शक्ति होइन नयाँ सोच जरुरी छ - Sajha Mobile
SAJHA MOBILE
शक्ति होइन नयाँ सोच जरुरी छ
Posts 24 · Viewed 30095 · Likes 12 · Go to Last Post
yadavanu
· Snapshot 0
Like · Likedby · 2
आज प्रकासित Annapurna post मा मेरो लेख । तपाईं को प्रतिकृया ले आगामी दिन मा लेख लेख्ने हौसला प्रदान गर्ने छ । 

शक्ति होइन नयाँ सोच जरुरी छ
 
पारिवारिक पृष्ठभूमिका कारण पनि होला मलाई सानैदेखि नै सामाजिक काम गरौंगरौं जस्तो लाग्थ्यो । बुबा राजनीतिक र सामाजिक चेतना फैलाउने काममा लागेकाले पनि होला बालमस्तिस्कमा परेको त्यो त्यो प्रभाव अझैसम्म मेरो हट्न सकेको छैन । जहिले पनि मेरो ध्यान आफूले गरेका कामले समाजमा सकारात्मक परिवर्तन गरोस् भन्नेतिर केन्द्रित हुन्छ । हुन त सामाजिक काम सजिलो छैन । हरेक नागरिकले आ–आफ्नो तहबाट सानै रूपमा भए पनि सामाजिक परिवर्तनमा योगदान दिन सक्छन् ।
 
नागरिक भएर जन्मिसकेपछि आफ्नो जन्मस्थानका लागि हामीले कुनै न कुनै रूपमा भूमिका खेल्नैपर्छ । असल नागरिकले आफ्नो तर्फबाट समाज र राष्ट्रको चौतर्फी विकासका लागि कुनै एक क्षेत्र नै किन नहोस्, त्यसतिर केन्द्रित हुनैपर्दछ । सबै नागरिकले आफूले जानेको र अनुभव भएको क्षेत्रमा मात्र केही सकारात्मक परिवर्तन ल्याउन भित्रैदेखि लाग्ने हो भने देशमा नेताहरूले भन्ने गरेको ‘आमुल परिवर्तन’ परको कुरा होइन । यहाँ त जे कुरा पनि अरूले गरिदेला वा राज्यले गरिदिएन भनेर हात बाँधेर बस्ने प्रवृत्ति भएको म देख्छु ।
 
देशका साढे दुई करोड नागरिकले आफूले जानेको केही न केही कामका माध्यमबाट समाज र राष्ट्रको परिवर्तनका लागि थोरैमात्र भूमिका खेल्ने हो भने पनि देशमा सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक परिवर्तन टाढाको कुरा होइन । कुनै एउटै व्यक्तिले भारतमा अहिंसावादी आन्दोलनको बलमा ब्रिटिस साम्राज्यलाई नतमस्तक पार्न सक्छ वा कुनै एक व्यक्तिले दक्षिण अफ्रिकामा लामो समयदेखिको दासताको युग अन्त्य गर्न सक्छ भने हाम्रो नेपालमा यतिका नागरिकले सानो सानो तहबाट थोरै मात्र काम गर्ने हो भने पनि त्यो समग्रमा धेरै हुन जान्छ । हामीमा त्यो जोस र जाँगरको अभाव पक्कै खड्किएको छ जस्तो लाग्छ ।
 
परिवर्तन अपरिहार्य छ । परिवर्तन स्थिर छ । त्यसैले जसरी भए पनि देशमा परिवर्तन आउनेछ । परिवर्तन शान्तिपूर्ण हुन सक्छ वा त्यो रक्तपातपूर्ण हुन सक्छ । त्यो कस्तो हुन्छ भन्ने कुरा हामीमै निर्भर छ । कस्तो परिवर्तन रोज्ने भन्ने कुरा हाम्रै हातमा छ । किनभने त्यो बाटोमा हामी र हाम्रो आफ्नै सन्तति नै हिँड्ने हुन् । जुन समाज आफ्नो खुट्टामा उभिन सक्छ त्यसलाई कसैले पनि पराजित गर्न सक्दैन । हरेक कुराका लागि अरूमा निर्भर समाज आफैंमा बोझ बन्छ । त्यसबाट परिवर्तनको अपेक्षा हामी कदापि गर्न सक्दैनौं । एउटा सच्चा राष्ट्रवादी कहिल्यै पनि हार मान्दैन । 
कुनै एउटै व्यक्तिले भारतमा अहिंसावादी आन्दोलनको बलमा ब्रिटिस साम्राज्यलाई नतमस्तक पार्न सक्छ वा कुनै एक व्यक्तिले दक्षिण अफ्रिकामा लामो समयदेखिको दासताको युग अन्त्य गर्न सक्छ भने हाम्रो नेपालमा यतिका नागरिकले सानो सानो तहबाट थोरै मात्र काम गर्ने हो भने पनि त्यो समग्रमा धेरै हुन जान्छ । 
उसले जहिले पनि आफ्नो जीवन अनुशासन र जिम्मेवारीका साथ निर्वाह गर्दछ । राष्ट्रवादको नाममा हामी कतै हराएका छौं, कतै लड्खडाएका छौं, कतै डराएका छौं, कतै राष्ट्रवादी शृंगार पखालिएर त जाँदैन ? बाहुनवाद, मधेसवाद र राष्ट्रवादको नाममा कतै सोझा साझा नागरिकलाई भुलाउने अनि लडाउने काम त भएको छैन ? यसबारे सच्चा राष्ट्रवादी नागरिकले सोच्नुपर्ने बेला आएको छ ।
 
राजनीतिमा फुटाउ र शासन गर (डिभेड एन्ड रुल) कुनै नौलो प्रक्रिया होइन । कतै हामी यसैको सिकार त भएका छैनौं ?  अब देशलाई अगाडि बढाउने जिम्मा हाम्रो काँधमा आएको छ । भनिन्छ, परिवर्तनका लागि एक सोच नै काफी हुन्छ र हाम्रो देशमा २००७ सालदेखि अहिलेसम्म खाली परिवर्तनमात्रै भएको छ । आजको दिनमा राजनीतिक स्थिरता विकासका लागि महत्त्वपूर्ण आवश्यकता हो ।
 
परिवर्तन र नेतृत्व
 
नेपाल जति छोटो समयमा धेरै परिवर्तन हुने देश सायदै विश्वमा होला । २००७ सालयता धेरै परिवर्तन मुलुकले देख्यो । धेरै शासक परिवर्तन भए । व्यवस्थामा पनि परिवर्तन आयो तर फोहोरी मानसिकता र सोच भने कहिल्यै परिवर्तन भएन । देशमा आदर्श बनेर अरूलाई बाटो देखाउने अगुवाहरू नै ‘बाटो हगुवा' भए । एउटा सच्चा नागरिकको नाताले देशमा भइरहेका घटनाक्रम र मानिसको सोच्ने शैली देख्दा छाती बेस्सरी चस्किन्छ । मन रुन्छ । सहन एकदमै गाह्रो हुन्छ ।
 
मलाई मात्र होइन होला यस्तो हुने । साँचो देशको माया गर्ने सबैलाई यस्तै भएको हुनुपर्छ भन्ने मलाई लाग्छ । त्यसैले, आउनुस् हातमा हात मिलाउँ, आफ्नो देश बचाउन अनि समृद्ध बनाउन । देशका लागि फुट्ने होइन, जुट्ने बेला हो यो । सुत्ने होइन उठ्ने बेला हो । फोहोरी मानसिकता बोकेकाहरूलाई तिरस्कार, बहिस्कार र पराजित गर्ने बेला आएको छ । यो नै समुन्नत अनि समृद्ध नेपालतर्फको पहिलो खुड्किलो हुनेछ ।
 
असल नेतृत्वले नै देशको भाग्य निर्धारण गर्छ । जसले सबैभन्दा बढी मानिसलाई प्रभावित गर्दछ, उसको व्यक्तित्व उत्ति नै प्रभावशाली मानिन्छ । हामी आर्थिक संकटको एक दुःखद अवस्थाबाट गुज्रिरहेका छौं । सधैंभरि संकट अनि अव्यवस्था र अभावले गर्दा जनताको धैर्यताको बाँध टुटिसकेको छ । यस्तोमा नयाँ जोस र जाँगर भएको क्षमतावान् नेतृत्व देशलाई आवश्यक छ । 
 
बदलिँदा चुनौती र संकटसँग जुध्नका लागि हामीले पुरातनवादी होइन फरक ढंगबाट सोच्नु जरुरी छ । तत्कालका लागि फोस्रो आश्वासन बाँड्ने हैन देश र समाजको लामो समयसम्मको भविष्यलाई वर्तमानदेखि नै डोर्‌याउन सक्ने एक दूरदर्शी व्यवस्थापकको खाँचो छ । हामीलाई त्यस्तो नेतृत्व चाहिएको छ, जसले साधारण जनताको मर्म र भावना बुझेर उनीहरूकै हितमा काम गर्न सकोस् । गरिबका लागि काम गर्दा गर्दै आफैं धनी हुने नेतृत्व होइन, समाजले खोजेको साँच्चिकै गरिबको पीडा महसुस गरेर उनीहरूलाई मल्हम लगाउन सक्ने नेतृत्व आवश्यक हो ।
 
आधारभूत आवश्यकताबाट समेत बञ्चित भएर सधैं अभाव, पीडा अनि गरिबीमा बाँच्न विवश नागरिकले सबै समस्यालाई कुशलतापूर्वक व्यवस्थापन गर्न सक्ने नेतृत्व चाहेका छन् । यसका लागि साँघुरो घेरामा बाँचेर हुँदैन । जात, समुदाय, धर्म र पार्टीभन्दा माथि उठेर सोच्नुपर्ने बेला आएको छ । र, त्यो बेला यही हो ।
 
(लेखक महिला, बालबालिका, व्यक्तिको स्वतन्त्रता र समानतालगायतका सामाजिक कार्यमा संलग्न छिन्)
- See more at: http://www.annapurnapost.com/News.aspx/story/46987#sthash.yiylmpM4.dpuf

http://www.annapurnapost.com/News.aspx/story/46987

For more updates visit my page
Last edited: 09-Apr-16 12:42 AM
Last edited: 09-Apr-16 12:44 AM
Last edited: 09-Apr-16 01:13 AM
Load Previous
NepaliBhai
· Snapshot 226
Like · Liked by · 0
Ujl
She is talking about yours. Did you read entire text?
I am just trying to shed some light on you.

ujl
· Snapshot 236
Like · Liked by · 0
NepaliBhai,

Her Facebook page says "Dristi, Disha, and Sankalpa. I am wondering what those words mean. Also, what does word "Bikash" mean?
atomic
· Snapshot 280
Like · Liked by · 0
"she is doing something " but doing what ??? Women like Anuradha Koirala , puspa basnet they did their task before shouting and writing anything or complaining anyone. The founder of Samata School who are providing quality education to children of poor people who cannot afford are another example of how social work is done. Impressive work is necessary, only good writing article and speech no not work . I find her writing just like essay, same words that we used in school days , " हात मा हात राखौं " , tired of listening this shit which is also used by political leaders.
Max Rossa
· Snapshot 351
Like · Liked by · 0
The existing system does not allow that durdarshi byabasthapak to come to the leadership ? what you gonna do ???...
Naya Shakti is a same old shit...!!!!!
Jahbless
· Snapshot 397
Like · Liked by · 0
Imo she is an keyboard warrior. I haven't seen her do some good herself. Also she Keeps shifting from her priorties"
_____
· Snapshot 469
Like · Liked by · 1
यस्मा चाही अनु जी लाई मेरो पनि साथ्,
साच्ची नेपाल मा नया सोच को जरुरि छ , तर नया सोच को साथ साथै व्याबहारिक रुप मा त्यो सोच अपनाउन र कार्यानयेन गर्न जरुरि छ

मेरो विचार मा नेपाल अहिले झगडा जात, रंग , क्षेत्रियेता , भाषा आदि को झगडा भै रहेछ, हामि भुत को कुरा लिएर वर्तमान मा झगडा गरि रहेछौ . वर्तमान भाबिश्य बनौन लगाउन पर्छ . भबिश्यमा कस्तो हुन्छ संसार सोच्न सक्नु पर्छ सपना देख्न सक्नु पर्छ,

मेरा केहि सोच हरु, नेपाल को समस्या को सन्धर्भ मा

भाषा :
भाषा संचार को मध्यम मात्र हो , मानब इतिहास मा भाषा आउछन जान्छन , कहिले संस्कृत थियो, ल्याटिन थियो, अर्मेनिअन थियो , अहिले संसार को भाषा अंग्रेजी छ . हामी बच्चा बच्चा लाई अंग्रजी मध्येम को स्कूल मा पठाउन चाहन्छम , अङ्रेजी फरर बोल्ने लाई जान्ने ठान्छम, बलिवुड ले हलिवुड को नक्कल गर्छ, हामी बलिवुड को नक्कल गर्छम.
तर

नेता हरु छेत्रीय भाषा चाहिन्छ भनेर देश मा बन्द गर्छन , तेरो भाषा सानो मेरो भाषा ठुलो भनेर झगडा गर्छन, सोजा साझा जनता उक्सौछां आफु नेता बन्छन देश डुबाउछन. खस भाषा इतिहास को एउटा खण्ड मा सरकारी कामकाज को भाषा बन्यो. तर खस बाहेक धेरै लाई तेसै मा रिस छ. संसार ग्लोबल भिलेज बनेको छ. अंग्रेजी भाषा को प्रयोग बढो छ

अब ५०/१०० वर्षा अगाडी खस भाषा सरकारी कामकाज को भाषा बनाइयो भनेर हामी अझै झगडा गर्दै छम, भाबिश्य कहिले बनाउने ? देश मा भएका भाषा हरु को अभिलेख राख्ने, मुजियेम बनाउने, आर्थिक रुप् ले सकिन्छ भने मर्न नदिने तेत्ति हो गर्ने, तेती ले पनि सकिएन भने भाषा मर्छन, मरुन,  छु मतलब ? मुर्ख हरु भाषा को लागि मर्छन धुर्त हरु भाषा का लागि अरु लाई मारेर आफु नेता बन्छन्, पछी घुस खाएर मोज गर्छन 
इमेल , फक्स , टेलिफोन, आइ पी फोन मा कुन राख्ने भन्ने झगडा गर्न पर्दैन, जुन धेरै चल्छ तेही रहन्छ अरु जान्छन

धर्म

धर्म भनेको हजारौ वर्षा पहिले जब मानबता, सभ्यता आदि इत्यादी तेती बिकाश भै सकेको थिएन तेसबेला समाज बेबस्थित गर्न बनेको हो
तर
धर्म लाई आज चलाख हरु ले सोजा साझा र मुर्ख हरु लाई फसाएर धुर्त हरु ले पैसा कमाउने माध्यम बनाएका छन्
धुर्त हरु ले धर्म को नाम मा नेता बनेका  छन्, संसार मा धर्म को सबै भन्दा बढी र सबै भन्दा सजिलो संग मिस युज भएको छ. सभ्येता को सुरुमा धर्म को जरुरत थियो होला अहिले पनि कति लाई छ होला तर धर्म बाट मानब समाज लाई हाल मा फाइदा भन्दा बढी बेफैदा भएको छ

धर्म हटाइदिने हो भने आज को समाज मा आधि समस्या को समाधान हुन्छ , नेपालमा धर्म को बारेमा धेरै झगडा भएको त छैन तर सुरु हुन्छ कि भन्ने डर छ

नेपाली समाज धर्म मा जस्तै भाषा र संस्कृति मा पनि उदार भै दिए हाम्रो आधा समस्या तेसै समाधान हुन्छन, अब हजारौ वर्षा अघि सुरु गरिएको धर्म लाई लिएर झगडा गर्दै वर्तमान बिताउने भए भाबिश्य कहिले बनाउने? वर्तमान त भाबिश्य बनाउन खर्च गर्न पर्छ

संस्कृति

संस्कृति भने को पुस्ता अनुसार परिबर्तन हुदै जाने चिज हो , नपत्त्याये आफ्नो बाबु बाजे लाई सोधु , बाजे को पाला मा गरिने कतिपय कुरा हरु हामी गर्दैनौ, आफ्नै संस्कृति भित्र, किन भने
१. त्यो सम्भब छैन, आर्थिक र सामाजिक परिबर्तन ले गर्दा
२. हामी आफै गर्न चाहदैनौ , पाखे भनिएला भनें डर ले
३. बेस्ताता ले गर्दा समय पनि हुदैन

तर
हामी हामीले छाड्दै गएको संस्कृति को लागि नेपाल बन्द गर्छौ, आन्दोलन गर्छौ , मान्छे मारछौ, तर हामि अपनाउन चाही पश्चिमा संस्कृति चाहन्छौ
अब बर्तमान यसरी बिताएपछि भाबिश्य कसरि बन्छ ?

हामी जति भेदी, रंग भेदी

मेरो नाक चुच्चो छ मलाई संसाद मा नाक चुच्चो भएकै मान्छे चाहिन्छ , जो संसद मा भएपनि उसले मेरो आर्थिक बिकाश र बाच्ने चाहिने न्यूनतम आबस्यकता हरु को लागि बोलेर र करयानोयें गरेको छ को छैन त्यो हेर्दैनम
मेरो अनुहार  कालो छ मलाई कालै अनुहार भएको बेक्ती संसाद मा चाहिन्छ भलै उसले मेरो अधिकार को लागि केहि नगरोस

म हिमाल मा बस्छु मलाई मेरै ठाम को मान्छे संसाद मा धेरै चाहिन्छ तर म त्यो मान्छे ले मेरो बाच्ने अधिकार को लागि के गरेको छ भनेर आन्दोलन गर्दिन, मेरो ठाम को मान्छे भए मलाई पुग्छ . म तराई मा बस्छु मलाई तराई कै मान्छे संसाद मा धेरै चाहिन्छ. म यो हेर्दिन कि जहाँ को मान्छे भएपनि मेरो सजिलो संग बाच्ने , आर्थिक सम्ब्रिध्ही बनाउना उसले कति योगदान दिएको छ

येसरी

हामि नेपाली हामीलाई झगडा गरेर वर्तमान बिताउन सिकाउने मान्छे हरु लाई चुनेर पठाउछौ, उनीहरु ले भने आनुसार झगडा गरेर वर्तमान बितौछौ, उनीहरु मोज गर्छन आनी हाम्रो भाबिश्य कसरि बन्छ? नेपाल कसरि बन्छ ?

आफ्नो भाबिश्य आफ्नै हात मा हुन्छ, हामीलाई भाषा, धर्म, संस्कृति जसको हाम्रो भाबिश्य संग कुनै खास महत्वो छैन (किन भने हामी आफै तेस्लाई बिस्तारै छोडदै छौ) झगडा गर्न हाम्रा नेता ले सिकाई रहे का छन्, हामी तेसै लाई हाम्रो अधिकार भनेर लडी बसे का छौ हाम्रो भाबिश्य कसरि बन्छ ?

नेता हरु लाई उनीहरु ठुलो भन्ने भ्रम बाट तल झार्नु छ, प्रशासक लाई साशक बन्न बाट रोक्नु छ , बाटो बनाउन छ, पानि ल्याउन छ , तराई को मान्छे संसद मा पुगेर बाटो बनाए पनि , हिमाल को मान्छे संसद मा पुगेर बाटो बनाएपनि
हामीले हेर्ने उसले बाटो बनाएको छ कि छैन हेर्न हो न कि मेरो जस्तो भाषा बोल्छ कि बोल्दैन, मेरो अनुहर को रंग उसको अनुहार को रंग संग मिल्छ मिल्दैन, मैले खाए जस्तो उसले खान्छ कि खादैन भनेर हेर्ने

जब सम्म हामी क्षणिक ( जो केहि समय रहन्चन तेस्पची परिबर्तन हुदै जान्चन, जस्तै भाषा , धर्म संस्कृति ) कुरा हरु मा झगडा गर्दै समय बिताउछौ तब सम्म केहि हुने वाला छैन








Last edited: 10-Apr-16 11:08 AM
Last edited: 10-Apr-16 07:43 PM
Geology Tiger
· Snapshot 691
Like · Liked by · 0
अनुजीको कान छ ? आँखा पनि छ ? अनि मस्तिष्क ?
atomic
· Snapshot 853
Like · Liked by · 0
"सिंहदरबार सीरियल को स्क्रिप्ट राइटर त अनु जी नई हो जस्तो लाग्छ कता, कता ! ईंट साउंड्ज़ समे टू सेम "
BondJamesBond
· Snapshot 888
Like · Liked by · 0
This girl is kati kuti female version of Rishi Dhamala.
bittertruth
· Snapshot 949
Like · Liked by · 0
केहि गर्छु भन्ने युवाहरुलै नेतृत्वका पाकाहरुले नै पाखा लौञ्छन | उही पुराना खिया लागेका, दुरद्रिस्ती बिहिन, थकित हारेका मानसिकता भाका, स्वार्थी, निर्लज, पाखण्डी, अनि ब्वासा प्रवितिका नेतृत्व जबसम्म देश मा रही रहन्छ, तब सम्म तपाई हामि जुर्मुराएर केहि हुने वाला छैन | महाबिर पुन जस्ता निस्वार्थी तपाइको लेखले खर्चेको मान्छेहरुको कल्पना गर्दा, मनमा आउने एकाध एक दुइ जना मान्छेहरुमा पर्दछन | बिकट जिल्लामा सूचना प्रविधिको क्षेत्रमा क्रान्ति लेउनलाइ तगारो हाल्ने उही सुशील कोइराला हरु होइनन? हासेर चियाको चुस्कीसंग उनको बिकशमुखी प्रस्ताबलाइ खिल्लीमा उदाउने उही देशका उच्च पदमा बसेका मस्तिस्कले आधि भन्दा पनि बढी काम गर्न छाडेका बुढा पाका नेतृत्वहरु होइनन? जब सम्म एस्ता जुकाहरु देशमा रही रहन्छ, देश बिकाश कल्पनामा मात्र सिमित रहनेछ | शरीरलाइ जति सुकै पौष्टिक आहार खुवाएपनि येदि पेटमा रहेका हानिकारक जुकाहरुलाइ औसधिको माध्यमबाट पहिला निमिट्यान्न नपारी बस्ने हो भने, त्यो बालुवामा पानि हाले सरह हुन्छ | यो कुरो अहिले मात्र होइन, पहिला पनि धेरै पटक उठेको हो, हामि युवा हरु के निर्क्योलमा पुग्योउम भने, अहिलेका बृद्ध नेतृत्वहरुले जब सम्म आफ्नो पदिय लालाच त्याग्दैना, हुने वाला केहि छैन |
तपाइको लेख सकारात्मक छ | एस्लाई निरन्तरता दिनु होला |
ne0
· Snapshot 984
Like · Liked by · 4
लेख्दैमा केहि हुने भए मान्छेको खुशी लेख्थें
मान्छेको खुबी
मान्छेको प्रगति
मान्छेको स्वस्थ लाभ लेख्थें

लेख्दैमा केहि हुने भए देश विकास लेख्थें
देशमा भ्रस्टाचार निर्मुल
देशमा लोद्शेदिंग निर्मुल
देशमा सबै बीच भातृत्व लेख्थें

लेख्दैमा केहि हुने भए संसारमा शान्ति लेख्थें
युद्धहरुको अन्त्य
मानबको हित भलो
मानबता बीच अमन चयन लेख्थें

लेख्दैमा केहि हुने भए
magorkhe1
· Snapshot 992
Like · Liked by · 1
नहुनु मामा भन्दा कानो मामा निको !
लेख्दै नलेखिनु भन्दा केहि छापिनु बेश
सुन्य प्रयास भन्दा केहि प्रयास बेश हैन र

Geology Tiger
· Snapshot 1005
Like · Liked by · 0
वाह वाह नियो क्या बात !
mily
· Snapshot 1008
Like · Liked by · 0
निओ लाई कबिता लेख्न पनि आउदो रहेछ :O
ne0
· Snapshot 1008
Like · Liked by · 0
हुन त लेख्ने प्रयास राम्रै हो तर तुलना गर्ने हो भने मौखिक गफ गर्नु र लेखिक गफ गर्नु मुलत: येउतै कुरा हुन आउँछ | गफ गर्ने राम्रै हो टाइम पासको लागि तर काम कसैले नगरी सबैले गफ मात्र गर्यो भने केहि काम होला जस्तो छैन :) यो नि गफै मात्र हो है मगोर्खे मित्र

मन पराइदिनु भएकोमा धन्यबाद जियोलोजी मित्र
ne0
· Snapshot 1024
Like · Liked by · 2
मिलि मित्रानी, सब्दको समिश्रणले उही बोलि कहिले लेख बन्दछ, कहिले कविता, कहिले कथा त कहिले गीत | भावनाको समिश्रणले उही चेतना कहिले आशु बन्दछ, कहिले हासो, कहिले कल्पना त कहिले प्रीत |
Khaobaadi
· Snapshot 1048
Like · Liked by · 0

Social media celebrity बन्दैमा फुरसद छैन यीनलाई, बाबुराम झै यसो एउटा नया पार्टी खोलेर grassroots आन्दोलन चलाए केही हुनथ्यो कि ?
Hydrogen Sulphide
· Snapshot 1197
Like · Liked by · 0
Dear Anu,
Affnai research ko journal ra articles kasle padidiyos timro lekh aja padhne fursad hola ma sanga? Khuru khuru nokari khau bau lai sarkari bhatta ma aashin huna napara. Ghar bhada ma ni desh ko sir nihuraune naparata.

Uhi Timrai ganaune,  
Paad (H2S)
Last edited: 14-Apr-16 03:31 AM
atomic
· Snapshot 1381
Like · Liked by · 0


She is truly "Woman of the *social media* year" , She deserves "Gorkha Dakshin Baahu".
magorkhe1
· Snapshot 1650
Like · Liked by · 0
एउटा पुरानो सोचलाई नया सोच को पहिलो खुड्कुलो बन्छ कि ?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 8 · Viewed 751
· Posts 2 · Viewed 555 · Likes 1
· Posts 5 · Viewed 461
· Posts 1 · Viewed 86
· Posts 1 · Viewed 75
· Posts 4 · Viewed 476 · Likes 1
· Posts 3 · Viewed 273 · Likes 2
· Posts 1 · Viewed 102
· Posts 1 · Viewed 292
· Posts 24 · Viewed 7621 · Likes 2



Your Banner Here
Travel Partners
Travel House Nepal