चरीको लास एमालेले उच्च सम्मान सहित भोली जलाउने - Sajha Mobile
SAJHA MOBILE
चरीको लास एमालेले उच्च सम्मान सहित भोली जलाउने
Posts 1 · Viewed 4340 · Go to Last Post
nepali guru
· Snapshot 0
Like · Likedby · 0
www.videokhabar.com
topnepalnews.com
६ भदौ, काठमाडौं ।

गुण्डागर्दीका नाइके दिनेश अधिकारी चरीको लास भोली जलाइने भएको छ । प्रहरीसँगको मुडभेडमा १८ दिन अघि मारिएका चरीको लास शिक्षण अस्पताल महराजगञ्जमा रहेको छ ।

चरीको लास भोलि १० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उनका दाजु धु्रव अधिकारीले बताएका छन् ।
प्रहरीले चरीको मृत्यु भएको समयमा उनले लगाएको कपडा प्रहरीले परिवारलाई उपलब्ध गराउने बताएपछि लास जलाउने भएको चरीका दाजु ध्रुवले बताए ।

चरी काठमाडौंको भीमढुंगा–६, नर्सरी भञ्ज्याङको ठूलो धारा भन्ने ठाउँमा साउन २१ गते साँझ ५ बजेतिर मारिएका थिए ।

हिजोमात्र सर्वोच्च अदालतले चरी हत्यामा हनुमानढोकालाई उजुरी नलिनुको कारण पेश गर्न भन्दै १५ दिनको समय तोकेर आदेश दिएको छ ।

मृत्यु भएका चरीका दाजु ध्रुवका अनुसार प्रहरी इन्काउन्टरमा मारिंदा चरीले लगाएको लुगा प्रहरीले डाक्टरलाई समेत उपलब्ध नगराई आफैंसँग राखेको थियो ।

यसैविच भोली एमालेमा युवा नेताको छवी समेत बनाएका गुण्डा नाईके चरीको दाहसंस्कारमा युवा दस्ता युवासंघले ठुलो र्याली सहित शव शिक्षण अस्पताल देखी पशुपती आर्यघाट लैजाने भएको छ ।

चरीलाई दागवत्ती दिने बेलामा एमालेका शिर्ष तहका नेता समेत पशुपती आर्यघाटमा आउनुका साथै उनको शवमा एमालेको झण्डा ओढाइने भएको युवासंघका एक केन्द्रिय सदस्यले जानकारी दिएका छन् ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 5 · Viewed 367
· Posts 16 · Viewed 929
· Posts 1 · Viewed 87
· Posts 28 · Viewed 5787 · Likes 2
· Posts 1 · Viewed 76
· Posts 1 · Viewed 75
· Posts 42 · Viewed 4978 · Likes 11
· Posts 1 · Viewed 89
· Posts 1 · Viewed 118
· Posts 1 · Viewed 107



Travel Partners
Travel House Nepal