प्रेस बिज्ञप्ति
अमेरिकामा बसोबास गर्दै आइरहेका नेपाली युवतीहरुलाई लक्षित गर्दै यो बर्ष पनि मिस नेपाल यु एस चौथो सस्करणको अन्तिम १५ जना सहभागीहरु छानिएका छन्। अमेरिकामा रहेको संथा इभेन्ट प्लानेट इंक ले नेपाली संथा इ-प्लानेट प्रा. लि. को सहकार्यमा, आउदो भाद्र १५ गते (August 23rd, 2014) न्युयोर्क को क़ुइन्स थिएटरमा कार्यक्रम आयोजना गर्न लागिरहेको छ।
अमेरिकाको विभिन्न राज्यहरुबाट आएको आबेदन हरु मध्ये छानिएका अन्तिम १५ सहभागी हरु ले आफ्नो व्यक्तित्व-विकास गर्दै कार्यक्रम मा आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन। सहभागी हरुले कार्यक्रम को बन्द-सत्र भित्र व्यक्तित्व विकास, नेपाली कला, सस्कृति तथा पर्यटन विकास, महिला शशक्तिकरण र अधिकार लगाएतका बिषयमा तालिम पाउनु का साथै नेपाल र नेपाली को लागि भावी जीवनमा आफुले गर्ने कार्ययोजना पनि निर्माण गर्नेछन।
आयोजक संथाका सदस्य निराकर उप्रेतीका अनुसार युवा शशक्तिकरण र नेपाल को मूल प्रबर्धन नारा को साथ आयोजना गर्न लागिएको यस कार्यक्रममा नेपाली कला, सस्कृति, भाषा र पर्यटन को प्रबर्धन गर्नु का साथै बौद्धिक सुन्दरतालाई बढावा दिइनेछ। सहभागी हरुले नेपाली युवा/युवती को प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय जगतमा नेपाल लाई चिनाउन प्रयत्नरत रहनेछन। कार्यक्रममा निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ भने निर्णायेकको अन्तिम निर्णय लाई पारदर्शिता अपनाउनको लागि लाइसेन्स प्राप्त सिपीए राखिने छ।
आयोजक संथा र मिस नेपाल यु यस परिवार सबै सहभागी, अभिभावक, प्रायोजक, संचार मfध्यम लगाएत का सबै लाई निरन्तर साथ र सहयोग को लागि आभारी छौ। साथै आगामी दिनहरुमा पनि सदाझै निरन्तर माया, सहयोग, सुझाभ र सल्लाहले यो बर्ष पनि अझै बृहत कार्यक्रम आयोजना गर्न सहयोग पुग्नेछ भन्ने आशाबादी छौ ।
मिस नेपाल अमेरिका पहिलो पल्ट सन् २०११ मा अमेरिकाको न्युयोर्कमा सम्पन्न भएको थियो! पहिलो मिस नेपाल अमेरिका सुजिता बस्नेत हुन् । त्यसपछि दोस्रो संस्करण सन् २०१२ मा वासिंटन डि सी मा र तेस्रो संस्करण न्युयोर्क मा सन् २०१३ मा सम्पन्न भएको थियो र आस्था श्रेष्ठ र बर्तिका राइ क्रमश बिजेता भएका थिए।
थप जानकारी को लागि कृपया सम्पर्क गर्नु होला।
धन्यवाद।
Anita Pathak
Event/Participant Manager
Miss Nepal US
Ph: +1 (720) 412-9095
Email: info@missnepalus.com
www.missnepalus.com