सबैभन्दा चर्चित नेपाली नायिका को रहेछ? - Sajha Mobile
SAJHA MOBILE
सबैभन्दा चर्चित नेपाली नायिका को रहेछ?
Posts 3 · Viewed 5818 · Go to Last Post
cybernepali
· Snapshot 0
Like · Likedby · 0

सोसल मिडियामा १७ नेपाली नायिका : को कति प्रभावशाली ?

सोसल मिडियाको प्रयोग बढेसँगै नेपाली सेलिब्रिटी, खासगरी नायिकाहरु यसमा आकर्षित देखिएका छन् । उनीहरुमध्ये अधिकांश नायिका सामाजिक सञ्जालमा आफ्नो प्रभाव बढाउन सक्रिय छन् ।

प्रभाव र पहुँचलाई विस्तार गर्न अधिकांश नायिकाहरु फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सोसल मिडियामार्फत आफ्नो सेल्फ प्रोमोशन गर्दै आएका छन् ।

रेखा थापा, प्रियंका कार्की, नम्रता श्रेष्ठ, ऋचा शर्मा, माल्भिका सुब्बा, गरिमा पन्त, केकी अधिकारी, निशा अधिकारी, रिमा विश्वकर्मालगायत नायिकाहरु सोसल मिडियामा सक्रिय देखिएका हुन् ।

तर, फेसबुकमा भने सबैभन्दा अगाडि छिन्, नायिका रेखा थापा । फेसबुकमा उनलाई लाइक गर्नेको संख्या झण्डै २१ लाखको हाराहारीमा छ । फेसबुकमा उनको प्रभाव त कसरी पनि थाहा हुन्छ भने रेखा थापाको नाममा अन्य केही फेक पेज समेत बनेका छन् । फेसबुकमा अहिलेसम्म सबैभन्दा बढी चर्चित उनै थापा हुन् ।

यद्यपि, ट्वीटरमा भने उनको पनि उत्साहजनक प्रभाव छैन । भलै फलोअर्स त छन् तर नियमित अपडेट नदेखिनुले पनि रेखा थापा ट्वीटरमा उति प्रभावशाली देखिदैंनन् । यतिसम्म कि, अन्य केही नायिकाहरुको त ट्विटर ह्यान्डल भएपनि अहिलेसम्म एउटा पनि ट्वीट गरेका छैनन् । 

तुलनात्मक रुपमा ट्वीटरमा सबैभन्दा बढी फलोअर बनाएकी नायिका हुन्, प्रियंका कार्की । र इन्स्टाग्राममा पनि उनलाई पछ्याउनेहरु सर्वाधिक छन् । त्यसो त, नयाँ पुस्ताकी नायिका प्रियंका कार्की टेक्नोलोजीमा अभ्यस्त छिन् । साथै अरु भन्दा बढी समय उनी सोसल मिडियाको लागि दिने गर्छिन् ।

उनीहरुलाई आम नागरिक भन्दा पनि कम प्रभावशाली देखाउँछ ।

रेखा थापा

फेसबुक : २० लाख ८३ हजार लाइक
ट्वीटर : ६९७२ फलोअर्स, ८ जनालाई फलोइङ । १८५ ट्वीट गरेकी छिन् अहिलेसम्म ।
इन्स्टाग्राम : अफिसियल फ्यान पेजमा १७५५ फलोवर । उनको ब्यक्तिगत पेज छैन । 

प्रियंका कार्की
फेसबुक : २ लाख ३५ हजार लाइक
ट्वीटर : २४७०० फलोअर्स । २६१ फलोइङ । ४०३० ट्वीट
इन्स्टाग्राम : ७४ हजार २ सय फलोअर्स । 

नम्रता श्रेष्ठ
फेसबुक : ८ लाख ५८ हजार लाइक
ट्वीटर : ५९७२ फलोअर्स । ४८७ ट्वीट ।
इन्स्टाग्राम : ३९००० फलोअर्स । नम्रताको नाममा अरु पनि ह्यान्डल खोलिएका छन् ।


माल्भिका सुब्बा
फेसबुक : ७ लाख २४ हजार लाइक 
ट्वीटर : १०६०० फलोअर्स । फलोइङ देखाएको छैन । ट्वीट एक मात्र– भिजिट माल्भिका सुव्वा वेभसाइट । 
इन्स्टाग्राम : ५१६०० फलोअर्स 


केकी अधिकारी
फेसबुक : २ लाख ७५ लाइक  
ट्वीटर : २२८०० फलोअर्स । १३६ फलोइङ । २४११ ट्वीट
इन्स्टाग्राम : २९५०० फलोअर्स ।


करिश्मा मानन्धर
फेसबुक : ३७ हजार लाइक  
ट्वीटर : १७३ फलोअर्स । ८० फलोइङ । १ ट्वीट–हाइ एभ्रिवान । 
इन्स्टाग्राम : ९२३ फलोअर्स ।

ऋचा शर्मा
फेसबुक : ३४ हजार लाइक
ट्वीटर : ४००७ फलोअर्स । ३८ फलोइङ । ४५२ ट्विट्स ।
इन्स्टाग्राम : ४३६ फलोअर्स ।     

गरिमा पन्त
फेसबुक : 
ट्वीटर : २९४ फलोअर्स । ५ फलोइङ । २ ट्वीट 
इन्स्टाग्राम : ३६४९    

नन्दिता केसी
फेसबुक : ५० हजार लाइक
ट्वीटर : १७८ फलोअर्स । ३५ फलोइङ । २७ ट्वीट । नन्दिताको नाममा अरु पनि ट्वीटर ह्यान्डल छन् । तर एक्टीभ छैनन् ।
इन्स्टाग्राम : १०५०० फलोअर्स 

निशा अधिकारी
फेसबुक : ३७ हजार लाइक 
ट्वीटर : ३८३२ फलोअर्स । ५० फलोइङ । १७७८ ट्वीट ।
इन्स्टाग्राम : १३००० फलोअर्स      

झरना थापा
फेसबुक : २९ हजार लाइक 
ट्वीटर : ६४३ फलोअर्स । ८१ फलोइङ । ८४ ट्वीट ।
इन्स्टाग्राम : २२४७ फलोअर्स 

झरना बज्राचार्य 
फेसबुक : १५ हजार लाइक 
ट्वीटर : ३४७१ फलोअर्स । ४० फलोइङ । २६९ ट्वीट ।
इन्स्टाग्राम : ५८९३ फलोअर्स 

मलिना जोशी
फेसबुक : ५० हजार लाइक 
ट्वीटर : २९९ फलोअर्स । ४८७ फलोइङ । ११४ ट्वीट । सेप्टेम्बर २०११ देखि अपडेट छैन ।
इन्स्टाग्राम : ३११०० फलोअर्स 

विनिता बराल जुइनो 
फेसबुक : ४ हजार लाइक
ट्वीटर : १३५२ फलोअर्स । ७४ फलोइङ । २०४८ ट्वीट ।
इन्स्टाग्राम : ५६३ फलोअर्स     

रिमा विश्वकर्मा
फेसबुक : १६०० लाइक 
ट्वीटर : 
इन्स्टाग्राम : ६२५७ फलोअर्स

वेनिशा हमाल
फेसबुक : ११ हजार लाइक । तर, एकाउण्टमा १२ हजार फलोअर्स 
ट्वीटर : ९०० फलोअर्स । ७३ फलोइङ । ७९५ ट्वीट 
इन्स्टाग्राम : ८५३७ फलोअर्स 

आना शर्मा 
फेसबुक : ५० हजार लाइक 
ट्वीटर :
इन्स्टाग्राम : ९५३७ फलोअर्स    


http://www.nepalipatra.com/news/detail/18169/8

Last edited: 09-Dec-15 08:48 AM
Punter
· Snapshot 213
Like · Liked by · 0
cybernepali ब्रो,
यो पनि सोध्ने कुरा हो र ?

पुन्टर को प्रियंका कार्की हो ब्रो
यो त पेट मा भाको सानो बालक लै पनि ताहा छ!!!
एस्तो घिन्गा मसिना कुरा न गरौ है साथी हो
जय नेपाल जय मेरी बुडी प्रियंका कार्की!!!

Last edited: 09-Dec-15 12:36 PM
intelligentguy
· Snapshot 616
Like · Liked by · 0
Meri pradpyari Kali rekha le sabailai jiteko sarbashrestha bhako rahecha fb ma la badhai cha hai temelai pradpyari Kali .
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 76
· Posts 2 · Viewed 259
· Posts 1 · Viewed 163
· Posts 24 · Viewed 7436 · Likes 2
· Posts 26 · Viewed 2266 · Likes 5
· Posts 1 · Viewed 84
· Posts 1 · Viewed 104
· Posts 1 · Viewed 187
· Posts 2 · Viewed 290
· Posts 13 · Viewed 3453 · Likes 6



Your Banner Here
Travel Partners
Travel House Nepal