निकम्मा नेताहरु - Sajha Mobile
SAJHA MOBILE
निकम्मा नेताहरु
Posts 31 · Viewed 22249 · Likes 5 · Go to Last Post
metta
· Snapshot 0
Like · Likedby · 0
Did Foreign Minister Pandey had any balls to speak on behalf of nepali against Modi's sanctions?
कि मेरो मन्त्री पद जोगाई देउ भनेर दुष्ट मोदीको दर्शन गर्न line मा बस्दै छ ?

आँखा नदेख्ने र कानले नसुन्ने संचार मन्त्री
दोहा गएर संचारमन्त्री रिजालले भने- भारतले नाकाबन्दी गरेकै छैन - See more at: http://www.onlinekhabar.com/2015/09/331846/

Vision भएका ओली
Prime minister in waiting Oli
ओलीले भने-शुष्माले ३ घण्टामा समाधान गर्छु भनिन्, तर भएन - See more at: http://www.onlinekhabar.com/2015/09/331568/

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपालका सीमा क्षेत्रमा आपूर्ति रोक्ने कदम चाल्छ भन्ने आफूलाई नलागेको बताएका छन् ।

केपी ओलीले दिए भारतले नाकाबन्दी नगर्ने तीन कारण

http://www.nepalipatra.com/news/detail/17016/14


जस्ता खाएर डकार्दै मन्त्री
तराई–मधेसको समस्या चाँडै समाधान हुन्छः अर्थमन्त्री महत - See more at: http://nagariknews.com/politics/story/46005.html#sthash.nuQIYF7z.dpuf


Raw agent
हामी आफू मिले नेपाल–भारत सम्बन्ध पुरानै रहन्छः पूर्वराजदूत बराल - See more at: http://nagariknews.com/politics/international/story/45953.htm
Load Previous
metta
· Snapshot 555
Like · Liked by · 0
मिनेन्द्र रिजाल पनि इंडिया कै agent जस्तो काम गर्न थाल्यो:

भारतीय च्यानल बन्दगर्नेलाई कारवाही गर्ने मिनेन्द्र रिजालको २४ घण्टे अल्टिमेटम
कतार पुगेर भारतले नेपालमाथि नाकाबन्दी नगरको भन्दै भारतको बचाउ गरेको भनिएका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले भारतीय टिभी च्यानल बन्द गरेका केवल सञ्चालकहरुसँग स्पष्टिकरण मागेका छन् । कोइराला सरकारमा कृष्ण सिटौलाको सिफारीस र भारतीय आशिर्वादमा मन्त्री पाएको विश्वास गरिने मन्त्री रिजालले मंगलबार साँझ नेपालमाथि नाकाबन्दी गर्ने भारतीय दादागिरी बिरुद्ध केवल सञ्चालकहरुले गरेको प्रतिकात्मक बिरोध स्वरुप भारतीय च्यानल बन्द गर्दा स्पष्टिकरण मागेर भारतीय पक्षको पक्षपोषण गर्न खोजेका छन् । २४ घण्टे अल्टिमेटम दिंदै कारवाहीको धम्कीपूर्ण भाषा प्रयोग गर्दै मिनेन्द्र रिजालले सम्हालेको मन्त्रालयबाट शाखा अधिकृतको हस्ताक्षर गरेर केवल टेलिभिजन सञ्चालकहरुसँग जवाफ मागेका छन् ।
metta
· Snapshot 563
Like · Liked by · 0
उप रास्ट्रपति, संचार मन्त्रिले त बोले भने खुल्ला रूपमा इंडिया संगै तलब बुझ्नेले किन यसो नभनोस 

नेपाली टीभी च्यानल प्रशारणमा रोक लगाउने मधेशी मोर्चाद्वारा चेतावनी

http://setopati.com/raajneeti/34513/
metta
· Snapshot 595
Like · Liked by · 0

अमरेशको कारबाही रोकियो

कुलचन्द्र न्यौपाने , काठमाडौं
सदस्यहरुमा सुरेन्द्र पाण्डे, रमेश रिजाल र मिना पाण्डे छन ।
समितिका सदस्य पाण्डे बाहेक अन्य सदस्यहरु तत्काल कारवाही गर्न नहुने पक्षमा उभिएपछि बैठक बस्न नसकेको स्रोतले बतायो ।

http://kantipur.ekantipur.com/news/2015-09-29/20150929192105.html
metta
· Snapshot 674
Like · Liked by · 0

मन्त्रीकै सम्पर्कमा छैनन् प्रधानमन्त्री, कुटनीतिक भेट शून्य

नाकाबन्दी भएदेखि क्याबिनेट नै बसेन


१३ असोज, काठमाडौं । भारतको नाकाबन्दीका कारण जनजीवन कोलाहलपूर्ण बनिरहेको छ । तर, के तपाई पत्याउनुहुन्छ, नाकाबन्दी सुरु भएयता एकपटक पनि मन्त्रपरिषद बैठक बसेको छैन ।

मंगलबार मन्त्रालयमै भेटिएका मन्त्री बस्नेतले भने, ‘प्रधानमन्त्रीले किन हो, क्याबिनेट डाक्नुभएको छैन । नाकाबन्दीको विषयमा अहिलेसम्म मन्त्रीहरु बसेर एकचोटि पनि छलफल गर्न पाएका छैनौं ।’

क्याबिनेट बैठक नबस्दा र प्रधानमन्त्रीबाट कुनै नीति निर्देशन पनि नआउँदा मन्त्रीहरु कुहिरोको कागजस्तै बनेका छन् । अहिलेको संकट टार्न सरकारले के गर्दै छ भनेर कुनै मन्त्रीलाई सोधियो भने ‘कुटनीतिक पहल हुँदैछ’ भन्नेबाहेक उनीहरुसित कुनै जवाफ छैन । क्याबिनेट नबसेका अवस्थामा प्रधानमन्त्रीसित अधिकांश मन्त्रीहरुको सोझो सम्पर्क पनि हुँदैन ।

प्रधानमन्त्रीको कुटनीतिक भेटघाट शून्य

नाकाबन्दी हटाउन सरकारले कुटनीतिक पहल गरिरहेको भने पनि ठोस रुपमा केही भएको छैन । पछिल्ला दिनमा प्रधानमन्त्रीको कुटनीतिक भेटघाट शून्य छ ।

http://www.onlinekhabar.com/2015/09/333301/

GwachAquarian
· Snapshot 723
Like · Liked by · 0
Ali qualified manche haru thaun ma baseko bhaye po kehi hope huncha. Marna lageko budho prime minister cha, bihari dalal, corrupt manche vice president cha, gunda haru udhyog mantri, griha mantri, kohi cycle chadhchu bhanera guff laucha, kohi india le nakabandi gareko chaina bhandai hidcha.
Sad but true these are nepali leaders mostly elected by people.
metta
· Snapshot 751
Like · Liked by · 0
Yes, education is the key. The public is uneducated, that's why they elect such leaders. Unfortunately, educated have been one of the most corrupted in the current prime ministerial cabinet.

1) Ram Sharan Mahat, PhD 
- abused power to transfer most of earthquake relief funds to his relief; 
- caught stealing zinc roof materials donated by Bank for earthquake victims (through his assistant)
- he is accused of denying funds to clear the roads to Tatopani. After five months, border with China has not opened.

2) Narayan Khadka , PhD
- corruption scandal (crores of rupees) on buying tents at very high price at the time earthquake

3) Minendra Rijal, PhD
- says India has not placed any bans.
- hasn't spoken a single word when Madheshi Morcha banned nepali channels in Terai region.
- gave 24 hours ultimatum to resume hindi channels in Kathmandu
- abused his power to appoint three of his relatives at NTC (see past sajha threads)
metta
· Snapshot 759
Like · Liked by · 0
प्रधानमन्त्रीले दुई मन्त्री हटाउन गरेको आग्रह ओलीद्वारा अस्वीकार 

१४ असोज, काठमाडौं । अख्तियारले कारबाही सिफारिस गरेका एमालेका दुई मन्त्रीलाई हटाउने प्रधानमन्त्रीको प्रस्ताव एमाले अध्यक्ष केपी ओली अस्वीकार गरेका छन्।

कोइरालाले मंगलबार ओलीलाई टेलिफोन गरेर अख्तियारको निर्देशनका पालना गर्नुपर्ने भन्दै बुधबार साँझसम्म खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र ऊर्जामन्त्री राधा ज्ञवालीलाई फिर्ता बोलाउन आग्रह गरेका थिए।

http://www.onlinekhabar.com/2015/10/333415/
GwachAquarian
· Snapshot 802
Like · Liked by · 0
Well nothing surprises me anymore. Lets stop talking about nepal. Nepal has become भिड बाट खस्न लागेको गोरु in the hands of these leaders. And feels like india is getting ready to give a final kick on this mission.
metta
· Snapshot 932
Like · Liked by · 0

राजदूत उपाध्यायको भूमिकाप्रति असन्तुष्टि

काठमाडौं- भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको भूमिकाप्रति प्रमुख दलका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्। नेपाल–भारत सम्बन्ध जटिल मोडमा पुगेका बेलामा दुई देशबीचको तनाव कम गर्न उनी चुकेको भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्। नेपालको भन्दा पनि भारतीय स्वार्थअनुरूप बोल्ने गरेको आरोप उनीमाथि लागेको छ। 
'हिजो (मंगलबार) एक सार्वजनिक कार्यक्रममा उहाँ (उपाध्याय) ले जे भन्नुभयो मैले बु‰न सकिनँ,' सत्तारूढ नेकपा एमालेका केन्द्रीय सदस्य राजन भट्टराईले भने।

राजदूत उपाध्यायले मंगलबार भारतले नेपालमाथि नाकाबन्दी नै नलगाएको बताएका थिए। उनले नाकाबन्दी लगाएको कुनै आधार आफूसँग नभएको पनि जनाएका थिए।

'कानुनी आधार मात्र खोज्ने हो कि परिणामलाई हेरेर पनि राजदूतज्यूले कुरा गर्ने हो? परिणामले त भारतले नाकाबन्दी लगाएको स्पष्ट देखाउँछ,' भट्टराईले भने।

सरकारले नै भारतले नाकाबन्दी लगाएको भन्दै यो मुद्दालाई अन्तर्राष्ट्रिय जगतमा लैजाने प्रयास गरिरहेका बेला राजदूत उपाध्यायले भारतीय पक्षको बोलीलाई जस्ताको त्यस्तै सार्वजनिक कार्यक्रममा राखिदिँदा सामाजिक सञ्जालमा पनि विरोध भइरहेको छ। सीमामा भएको यथार्थ विवरणसमेत नबताई 'नाकाबन्दी गरेको छैन' भन्ने भारतको भनाइलाई नै आफ्नो धारणा बनाएको भन्दै टि्वटर र फेसबुक पयोगकर्ता उनीमाथि खनिएका हुन्।
राजदूत उपाध्यायको भूमिकाप्रति परराष्ट्र मन्त्रालय पनि खुसी छैन। संकटका बेला भारतमै बसेर त्यहाँको सरकार र शीर्ष नेताहरूसँग निरन्तर सम्पर्कमा रही सरकारको पक्षमा माहोल बनाउनुपर्नेमा उनी काठमाडौं आएर बसेकोमा परराष्ट्रको असन्तुष्टि रहेको छ। संकट चुलिएका बेला दूतावासलाई धेरै दिन राजदूतविहीन बनाउन नहुने परराष्ट्र स्रोतले बतायो।

'राष्ट्रसंघबाट भारतीय प्रधानमन्त्री फर्किसकेका छन्। त्यसपछि अवस्था के कस्तो भइरहेको छ, त्यो बुझ्नु पर्दैन?' परराष्ट्र स्रोतले भन्यो, 'दिल्लीबाट ८० भन्दा बढी देशले नेपाललाई हेर्छन्। उनीहरूका प्रतिनिधिलाई अहिले नेपालमा के भइरहेको छ बताएर अन्तर्राष्ट्रिय समर्थन जुटाउनुपर्थ्यो। त्यो पनि भएको छैन।' प्रधानमन्त्रीलाई ब्रिफिङ गर्न केही दिनअघि काठमाडौं आएका उनी दिल्ली फर्केका छैनन्। http://nagariknews.com/politics/party-politics/story/46386.htm
metta
· Snapshot 937
Like · Liked by · 0

मन्त्री नै गैरजिम्मेवार

मन्त्री नै गैरजिम्मेवार
काठमाडौं- भारतको नाकाबन्दीका कारण जनताले सास्ती खेपिरहेका बेला सरकारका मन्त्री भने भारतले नाकाबन्दी नै नगरेको अभिव्यक्ति दिँदै गैरजिम्मेवार रूपमा प्रस्तुत भएका छन्।
नेपालको संविधानमा आफ्नो स्वार्थ नसमेटिएको भन्दै भारतले एक सातादेखि लगाएको नाकाबन्दी खुलाउन र वैकल्पिक व्यवस्था गर्न रातदिन खट्नुपर्नेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधि, सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल र वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापा भारतकै पक्षमा महŒवपूर्ण निर्णय गराउन लागिपरेका छन्। 
केही दिनअघि प्रधानमन्त्रीसँगको छलफलमा समेत ती मन्त्रीले भारतको विकल्प अरु देश नहुने र विकल्प खोज्दा भारत चिढिने भन्दै भारतलाई नै मनाएर आपूर्ति सहज गराउनुपर्ने तर्क गरेका थिए। कोइरालाले विकल्पका रूपमा चीनसँग जोडिएका उत्तरी नाका तत्काल खुलाउन उनीहरुलाई निर्देशन दिएका थिए। आपूर्ति सहज बनाउन चिनियाँ पक्षले तातोपानी र रसुवागढी नाका खुलाउने आफ्नोतर्फको काम थालिसकेको छ तर नेपालतर्फको अवरुद्ध भाग खुलाउने जिम्मेवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने कामै नथालेको मन्त्रालयकै अधिकारीहरू बताउँछन्। मन्त्रिपरिषद स्रोतका अनुसार चीनसँग जोडिएका नाका खुलाउनुको सट्टा मन्त्री निधि काठमाडौं–तराई फास्ट ट्र्याक निर्माणको काम विवादित भारतीय कम्पनीलाई दिने फाइल मन्त्रिपरिषदबाट स्विकृत गराउन लागिपरेका छन्। नेपाल सरकारले नै ऋण दिने र निर्माणमा घाटा भए पनि नेपालले नै व्यहोर्नेगरी भौतिक पूर्वाधार मन्त्रालयले भारतीय कम्पनीलाई ठेक्का दिने तयारी गरेको हो। अधिकांश सांसदले विरोध गरे पनि उक्त फाइल मन्त्रिपरिषदमा पुगेको छ। अघिल्लो साता बसेको मन्त्रिपरिषद बैठकमा निधिले जसरी भए पनि उक्त निर्णय गराउनुपर्ने अडान राखेका थिए। तर, अन्य मन्त्रीहरुले राजनीतिक प्रस्तावको अध्ययनपछि मात्रै निर्णय लिने भनेपछि रोकिएको छ।


भौतिक पूर्वाधार मन्त्रालय स्रोतका अनुसार मन्त्री निधिले भने अब बस्ने मन्त्रिपरिषदबाट जसरी पनि निर्णय गराइछाडने बताउँदै आएका छन्। 'उत्तरी नाका खुलाउन छिमेकी देशले काम थालिसक्यो, प्रधानमन्त्रीले निर्देशन दिएको पनि यतिका दिन भइसक्यो तर त्यसतर्फ मन्त्रीज्यूको कुनै ध्यानै छैन,' मन्त्रालयका एक अधिकारीले भने 'बरु काठमाडौं तराई फास्ट ट्र्याकको निर्णय गराउनेतर्फ उहाँको विशेष जोड छ।' भारतसँग राम्रो सम्बन्ध भएका मानिने मन्त्री निधि र मन्त्रालयका सचिव गजेन्द्र ठाकुरसमेत दक्षिणलाई चिढ्याउन नहुने भन्दै उत्तरी सडक विस्तार र निर्माणलाई बेवास्ता गर्दै आएका छन्। संविधान निर्माणको प्रक्रियामा गएपछि विरोध गर्ने निधि पहिलो मन्त्री हुन्। त्यसैगरी भारतीय नाकाबन्दीले मुलुक आक्रान्त पारिसक्दा पनि सञ्चारमन्त्री मीनेन्द्र रिजाल भने भारतले नकाबन्दी नै नगरेको भन्ने विवादास्पद अभिव्यक्ति दिइरहेका छन्। कतारमा एक सांस्कृतिक कार्यक्रममा भाग लिन पुगेका रिजालले केही दिनअघि भारतीय राजदूतकै बोलीमा लय मिलाउँदै 'नेपालमा नाकाबन्दी छैन' भन्ने भाषण गरेका थिए। कतारबाट फर्केलगत्तै उनले मंगलबार नाकाबन्दीको विरोधमा भारतीय च्यानल बन्द गर्ने नेपालका केबुल टिभी अपरेटरहरूलाई मन्त्रालयमार्फत २४ घन्टे स्पष्टीकरण सोध्न लगाए। 'भारतमा न नेपाली टिभी प्रसारण हुन्छ, न नेपाली पत्रपत्रिका पुग्छन्, त्यतातिर मन्त्रीज्यूको कहिल्यै चासो गएन,' मन्त्रालयका एक उपसचिवले भने, 'नाकाबन्दी खुलाउन पहल गर्नुपर्नेमा भारतीय च्यानल रोकेकोमा तत्काल कारबाही प्रक्रिया अघि बढाउन निर्देशन आयो।' विदेशबाट फर्केपछि उनले सुरुमै भारतीय च्यानल खुलाउन र स्पष्टीकरणका लागि २४ घन्टे पत्र काट्न लगाएका थिए। त्यसैगरी नाकाबन्दीपछि आपूर्तिमा अग्रसरता लिनुपर्ने वाणिज्य मन्त्री सुनिलबहादुर थापा पनि 'भारतको विकल्प अन्य हुन सक्तैन' भन्दै आनाकानी गरिरहेका छन्। भारतको नाकाबन्दी खुलाउँछु भन्दै सरकारी दूत बनेर दिल्ली पुगेका उनी कुनै समाधान ननिकाली फर्किए। भारतबाट फर्केपछि प्रधानमन्त्रीसँगको ब्रिफिङमा उनले भारतलाई सबै विषय राखेको र छिट्टै समस्या समाधान हुने बताएका थिए। प्रधानमन्त्रीले भारतको विकल्पमा के गर्न सकिन्छ भन्दा उनले भारतीय पक्षबाट नाकाबन्दी नै नभएको भन्दै विकल्प खोज्न नहुने बताएका थिए। 'चीनलगायत अन्य राष्ट्रबाट कसरी विकल्प खोज्न सकिन्छ, सो अघि बढाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको थियो,' प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, 'तर वाणिज्य मन्त्रीले त विकल्प खोज्दा भारत झनै चिढिनसक्ने बताए।' http://nagariknews.com/main-story/story/46388.html
GwachAquarian
· Snapshot 1016
Like · Liked by · 0
I wish we could retain these things in our long term memory and act accordingly in future. Sooner or later india will open up the borders and sadly all these things wil be forgotten. The leaders will continue to roam around in their suv's. People of nepal might even praise modi again if he ever vists nepal and give hollow speeches about buddha and sita. Elections will come and same faces will be elected or chosen by their allies.
And nepal will continue to be nepal, never learning from history and the mistakes.
And we shall continue to complain in facebook and sajha.
underwear
· Snapshot 1119
Like · Liked by · 0
....and metta will soon share links of salman khan and katrina kaif.
metta
· Snapshot 1145
Like · Liked by · 0
Mr. Underwear, this is the last time I will be responding to you and I apologize for annoying you, especially if any of the above posts hurt you personally. Please ignore few threads I've posted.
metta
· Snapshot 1287
Like · Liked by · 0
चीनसंगको नाका मैले खोल्न दिने छैन: अर्थमन्त्री महत
चीनसँगको नाका तत्काल खुल्दैन : अर्थमन्त्री महत
http://www.onlinekhabar.com/2015/10/334760/
किनकि म भारतको गुलामी गरेर प्रधानमन्त्री बन्न चाहन्छु 
प्रधानमन्त्रीका लागि आफ्नो नाम चर्चामा रहेको महतको दाबी 
http://nagariknews.com/politics/party-politics/story/46589.html
magorkhe1
· Snapshot 1388
Like · Liked by · 0
नेता भनेकै आफ्नो स्वार्थ मात्र हेर्ने प्राणी हो : ब्यर्थ शब्द खेर किन फाल्छौ ? नेता मात्र भने पुग्छ |
metta
· Snapshot 1621
Like · Liked by · 0
परराष्ट्रमन्त्री थापाले ‘नाकाबन्दी’ भन्न मानेनन्

आफ्नो भारत भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले यातायात पारवहन क्षेत्रमा भएको असहज परिस्थिति र मधेस केन्दि्रत दलको आन्दोलनका कारण इन्धनको अभाव भएको बताए । तर, उनले नाकाबन्दी भन्न अस्वीकार गरे ।

रक्सौल बाहेक अन्य नाकाहरुमा खुकुलो रहेको भन्दै थापाले भने- ‘तर, पर्याप्त बुलेट, ट्यांकरहरुको अभाव छ, लोड-अनलोडका पनि केही समस्या देखा परेका छन् । त्यसले पनि हुन सक्छ, त्यसैले अहिले केही आशंका नगरी बेनिफिट अफ डाउट दिएर हेरौं न ।’ 
http://www.onlinekhabar.com/2015/10/339988/


नाकाबन्दीविरुद्ध चर्का कुरा नगरौं : भट्टराई

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले भारतको नाकाबन्दीविरुद्ध चर्का कुरा गर्न आवश्यक नरहेको बताएका छन्। http://nagariknews.com/politics/party-politics/story/47241.html


GwachAquarian
· Snapshot 1682
Like · Liked by · 0
Jun jogi aayepani kaanai chireko bhane jastai ho. Now its his turn and he also knows nothing better than licking indian ass and sucking their dicks hoping for the longivity of his balla balla payeko position.
yacc
· Snapshot 1840
Like · Liked by · 1
I usually agree with the quote by George Carlin given below, BUT, in Nepal the politicians have gamed the system so much that they don't even need to win elections anymore. Hence, no accountability. They will rather please India than their constituents as there is no fear of not being not elected in the next cycle.

"Now, there's one thing you might have noticed I don't complain about: politicians. Everybody complains about politicians. Everybody says they suck. Well, where do people think these politicians come from? They don't fall out of the sky. They don't pass through a membrane from another reality. They come from American parents and American families, American homes, American schools, American churches, American businesses and American universities, and they are elected by American citizens. This is the best we can do folks. This is what we have to offer. It's what our system produces: Garbage in, garbage out. If you have selfish, ignorant citizens, you're going to get selfish, ignorant leaders. Term limits ain't going to do any good; you're just going to end up with a brand new bunch of selfish, ignorant Americans. So, maybe, maybe, maybe, it's not the politicians who suck. Maybe something else sucks around here... like, the public. Yeah, the public sucks. There's a nice campaign slogan for somebody: 'The Public Sucks. Fuck Hope."

metta
· Snapshot 2123
Like · Liked by · 0

भ्रष्टचारी तथा नालयक शासकहरुबाटले झवाँम पारेका २३ राष्ट्रिय स्तरका कलकारखानाहरु (1) ट्रली बस (2) साझा बस (3) नेपाल एयरलाइन्स (4) जनकपुर रेलवे (5) उदयपुर सिमेन्ट कारखाना (6) भृकुटी कागज कारखाना (7) विरटनगर जुट मिल्स (8) सलाही चिनी कारखाना (9) बाँसबारी जुता कारखाना (10) जनकपुर चुरोट कारखाना (11) हेटौंडा को कपडा उधोग (12) हेटौडा काठमाडौं रोपवे (13) गोरखाली टायर उद्योग (14) वुटुवल धागो कारखाना (15) बिरगन्ज चिनी कारखाना (16) बिरगन्ज किर्सी औजार कारखाना (17) इलाम चिया कारखाना (18) हिमाल सिमेन्ट कारखाना चोभार (19) लुम्बिनी चिनी कारखाना (20) बिरगंज चिनी कारखाना (21) चाईनिज ईट्टा कारखाना लि. भक्तपूर (22) हरसिध्दी ईटा टायल कारखाना लि. (ललितपूर) (23) सुनवल चिनी कारखाना
metta
· Snapshot 2256
Like · Liked by · 3
छ जना उप-प्रधानमन्त्री बनाउदा लाज लागेन रहेछ यो नया सरकारलाई
देश ठप्प भएर खान खान नपाएर आधा जनसंख्या भोकै भैसक्यो तर सरकारलाई भोज गरेरै फुर्सद छैन
मन्त्रि भएर नपुग्ने रहेछ यिनी हरुलाई उप-प्रधानमन्त्री नै बन्नु पर्ने

चित्र बहादुर kc लाई पनि उप-प्रधानमन्त्री नै पड्काउनु पर्ने रहेछ, मन्त्रि मात्रै ले नपुग्ने रहेछ| एउटा कुनै प्रदेशको मुख्य मन्त्रि बनाई दिने भए त यिनी पनि हामफालेर संघियता को पक्षधर हुने रहेछ | कम्मुनिस्टहरु सबै भन्दा लाज नभएका भ्रस्ट रहेछन | नया सरकारले अहिले सम्म समस्या समाधान गर्न एक कदम पनि सहि दिशामा चलेको देखिदैन |

अहिले को मुख्य दोष भारत मात्रै हैन यी नेताहरु नै दोषी रहेछ | सबै भन्दा ठुलो दोषी असक्षम र नालायक सुशील कोइराला र बामदेव गौतम अनि जनता भड्काउने kp ओली, शेर बहादुर देउबा र RAW agent कृष्ण प्रसाद सिटौला नै हुन् | तराई का नेताको मात्रै दोषी हैनन् |

एस्तो अबस्थामा नया अर्थ मन्त्रि बिष्णु पौडेल १० कक्षा पास\फेल रहेछ | येस्ताले अब के देश बनाउने होला? राम शरण महतले जस्ता चोरे पनि अर्थको भाषा त बुझ्लान |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 15 · Viewed 3190 · Likes 3
· Posts 4 · Viewed 308
· Posts 1 · Viewed 296
· Posts 7 · Viewed 1737
· Posts 4 · Viewed 510 · Likes 1
· Posts 1 · Viewed 143
· Posts 1 · Viewed 145
· Posts 5 · Viewed 666
· Posts 1 · Viewed 199
· Posts 1 · Viewed 317



Your Banner Here
Travel Partners
Travel House Nepal