ट्रक साहित्य - Sajha Mobile
SAJHA MOBILE
ट्रक साहित्य
Posts 11 · Viewed 10426 · Likes 7 · Go to Last Post
Fuel Tank
· Snapshot 0
Like · Likedby · 1
नेपालका ट्रक हरुमा देखिने सायरी र कविताका अंश हरुलाई एउटै धागोमा राख्न यो धागो बनाए कसो होला ? 
ल है एउटा शुरुवाती सायरी 

न सालीको प्यार, न बिबिको प्यार
ड्राईभरको जिन्दगी यस्तै रैछ यार  
aspirenepal
· Snapshot 49
Like · Liked by · 0
Here are Some :

मानिस ठुलो दिल ले हुन्छ जातले हुँदैन
ड्राइभरको स्वास्नी धेरै नै हुन्छ खलाशी को हुँदैन !

रिल्याक्सको जिन्दगी गाडीको बास
एक्लो छ जिन्दगी प्रेमिकाको आश !


फूलमा राम्रो कमल बास्ना लियी राख्नु
बाटोमा हिडदा नबोले पनि लेटर पठाइ राख्नु !


जिन्दगी हाम्रो काल रहेछ थाहै भएन
तिमी जस्तो तरुनी कती आए कती गये, बालै भएन !

कस्तो फूल रोजेछु मैले टिप्नै नपायी ओइलाई जाने
कस्तो माया लाएछु मैले बोल्नै नपाइ पोइला जाने !

रक्सीको झोकमा भाउन्न, झोकमा स्वास्नि कुट्यो लठ्ठीले
गर्नु सम्म गर्यो यो देशलाई ,जाड, रक्सी अनी भट्टिले !

गरीब थिए गरीबनै छु ,धनी केटा तिमीले भेटायौ
मायालाई धन सँग साट्नु थियो भने, म सँग बैंसको प्यास किन मेटायौ !

ब्रेक लगाउदा गाडी रोकिन्छ ,
कन्डम लगाउदा एड्स रोकिन्छ !

राम जनममे दुध मिला, कृष्ण जनममे घी
इश जनममे शराब मिला सोच समझकर पि !

एउटा टेम्पॊ साहित्य !!

खालि हात लिएर आयेउ, खालि हात लिएर जाउ
आफ्नै प्रियसी भएपनि ,भाडा चै दिएर जाउ !!
Fuel Tank
· Snapshot 91
Like · Liked by · 0
हाहाहा। सही मन पर्यो सबै । ईस्पेसल्ली त्यो जिन्दगी हाम्रो काल रैछ थाहै भएन भन्ने चाहिं :) धन्यबाद ।
Fuel Tank
· Snapshot 281
Like · Liked by · 2
हिलो भनि नहेप प्रिय, त्यहाँ कमलको फुल फुल्न सक्छ
खलासी भनि नहेप प्रिय एकदिन ड्राईभर पनि हुन सक्छ
paradox
· Snapshot 430
Like · Liked by · 2
पलटकर देख्ले जालिम तमन्ना हम भी रखते हैं ! 2
खुदा ने दो बल्ब क्या दिया एक मर्करी हम भी रखते है !!
paradox
· Snapshot 431
Like · Liked by · 0
कोहि भन्छन गजडी को गफ हो जिन्दगि ! २
कोहि भन्छन बिज्गनित को रफ हो जिन्दगि !

प्रेमिका भन्छिन कानमा लाउने टप हो जिन्दगि! 2
म त भन्छु खुर्सानीको चप हो जिन्दगि !!!!
daum
· Snapshot 445
Like · Liked by · 1



Fuel Tank
· Snapshot 489
Like · Liked by · 0
चौतारीमा भरिया दाईले भारी बीसाउने
ड्राईभरलाई मात्र हेर्दा नानी खलासी रिसाउने
daum
· Snapshot 585
Like · Liked by · 0
NO HORN PLEASE !
tinthana
· Snapshot 665
Like · Liked by · 0
Ma gadha truck ko hood ma chad dai chu
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12798 · Likes 1
· Posts 7 · Viewed 4288 · Likes 1
· Posts 1 · Viewed 1175
· Posts 1 · Viewed 1197
· Posts 1 · Viewed 1092
· Posts 1 · Viewed 1177
· Posts 1 · Viewed 1135
· Posts 21 · Viewed 10546 · Likes 1
· Posts 3 · Viewed 2792
· Posts 5 · Viewed 7997 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal