पक्राउ परेका सिके राउतलाई छाड्न घरमै पुग्यो प्रहरी - Sajha Mobile
SAJHA MOBILE
पक्राउ परेका सिके राउतलाई छाड्न घरमै पुग्यो प्रहरी
Posts 2 · Viewed 3925 · Go to Last Post
vowels2006
· Snapshot 0
Like · Likedby · 0
सप्तरी, जेठ १३ – इटहरीबाट प्रसारित एरिना टेलिभिजनमा विशेष अन्तर्वार्ता दिन आउने क्रममा मंगलबार दिउँसो पक्राउ परेका डा. सिके राउतलाई बुधबार बिहान ४ बजे प्रहरी सुरक्षा घेराबाटै राजविराजस्थित परिवारको जिम्मा लगाइएको सगरमाथा अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी रमेश भट्टराइले बताएका छन ।

टेलिभिजनको कार्यालय परिसरबाटै पक्राउ परेका राउतलाई राज्य विप्लवको मुद्दा लगाउने ठोकुवा गर्दे आएका इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी विनोद कुमार शर्माकै आदेशमा डा. राउतलाई राजविराजस्थित उनको घरमा पुर्याउने काम भएको हो ।

परिवारका सम्पर्कमा आइसकेका राउतलाई इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शर्माले सप्तरीस्थित प्रहरी कार्यालयमा मुद्दा रहेको कारण उतै जिम्मा लगाउन लगेको भन्दै इटहरीवासीलाई झुक्याउँदै आइरहेपनि सगरमाथा अञ्चल प्रहरीका प्रमुख एसएसपी रमेश भट्टराइले भने, ‘राउत बिहान करिब ९ बजे परिवारको सम्पर्कमा आइसकेको बताएका छन् ।’
राज्यले देशद्रोहीको संज्ञा दिएको राउतलाई सुरक्षाका साथ बाहिर लगेको खबर पाएपछि इटहरीवासी तथा सञ्चारकर्मीहरुको चपेटामा पर्ने डरले इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विनोद कुमार शर्मा र प्रहरी निरिक्षक खगेन्द्र खड्का दुवैले आ–आफनो मोवाइल स्वीच अफ गरी बसेका छन् ।

यता प्रहरी चंगुलमा रहेको भनिएका नेपालका लागि भाइरस मानिएका डा. राउतलाई प्रहरीले सुरक्षाको साथ घरसम्म पुर्याएको समाचार बाहिरिएपछि इटहरीउपमहानगरवासी डिएसपी शर्मा विरुद्ध आक्रोशित बनेका छन् । स्थानीयहरुले प्रहरीले गरेको उक्त व्यवहारको कडा विरोध गर्दे आन्दोलनको चेतावनी समेत दिएका छन् । उता परिवारको सम्पर्कमा पुगिसकेका डा. राउतले घर पुगेलगत्तै आफनो फेसबुक स्टाटसमा मधेसमा भइरहेको बसाई सराई बन्द गरिनुपर्ने, आफुविरुद्ध लगाइएको झुठा मुद्दाहरु खारेज हुनुपर्नेलगायत आफु विरुद्ध आन्दोलित गर्ने र पुत्ला दहन गर्नेहरुलाई पहाडिया बेवकुफ समेत भनेका छन् ।
- See more at: http://www.ratopati.com/2015/05/27/236445.html#sthash.H2ttPE6S.dpuf
divorceguy
· Snapshot 389
Like · Liked by · 0
if CK is guilty then all hindubadis, janajati basis are guilty too
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 267
· Posts 10 · Viewed 831 · Likes 1
· Posts 9 · Viewed 1237
· Posts 1 · Viewed 90
· Posts 1 · Viewed 100
· Posts 1 · Viewed 84
· Posts 12 · Viewed 638
· Posts 25 · Viewed 4041 · Likes 2
· Posts 3 · Viewed 674
· Posts 3 · Viewed 610



Your Banner Here
Travel Partners
Travel House Nepal