पूर्वयुवराज पारस शाहले नाकाबन्दीको बारे टिप्पणी - Sajha Mobile
SAJHA MOBILE
पूर्वयुवराज पारस शाहले नाकाबन्दीको बारे टिप्पणी
Posts 3 · Viewed 5224 · Likes 1 · Go to Last Post
cybernepali
· Snapshot 0
Like · Likedby · 1

Paras-Shah

१४ मंसिर, काठमाडौं । लामो समयदेखि मौन रहेका पूर्वयुवराज पारस शाह फेसबुकमा देखिएका छन् । उनले फेसबुकमा श्रृङ्खलावद्ध टिप्पणीहरु लेख्दै नेपालको वर्तमान अवस्थाप्रति आफ्नो भावना घुमाउरो रुपमा व्यक्त गरे ।

‘फ्रुट फर थट’ शीर्षक दिएर उनले चार भागमा टिप्पणी लेखेका छन् । पहिलो भागमा उनले लेखेका छन्, नेपली समाज किन पछि परेको हो ? उनीहरुले हाम्रो धर्म लगे, हामी चुप लागेर भन्यौ, ठीक छ । किन ? जब हामीसँग तीन महिनादेखि ग्यास छैन र हामी दाउरामा खाना पकाइरहेका छौं, र पनि भन्दैछौं ठीक छ, किन ? म आगोमा घ्यू थप्ने प्रयास गरिरहेको छैन । केवल हाम्रो समाजलाई बुझ्ने प्रयास मात्र गरिरहेको छु ।’


दोस्रो भागमा उनले लेखेका छन्, ‘हुन सक्छ, नेपाली समाज तिब्बतीयन समाजजस्तै सचेतनाको उच्च विन्दुमा छ । मलाई साँच्चै थाहा छैन । जनता हो, सल्लाह पाउँ ।’


तेस्रो भागको टिप्पणीमा पारसले हाम्रो शैली र हाम्रो संस्कृति खतरामा रहेको उल्लेख गरेका छन् । त्यसलाई निरन्तरता दिँदै चौथो टिप्पणीमा लेखेका छन्, ‘हाम्रो जीवनशैली खतरामा छ, किनकि १९९० को मध्यमा तथाकथित पहिलो विश्वका देशहरुले नेपाली जनताको जीवनशैलीमा आफ्ना प्रयोगहरु गर्ने निर्णय लिए । त्यसपछि के भयो, मैले नेपालीहरुलाई भनिरहनु पर्दैन । अहिले २०१५ मा नेपालको जीवनशैलीमाथि सामाजिक प्रयोग गर्नेहरु असफल भएका छन् । पेरिस आक्रमणपछि सबै कुरा परिवर्तन भएको छ । यस्तो लाग्छ, प्रयोग र वैज्ञानिकहरु पृथ्वीबाट वेपत्ता छन् । नेपाल र नेपालीलाई अहिले उनीहरुको पहिलेभन्दा बढी आवश्यकता छ, जब नेपाल भारतको आन्तरिक मामला बनेको छ । यो नेपालीहरुले मित्र छान्ने समय हो ।’


- See more at: http://www.onlinekhabar.com/2015/11/356826/#sthash.TFP4WhrD.dpuf
nepalkoaawaz
· Snapshot 237
Like · Liked by · 0
जय देश
जय नरेश
intelligentguy
· Snapshot 597
Like · Liked by · 0
Tyahein ta fresh ma bhaneko bhae ta thikai hola sayad jhyap ma bhanera pathako jasto cha kalo chasma lagaera Mr ex prince le
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 6 · Viewed 1045
· Posts 179 · Viewed 60848 · Likes 44
· Posts 3 · Viewed 328
· Posts 1 · Viewed 113
· Posts 1 · Viewed 117
· Posts 1 · Viewed 374
· Posts 9 · Viewed 7080 · Likes 2
· Posts 1 · Viewed 193
· Posts 3 · Viewed 982
· Posts 1 · Viewed 227



Travel Partners
Travel House Nepal