यसरी ऊ पागल भई।
दुःखसंग साइनो तेरो खास भयो अब
जति गरेँ प्रयास मैले नास भयो अब।
मेरै भनि जतन गरि सिन्चि राखेकिथें
मेरो किन? दिल्कै सुन्, त्यो पास भयो अब।
मन्ले गर्यो राज यहाँ दिन रात रुवाउंदै
मेरो औचित्य नभएको आभाष भयो अब।
रुवाउनेले नै हसांउछ भनि कन मुस्काई
मैले बुझें ऊ हांस्ने शुन्य आश भयो अब।
बस्नु त्यहि पीरसंगै म जान्छु छोडी भनी
म हिंडे ऊ सास सहितको लास भयो अब।
-मृगतृष्णा
Last edited: 19-Feb-16 04:46 AM