, वाका दाइ अनि लोप्चनलामा जी जस्ता घडघडान गजलकार /गजल्गुरु हरुको अनुपस्थितिमा उहाँहरुको पुराना खारिएका गजलहरुले नै मार्ग निर्देशन गर्लान भन्ने आशाले माथिको धागो जोडेको है ....

Nas
· Snapshot 1886
Like · Liked by · 0
मेरी प्यारी मृगतृष्णाजी ! त्यो त् सब मेरा हजुर प्रतिका अन्तर्मनका निश्चल र स्वच्छ भावना हो ! मैले हजुरलाई फुर्रुक्क पार्नलाइ मात्र भनेको होइन नि मृगतृष्णाजी ! सब मेरा मनका साँचो कुरा हो है !

लिंकका लागि थाहा छैनब्रोलाइ मुरी मुरी धन्यवाद !

Mrigtrishna
· Snapshot 1891
Like · Liked by · 1
धेरै धन्यवाद thaha chaena जी । चौथो काफिया "लजाए'र लगे " हुनु पर्ने मा अन्येथा हुनगएको मा माफी चाहन्छु । साथी लजाउन त मिल्छ होइन र? गज़ल को काफिया "जाएर " भएको हुन ले धेरै शब्द मिलाउने गार्हो भयो :) अझै सल्लाह सुझाब को अपेक्छ्या गर्दछु ।

धेरै धन्यवाद altijdgoede जी । घाटी मा अड्कन गएको मा माफी चाहन्छु । अनि मलाई thaha chaena जी को अन्तिम शेर मिठो लाग्यो । :)


हजुर हरु दुबैलाई दीपावलीको हार्दिक मंगलमय शुभकामना ।
Altijdgoede
· Snapshot 1942
Like · Liked by · 0
एउटा शेर थप्ने हिम्मत गरेको छु तृष्णाजी, चित्त नबुझे माफी हवस् |

युग लगाई एकठ्ठा गरेथें यो जिवन मैले
क्षिन भरमै खुद्रै खुद्रा गरी, भजाएर लगे
Punter
· Snapshot 2237
Like · Liked by · 0
मिर्ग त्रिसनाजी
हजुर लै जन्म दिन को धेरै धेरै सुभकामना छ मेरो र नाज ब्रो को तर्फा बाट किनको हजुर यो साझा को लक्ष्मी प्रसाद देवकोटा हुनु हुन्छ!! अनि आज लक्ष्मी पुज्जा , हजुर को र हाम्रो महान कबि श्री लक्ष्मी प्रसाद देवकोटा लै को जन्म दिन तेही भएर हजुर हरु लै जन्म दिन को धेरै धेरै सुभकामना !!!

Nas
· Snapshot 18992
Like · Liked by · 0
हाम्री प्यारी मृगतृष्णाजी र माइलजी … हजुरहरुलाइ सार्है मिस गरे हौ यो पुरानो धागो पढेर ! ❤️

यो साला पुन्तर ब्रो नि कोरोनाको भ्याक्सिन खान भएर चाक भरि फोका पलाउनु भएर बस्न भाको हो के हो ? 🙄
Nas
· Snapshot 19379
Like · Liked by · 0
हाम्री प्यारी मृगतृष्णाजी र माइलजी … हजुरहरुलाइ सार्है मिस गरे हौ यो पुरानो धागो पढेर ! ❤️

यो साला पुन्तर ब्रो नि कोरोनाको भ्याक्सिन खान भएर चाक भरि फोका पलाउनु भएर बस्न भाको हो के हो ? 🙄😂🙏
MarkAntony
· Snapshot 19452
Like · Liked by · 1
यो कविता निकै नै राम्रो रैछ whoever wrote ह्याट्स ओफ to him/her
magorkhe1
· Snapshot 19509
Like · Liked by · 0
युग लगाई एकठ्ठा गरेथें यो जिवन मैले
क्षिन भरमै खुद्रै खुद्रा गरी, भजाएर लगे

यो पढे पछि शिरिसजी लाइ सम्झन पुगे, वहाँले लेख्न छोड्नु भएको छैन, साझामा तास्नको लागि सहि बातावरणको प्रतिक्षामा हुनु हुन्छ |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1562 · Viewed 85594 · Likes 1654
· Posts 2 · Viewed 78
· Posts 1 · Viewed 18
· Posts 1747 · Viewed 250173 · Likes 886
· Posts 2 · Viewed 172
· Posts 6 · Viewed 1248 · Likes 1
· Posts 1 · Viewed 180
· Posts 13 · Viewed 1528
· Posts 26 · Viewed 2722 · Likes 20
· Posts 5 · Viewed 703



Travel Partners
Himalayan Treasures & Travels
Travel House Nepal
Air Zone
Zen Travels
Aero Nepal
CheapAirFaresToNepal
Nepas Travel Tours
Travel Solution USA