अमेरिकी संसदमा नेपाली मूलका जीवन तिवारीको उम्मेदवारी - Sajha Mobile
SAJHA MOBILE
अमेरिकी संसदमा नेपाली मूलका जीवन तिवारीको उम्मेदवारी
Posts 2 · Viewed 4812 · Go to Last Post
mahoday
· Snapshot 0
Like · Likedby · 0


फाल्गुन २५ ,डिसी
विजय थापा

नेपाली मूलका जीवन तिवारीले अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको तल्लो सदन 'हाउस अफ डेलिगेट ' मा उम्मेदवारी घोषणा गरेका छन् । कास्की पोखरा लेखनाथ नगर पालिका बेगनास ताल घर भै बिगत १० बर्ष देखि अमेरिकाको उत्तर भर्जिनियामा बस्दै आएका तिवारीले आज मार्च ९ तारिख भर्जिनियाको हाउस अफ डेलिगेटको लागि क्षेत्र ८७ बाट २०१५ को लागि प्रतिनिधि सभामा डेमोक्र्याट पार्टीबाट उम्मेदवारी दिएका हुन् ।

अघिल्लो जन गणना अनुसार उक्त क्षेत्रमा करिब २५ प्रतिसत एसिएन मूल का मानिस बसोबास गर्छन l

संसदका उम्मेदवार बनेका तिवारी डेमोक्राटिक दलमा विभिन्न तहमा २००९ देखि नै सक्रिय रही काम गर्दै आएका छन भने उक्त क्षेत्रमा डेमोक्राटिक पार्टीका कोषाधक्ष्य भई काम गरि सकेका पनि छन् l उनले अमेरिकाका राष्ट्रपति बराक ओबामाको चुनावी प्रचार तथा प्रसारमा पनि सक्रिय रुपमा सहभागिता जनाएका थिए l

पेसाले तिवारी घर खरिद तथा बिक्रि अभिकर्ता हुन् भने हाल उत्तर अमेरिका नेपाली समुदायको कै जेष्ठ अमेरिका नेपाल सोसाईटीका वर्तमान अध्यक्ष पनि हुन् l यस बाहेक प्रिन्स विलिएम तथा लाउडन काउन्टी डेमोक्राटिक दलका सदस्य तथा डेमोक्राटिक एसिएन अमेरिकन अफ भर्जिनियाका सदस्य रहेका पनि छन् l गैर मुनाफा सामाजिक संस्था सोसल सर्भेंट अफ अमेरिकाका संस्थापक पनि हुन् l

सन् २००४ मा डिभी चिट्ठा कार्यक्रममा छनौट भै अमेरिका आएका तिवारी १ बर्ष न्युयोर्कमा बसी २००५ देखि नै भर्जिनियामा बसोबास गर्दै आउनु भएको छ l

तिवारी श्रीमती हिमाली तिवारी तथा ४ बर्षका छोरा आदर्श तिवारी तथा २ बर्ष कि छोरी अर्बिना तिवारी साथ भर्जिनियामा बस्नु हुन्छ l

आगामी जुन ९ ,२०१५ मा प्राथमिक एवं नोभेम्बरमा ३ ,२०१५ मा अन्तिम चरणको निर्वाचन हुनेछ l अमेरिकन सदनको लागि सभासदका उम्मेदवार तिवारीले पहिलो चरणमा बिजयी भए पछि मात्र नोवेम्बरमा हुने निर्वाचनमा रिपब्लिकनका प्रतिद्वन्दी संग चुनाब लड्नु पर्ने छ l

यो क्षेत्रमा दुई पटक रिपब्लिकन दलका लेबनानी-अमेरिकन डेविड रमादान बिजयी भएका छन् भने यो क्षेत्र केहि बर्ष अगाडी मात्र बनाईएको हो l

आफ्नो उम्मेदवारीमा तिवारीले शिक्षा ,स्वास्थ्य ,आवास ,आर्थिक विकास तथा विविधतालाई चुनावी मुद्दा बनाएका छन् ।

उनले आफ्नो आधिकारिक चुनावी वेब (संजाल ) तिवारी फर डेलीगेट डटकम (Tiwari for delegate.com )खोलि सकेका छन् l
rajeshdai
· Snapshot 14
Like · Liked by · 0
Kag lai bel pako harsa na bismat,
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 570
· Posts 6 · Viewed 619
· Posts 1 · Viewed 137
· Posts 1 · Viewed 74
· Posts 5 · Viewed 2432
· Posts 72 · Viewed 16083 · Likes 15
· Posts 1 · Viewed 156
· Posts 1 · Viewed 133
· Posts 16 · Viewed 2512 · Likes 3
· Posts 1 · Viewed 170



Your Banner Here
Travel Partners
Travel House Nepal