सिकेलाल - 'नेपाली' भाषा अंग्रेजले गोर्खाली सिपाहीका लागि बनाइदिएका - Sajha Mobile
SAJHA MOBILE
सिकेलाल - 'नेपाली' भाषा अंग्रेजले गोर्खाली सिपाहीका लागि बनाइदिएका
Posts 7 · Viewed 8440 · Likes 1 · Go to Last Post
Shantipriya
· Snapshot 0
Like · Likedby · 0
It scares me so called intellectuals are cooking this kind of conspiracy. Those who were/are fan of Mr.Lal share your thoughts too.
http://setopati.com/bichar/10282/

'नेपाली' भाषा अंग्रेजले गोर्खाली सिपाहीका लागि बनाइदिएका
सिकेलाल

नेपालको राष्ट्रियता अब रहन सक्दैन, 'आउटडेटेड' भइसक्यो
विगतलाई हेर्ने हो भने जनकपुर सधै–सधै एउटा बैकल्पिक धारको केन्द्र रहँदै आएको देखिन्छ। देशमा जहिले राजतन्त्र थियो, यसले काठमाडौं र वीरगञ्जलाई समातेर बसेको थियो।

अर्कोतर्फ संबैधानिक राजतन्त्र विराटनगर र नेपालगञ्जलाई समातेर बसिरह्यो। तर एउटै सिक्काका दुई पाटा भनेजस्तै–राजतन्त्रका प्रमुख राजा र संवैधानिक राजतन्त्रका प्रमुख कोइराला परिबार भए।

एउटा रोयल किङ, अर्को पव्लिक किङ/नक्कली राजा जस्तो। यस्तो समयमा पनि जनकपुर त्यसबाट अलग बैकल्पिक राजनीतिको केन्द्र रहयो र गान्धीबादी गणतन्त्रको कुरा गरिरहयो।

कांङ्ग्रेसका सरोज कोइराला गणतान्त्रिक धारका व्यक्ति थिए भने महेन्द्रनारायण निधि थिए गान्धीबादी धारका व्यक्ति।

यस प्रकार जनकपुर सदैव एउटा विकल्पको रुपमा रहँदै आएको थियो। तर अहिले जनकपुर कुनै विकल्प दिने अवस्थामा छैन। जता–जता देश जान्छ, उतै उतै दौडिरहेको छ जनकपुर।

देश राजतन्त्रबाट गणतन्त्र भयो। जनताले काठमाडौंमा झण्डा फहराए अनि बल्ल जनकपुर गणतन्त्रवादी भयो।

यसको बैकल्पिक धार अगाडि लैजानु पर्ने थियो, तर त्यसो भएन। यस्तोमा सात सय वर्षको इतिहासलाई छाडेर पचास बर्षको साधारण समीक्षा गर्नु जरुरी छ।
...
मलाई एउटा पुरानो किताबको संझना आइरहेको छ। त्यो किताव चन्द्र शमशेर र भीम शमशेरका हजुरिया राममणि आचार्य दीक्षितले सन् १९०७/०८ तिर बनारसमा लेखेका थिए।

कितावमा उनले लेखेका छन्– जसरी हिन्दीको चलनचल्ती रहे पनि मैथिलीको आफनो स्वतन्त्र अस्तित्व छ, त्यसरी नै नेपालीको पनि स्वतन्त्र अस्तित्व कायम होस भन्ने मेरो ठूलो चाहना छ। एक सय वर्ष अघि नेपाली राज्यसत्तासँग जोडिएको एक प्रभुत्वशाली व्यक्तिले मैथिली जस्तै स्वतन्त्र अस्तित्व नेपालीको पनि भइदिएको भए कस्तो हुन्थ्यो भन्ने सपना देख्नु आफैमा निकै महत्वपूर्ण कुरा हो। यो कुरा जव मैले त्यस कितावमा पढें, त्यस पानाबाट अगाडी मैले पढ्नै
सकिनँ। आज सय बर्षपछि आएर अहिले मैथिली र नेपालीको अवस्था सोझै उल्टो भएको छ। अङ्ग्रेजीमा एउटा भनाई छ, करप्सन अफ द सोसाइटी स्टार्टस् विथ द करप्सन अफ ल्याङ्ग्वेज अर्थात भ्रष्टाचारको सुरुआत समाजमा भाषिक भ्रष्टाचारबाट हुन्छ।

भाषामा भ्रष्टाचार छ भने समाज र व्यक्ति सदाचारी हुनै सक्दैन। विचारको सफाई भाषाको सफाईबाट सुरु हुन्छ। भारतकै उदाहरण लिने हो भने कन्नडभाषी संसारको सूचना प्रविधिका लीडर मानिन्छन्।

भारतमा शतप्रतिसत साक्षरता मलयालम भाषीको हुनुको पछाडि के कारण छ? संस्कृतिसम्बन्धी सबैभन्दा धेरै काम तमिलनाडुमा हुनुको के कारण होला? संसारमा सबैभन्दा ठूल्ठूला हीरा व्यापारी गुजरातीहरु हुनुको के कारण हो? नोवेल
पुरस्कार विजेता भारतीयमा वङ्गालीहरु नै किन छन्? सबैभन्दा उग्रलडाकु भारतीयमा महाराष्ट्रका मराठीहरु नै हुनुको पछाडि के कारण छ? र त्यहाँ धर्म, जाति र जातीयताको नाममा लडाइँ भइरहनुको पछाडि के कारण होला? भारतीय महाद्विपको नेतृत्व गर्ने हिन्दीभाषी क्षेत्र त्यस्ता कार्यमा किन अग्रणी छैन?

यसको कारण हो– ती ठाउँमा कृत्रिम भाषीहरुको बसोबास रहनु। ती ठाउँका पूर्वी, गढबाली, भ्ोजपुरी, मैथिली भाषाहरु भ््कण्डै झण्डै लुप्त भइसके। जसको आफनो भाषा नै छैन, त्यसले के नेतृत्व गर्न सक्छ? कसैले आफनो भाषा राम्ररी जान्दैन भने त्यसले अङ्ग्रेजी र हिन्दीमा पनि राम्रो पकड बनाउन सक्दैन। नेपाली वा हिन्दी अथवा अङ्ग्रेजी बोल्न वा लेख्नका लागि आफनो मातृभाषामा राम्रो दक्खल हुनु आवश्यक छ।

मानौ–भालि एक मधेश एक प्रदेश भयो र परमानन्द झा हावी भए भने हिन्दी वा गिरिजाप्रसाद हावी भए भने नेपाली नै त्यस ठाउँको भाषा हुन सक्छ। अथवा हिमालयदेखि मधेशसम्म पाँचवटा प्रदेश बन्यो भने निश्चय पनि त्यहाँ नेपाली भाषाकै प्रभुत्व रहन्छ।

कुनै पनि स्थितिमा हाम्रो आफनो भाषा अगाडि रहेन भने विचारको अग्रसरता पनि रहँदैन। तसर्थ हामीले विचारको गरीवी हटाउने हो भने भाषाबारे काम गर्नै पर्छ।

...

सन् १८५७ को सिपाही विद्रोहपछि बङ्गाली, बिहारी, उडिया र पूर्वी सिपाहीहरुबाट अङ्ग्रेजहरुको विश्वास घटेको थियो।

उनीहरुको दिमागमा यी सिपाहीले कुनै पनि बेला धोखा दिन सक्छन् भन्ने कुरा बसिसकेको थियो। एकपटक गाईको मासु, सुँगुरको मासुको कार्तुस बनाएको भन्ने आरोपमा उनीहरुले अंग्रेजसँग लडाई गरिसकेका थिए।

त्यस लडाइँमा अंग्रेजहरुलाई शिख र गोर्खाले सहयोग गरेका थिए। शिखहरु धर्मात्मा हुन्छन्। उनीहरु अनावश्यक आक्रमण गर्दैनन्। त्यसैले अग्रेजहरुको ठम्याई के थियो भने शिखहरुले प्रतिरक्षाका लागि भलै हामीलाई सहयोग गरुन, तर आक्रमणका लागि भने हाम्रा विश्वासपात्र गोर्खालीहरु म्ात्र हुन सक्दछन्।

गोर्खामा पनि अनेक गोर्खालीहरु थिए। जस्तो राई गोर्खाली, गुरुङ गोर्खाली, मगर गोर्खाली, आदि। तिनीहरु सबैलाई कसरी एक बनाउन सकिन्छ भन्ने विषयमा अङ्ग्रेजहरु सोच्न थाले। यसै योजना अन्तर्गत उनीहरुले एउटा भाषाको विकास गरे, जो अहिलेको नेपाली भाषा हो। त्यसबेला यसलाई गोर्खाली भाषा भनिन्थ्यो।

यो नेपाली भाषाको आविष्कार नेपाल आफैले गरेको होइन। यो अङग्रेजहरुले गोर्खाली सिपाहीहरुका लागि भाषाको रुपमा तयार पारिदिएका हुन्। जसलाई नेपाली भाषा भनिन्छ। त्यहो हो–ए,बी,सी,डी नेपाली भाषा।

ए–आसाममा बस्ने नेपाली मूलका मानिस, बी–बनारसमा बस्ने पुरोहितहरु, सी–कलकत्तामा रहेका नेपाली मूलका नेवार व्यापारीहरु र डी–दार्जिलिङमा बस्ने अङ्ग्रेजद्वारा सिकाइएका शिक्षक वकिलहरु।
...

'नेपाली हामी रहौंला कहाँ नेपालै नरहे!' यो सुन्दा निकै मीठो लाग्छ, तर यसको गुढार्थ त्यति सोझो छैन। यसम 'नेपाली' नेपालमा बस्नेहरुलाई भनिएको होइन।

यसमा वर्णित नेपाली भन्नाले नेपाली भाषी, हिन्दू धर्म, नेपाली संस्कृती मान्ने, वीर गोर्खाली जाती भन्ने हुन्।

ती भुटानबाट आएका भए पनि उसको देश नेपाल, बर्माबाट आए पनि उसको देश नेपाल। किनभने नेपालीमा एउटा गीत छ– जहाँ रहे पनि, जहाँ बसे पनि यो मन त मेरो नेपाली हो।
...

मन्त्री एवम् वीरगन्जकी सभासद करिमा बेगमले सीडिओमाथि हात उठाउनु पर्‍यो। हात उठाउने अवस्था कसरी आउँछ? जब कसैलाई आफ्नो कुरा सुनिएको छैन भन्ने लाग्छ अनि हात उठ्न पुग्छ। करिमा बेगममा कुनै ज्ञान नभएको भए वा कुनै शक्ति नभएको भए उनी जनताबाट निर्वाचित भएर संविधानसभाको सदस्य बन्न सक्ने थिइनन्।

पुरुषप्रधान समाजमा एउटी मुस्लीम महिला निर्वाचित भइ संविधानसभाको सभासदसम्म भइन् भने त्यसको मतलव हो- उनीभित्र ज्ञानको भण्डार छ।

...

मधेशवादी दलहरु प्रत्यक्ष वा परोक्ष रुपले भारतसँग नजिक हुँदा उनीहरुमाथि भारतको पिछलग्गु भएको आरोप लाग्ने गर्छ। तर यही काम अन्य पार्टीले गर्दा उनीहरुमाथि कुनै आरोप लाग्दैन। यसको कारण के हो भने भारत पहाडी पार्टीहरु आलोचित भएको हेर्न चाहँदैन।

यसैकारण भारतको मुख्य प्राथमिकतामा पहाडीय समुदाय छन्, न कि मधेशी समुदाय। भारतको सेना, प्रहरी इण्डष्टियल सेक्युरिटी फोर्स, बोर्डर सेक्युरिटी फोर्स आदिमा गरि करीब दुई लाख नेपाली भारतको सुरक्षा बलमा छन्, जसमा भारतको सम्पूर्ण सुरक्षा व्यवस्था टिकेको छ।

भारतीय राष्ट्रपतिको सुरक्षा गार्ड होस् वा विपक्षी दलका नेता लालकृष्ण आडवाणीको ड्राइभर होस् वा आर्मी चिफको गार्ड होस्–सबैमा नेपालका पहाडी नै छन्, मधेशी छैनन्।

भारत ती पहाडी समुदायलाई कुनै पनि हालतमा इरिटेट गर्न चाहन्न। केहि दिएर होस्, केही लिएर होस्, डराएर वा धम्काएर होस् वा जसरि होस् उनीहरुलाई मिलाएर राख्न चाहन्छ।

भारतको सत्तालाई मधेशीसँग केही लिनुदिनु छैन, त्यसैले पहाडीले जति गाली गरे पनि उसलाई केही गर्दैछ, तर मधेशीले अलिकति चाइँचुइँ गर्‍यो की उनीहरुलाई बदनाम गर्न अघि सर्छ भारतको सत्ता। मधेशीहरुले अहिलेसम्म आफ्नो मूल्य बढाउन सकेका छैनन्।
...

'नेपाली' भनेर नेपालको राष्ट्रियता अब रहन सक्दैन। यो आउटडेटेड भइसक्यो। अब 'नेपालीय' भन्नुपर्ने हुन्छ राष्ट्रियताको हिसाबले।

नेपालीय भनेपछि नेपालको राष्ट्रियता नेपालको संस्कृतिभन्दा बढी नेपालको माटोसँग जोडिन्छ। यति भएपछि 'जहाँ रहे पनि, जे गरे पनि मत त मेरो नेपाली हो' भन्नुको अर्थ हराउँछ। त्यसपछि नेपालमा जो छ, यहाँको माटोप्रति, हावा–पानीप्रति जो समर्पित छ, त्यस नेपालीको, नेपालीय राष्ट्रियताको कुरा आउँछ।

राष्ट्रियता सबैभन्दा बढि गरिबको हुने गर्दछ। धनीलाई राष्ट्रियता त्यति जरुरी हुँदैन। किनभने उनीहरु जहाँ गएर पनि राष्ट्रियता किन्न सक्छन्। सिपाहीमा भर्ती भएर मर्न जान्छन् तीनै गरिब, जसलाई राष्ट्रले केहि दिँदैन, तर राष्ट्रियता तिनैलाई चाहिन्छ।

वारुणयन्त्रमा काम गर्दा आफ्नो ज्यान हत्केलामा राखेर आगोबाट अर्काको जीउधन जोगाउने तिनै गरीब। गरीबका लागि सबैभन्दा ठूलो राष्ट्रियता हुन्छ। यद्यपी गरीबले राष्ट्रियताबाट केहि पाँदैन। पाए पनि एकमदम थोर्र मात्र पाउँछ। तर त्यसका लागि गरीब ज्यान फालेर लागेको हुन्छ।
...

राष्ट्रवाद र राष्ट्रियताबीच फरक छ। राष्ट्रवाद एउटा नकारात्मक भाव हो। राष्ट्रवादका लागि एउटा दुश्मन चाहिन्छ। बिना दुश्मनको राष्ट्रवाद हुँदैन।

जर्मनीको राष्ट्रवाद बुझाउन हिटरले भन्नुपर्‍यो– फ्रान्स हाम्रो दुश्मन हो, इङ्ल्याण्ड हाम्रो दुश्मन हो।

फ्रान्सको राष्ट्रवाद इङ्ल्याण्डको विरोधमा उत्पन्न भएको हो। जापानको राष्ट्रवाद चीनको विरोधमा जन्मेको हो। यसप्रकार कुनै पनि राष्ट्रवादको नाम लिँदा एउटा विरोधी चाहिन्छ–चाहिन्छ।

अमेरिकालाई आफ्नो राष्ट्रवादको लागि सोभियन रुस रहुञ्जेल सजिलो थियो। तर सोभियत संघ समाप्त भएपछ उसले नयाँ दुश्मन खडा गरेको छ, जसलाई इस्लामिक टेरोरिजम भनिएको छ। यद्यपी कुनै पनि धर्म आतङ्कवाद हुनै सक्दैन। तर अमेरिकालाई एउटा काल्पनिक शक्ति चाहिन्छ। किनभने त्यो राष्ट्रवादमा आधारित देश बनिसकेको छ र शत्रुबिनाको राष्ट्रवाद हुन सक्दैन।

भारतले राष्ट्रवादका लागि पाकिस्तानलाई शत्रुको रुपमा खडा गरेको छ। चीन शक्तिसाली भएकाले उसलाई खुल्लम–खुल्ला शत्रु भन्दैन।

राष्ट्रवादमा शत्रुको भूमिका अनिवार्य हुने हुनाले नेपाललाई यस सम्बन्धमा समस्या छ। नेपालले भारत, चीन र अमेरिकामध्ये कुनै एक छिमेकीलाई शत्रु बनाउनुपर्ने हुन्छ। तर हरेक अवस्थामा घाटा नेपाललाई नै छ।

किनभने कुभिण्डामा खुकुरी हाने पनि खुकुरीमा कुभिण्डो बजारे पनि काटिनुपर्ने त आखिर कुभिण्डोले नै हो।

(नेपाल मधेश फाउण्डेसन र तराई मानव अधिकार रक्षक सञ्जालले हालै प्रकाशित गरेको लालको 'मिथिला मन्थन' को पुस्तक अंश)
_____
· Snapshot 158
Like · Liked by · 1

सी के लाल जस्तो तथाकथित शोघोषित बुध्हिजीबी हरु एक ठाम बाट एउटा विचार लिएर तेस्लाई तोडमरोड गरेर त्यो विचार लै आफु लाई मन नपर्ने हरु बिरुध्हा प्रयोग गर्न खप्पिस छन्. उनीहरुलाई जसरि हुन्छ जे गरेर हुन्छ नेपाली हरु लाई एक अर्का को बिरुध्ह उभ्याउन पाए पुग्यॊ .

जसलाई इतिहास को जानकारी कम छ तेस्ता बेक्ती को लागि त सी के लाल को विचार नौलो लाग्दो होला , बिचार्तेज्जक पनि लाग्दो होला, अध्यनशिल बेक्ती ले तुरुन्तै थाहा पाई हाल्छ कि उक्त विचार कहाँ बाट सापट लिएको हो र र उक्त सापट लिएको विचार नेपाली भाषा को सन्दर्भ मा किन मिल्दैन भनेर

सी के लाल को लेख हरु पढ्दा के थाहा पैन्छा भने तिनी टन्न अध्यन गर्छन, पेश ले इन्जिनीर भएपनि सामाजिक छेत्र मा उनको रुचि छ त्यो राम्रो कुरा हो. पढेर विचार सापट लिञ्चन, त्यो पनि पचाउन सकिन्छ
तेसरी सापट लिएको बिचर नमिले पानि जबर्जस्ती कु ठाम मा प्रयोग गर्छन त्यो पनि आफ्नो देश को एउटा भाषा को बिरुध्ह मा, यो च्घी अपच्य्ये हुन्छ र बुध्हुजीबी भ्नाउन चाहने लाई सुहाउने कुरा पनि होइन


कहाँ बाट सापट लिएको ?

नेपाली भाषा सम्बन्धि उक्त विचार उर्दु भाषा को बिकाश को मिथ बाट सापट लिएका हुन्, उर्दु भाषा लाई तेसै भनिन्छ, मोहम्मद गजनी Mahmud of Ghazni (Persian: محمود غَزنوی‎ / Maḥmūd-e Ġaznawī; 2 November 971 – 30 April 1030), was the most prominent ruler of the Ghaznavid Empire. In the name of Islam, he conquered the eastern Iranian lands and the northwestern Indian subcontinent from 997 to his death in 1030.

मुघल हरु जो चंगेज ख का बंसज हुन्, ले पनि अफगानिस्तान, भारत र इरान का धेरै छेत्र हरु लाई मिलाएर साम्राज्य बनाए तिनी हरु को सैनिक मा अफगानिस्तानी, भारतीय (हिन्दुस्तानी भाषा बोल्ने) र इरानी हरु थिए, इ विभिन्न सैनिक बीच संचार को लागि विकास उर्दु भाषा को विकास गरिएको भन्ने मिथ छ .

As Mongol hordes swept across Central Asia in the Middle Ages, a new word developed in several languages. The Mongol military camp was known in Turkish as ordo, is a Turkic word meaning Lashkar (Army), in English as horde and in Tatar as Urdu. The descendants of the Mongols, the Mughals, settled in the subcontinent where they became one of the world's most renowned patrons of beautiful art and architecture. Their royal encampments retained the Tatar word, Urdu, which became the word for the language spoken in the military camp. Since this language had been used by the Army in Mughal Era it had been given the name Urdu.

Mainly, words used in Urdu are from Persian, Arabic and Sanskrit. However the origin of this language itself pre-dates the Mughals.

The present notion among Muslims about this dispute is that Hindus abandoned Urdu Language, whereas Hindus believe that Urdu was artificially created during Muslim rule.


आब सी के लाल जस्तो पढ्ने मान्छे लाई यो कुरा थाहा नहुने कुरै भएन, उनले यो कुरा पढे , उनक खुराफाती दिमाग मा यो कुरा नेपाली भाषा को बिरुध्हा मा प्रयोग गर्ने आईडिया आइहाल्यो र गरे


किन मिल्दैन

अब मुगल हरु लाई त उर्दु बिकाश गर्नु थियो किन भने उनुहरु आफै पर्सियन , अरबिक र संस्कृत भाषा को मिक्स्चर प्रयोग गर्थे, उनीहरु को सेना मा विभिन्न भाषा बोने हरु थिए तेसकारण स्क्रिप्ट Arab संग मिल्ने, लेख्ने तरिका एउटा संग मिल्ने (अरबिक संग दाहिने बाट) र बोलि त्यो बेला को हिन्दुस्तानी भाषा संग ( हिन्दि होइन) \.

तर अंग्रेज हरु लाई तेस्तो थिएन उनीहरु आली आली हिउन्दि बोल्ने तेसकारण नेपाली लाई पनि हिन्दि सिक भन्न सक्थे ( जुन नेपाली संग मिल्दो जुल्दोई छ) तेसकारण विभिन्न भाषा बोल्ने नेपाली हरु बीच एक आपस मा बोल्न को लागि नेपाली नै जरुरि थिएन हिन्दि ले मज्जा ले काम चल्न सख्त्यो

फेरी उनीहरुले हिन्दि बुझ्ने, नेपाली हरु को immediate बोस इन्डियन पनि हुने गर्थ्यो उसले पनि हिन्दि बोले सजिलै बुझ्ने किन नेपाली बोल्न लगाएर झन्झट लिने? फेरी नेपाली हरु ले हिन्दि बोल्ने थाले उनीहरु एक अपस मा के कुरा गरि रहेछन भनेर जासुसी गर्न पनि सजिलो, किन आफुले नबुझ्ने भाषा ( हिन्दि को तुलना मा) बोल्न लगाउँथ?

फेरी सी के लाल ले अर्को के कुरा पनि बिर्से भने सुरु सुरु का वर्षा मा ब्रिटिश फौज मा बाहुन, छेत्री र नेवार हरु पनि हुन्थे , प्रथम बिस्वो युध्ह मा इटाली, फ्रान्स बेल्जियम मा मर्ने नेपाली हरु को नाम पढे प्रस्ट हुन्छ , राइ, लिम्बु, गुरुङ मगर हरु धेरै भर्ना भए को दोस्रो बिस्वो युध्ह सुरु भन्दा अगाडी देखि हो


सी के लाल जस्ता ले नै हो नेपाल मा गलत इतिहास ले प्रस्राए पाएको





Last edited: 12-Apr-14 07:07 PM
ashishme
· Snapshot 376
Like · Liked by · 0
ck lal जस्तो साच्चो बुद्दिजिबि नेपाललाई चाहिन्छ
_____
· Snapshot 469
Like · Liked by · 0
नेपाली भाषाको लिखित इतिहास नै १०३२ वर्ष पुरानो छ


नेपाली भाषाको इतिहासको कुरा गर्ने हो भने आजभन्दा १०३२ वर्षअघि भूपाल दामुपालको समयको दुल्लु शिलालेख नै हाम्रो अहिलेसम्म भेटिएको प्राचीन दस्तावेज हो। यो बिक्रम सम्वत १०३८ को हो। यसमा लेखिएको छ–
 
ओ... (मणि?) पद्मे हुँ।... दामुपाल भुपाल रेख भई। किष्णु अडैको भाइ सउंपाल अडै सा (के?) ९०३।
 
दामुपाल पुण्य मल्लका पूर्वज आदि पालका नातेदार कत्युरी नरेश हुन्। रेख भनेको सीमाङि्कत रेखाकंन हो। अडै एक प्राचीन उच्च पदवी हो भने सउंपाल भनेको सोमपाल हो।
 
अहिलेसम्म भेटिएकै नेपाली भाषाको सबैभन्दा पुरानो लिखित इतिहास नै १०३२ वर्ष पुरानो छ भने बोलीचालीका भाषाका रुपमा कति लामो समयदेखि यो समाजमा फैलँदै आएको थियो होला भन्ने हामी यसबाटै अनुमान लगाउन सक्छौँ।
 
बोलीचालीको भाषाका रुपमा नेपाली भाषा धेरै पहिलेदेखि समाजमा रहँदै आए पनि संस्कृत सुसंस्कृत भाषा मानिने भएकाले लेख्य रुपमा भने लामो समयसम्म संस्कृत भाषाकै प्रधानता थियो।
 
म पुतलीसडकमा बस्छु। मेरो घरनजिकैको शंकरदेव क्याम्पस शंकरदेव पन्तले स्थापना गरेका हुन्। त्यस्तै यदुनाथ खनाल नेपालका ठूला कुटनीतिज्ञ हुन्। तर, रामप्रसाद मानन्धरको नाम पन्त वा खनालको भन्दा ठूलो मानिन्थ्यो। धेरैजनाले मानन्धरकै नाम बढी सुनेका छन्।
 
मानन्धर टेनिसनको जस्तो मीठो अंग्रेजीमा कविता वाचन गर्नसक्थे। अंग्रेजी मीठोसँग बोल्ने भएरै उनलाई धेरैले चिन्थे।
 
अंग्रेजी वा संस्कृतमा लेख्नु वा बोल्नुलाई ठूलो मान्ने चलन समाजमा अहिलेसम्म पनि छँदैछ। त्यसैले पनि नेपाली हाम्रो समाजको बोलीचालीको भाषा नै बढी थियो। भानुभक्त आचार्यले बाल्मिकीको रामायण नेपाली भाषामा अनुवाद गरेर घरघर पुर्‍याएपछि नै नेपाली भाषा लेख्य रुपमा बढी प्रयोग हुन थालेको हो। तर, त्योभन्दा कयौँ वर्षअघि नै, आजभन्दा हजार वर्षअघि नै नेपाली भाषामा आयुर्वेदको जानकारी भएको लेख 'बाज परीक्षा' शीर्षकमा भाषाशास्त्री बालकृष्ण पोखरेलको किताब 'पाँच सय वर्ष'मा जोकोहीले हेर्न/पढ्न सक्छ।
 
भाषाशास्त्री तारानाथ शर्मा नेपाली भाषालाई तीनजनाले बिगारेका हुन् भन्छन्। उनको भनाइमा ईश्वर बराल, इन्द्रबहादुर राई र अर्को एकजनाले नेपाली भाषाको रुप बिगार्न सुरु गरेका हुन्।
 
मेरो विचारमा नेपाली भाषा बिगार्ने काम विश्वराज आत्रेय र पुर्णप्रकाश नेपाल 'यात्री'ले पनि गरेका हुन्। उनीहरुले भाषामा लालित्य थप्ने निहुँमा तथ्यलाई नै चलाइदिए जसले भाषा बिगार्यो।
 
नेपाली समाजमा धेरै लामो समयदेखि, हजारौँ वर्षदेखि प्रचलनमा रहेको नेपाली भाषाबाट कयौं शब्द संस्कृत भाषामा गएका छन्। जसरी ४ सय तमिल शब्द संस्कृत भाषामा मिसिएर संस्कृतलाई अझ समुन्नत भाषा बनाएका छन्, त्यसैगरी पनि नेपाली भाषाबाट पनि थुप्रै शब्द संस्कृतमा गएका छन्। यसको अनुसन्धान र गहिरो खोज हुन आवश्यक छ।
 
अहिले नेपाली भाषामा एक देखि सवा लाख शब्दहरु छन्। यदि एउटै शब्दको अनुसन्धान गर्दै गयौँ भने ठेलीका ठेली किताब बन्छन्।
 
एउटा शब्द एउटा भाषामा थपिनु नै ठूलो घटना हो, ठूलो प्रक्रिया हो त्यो, अझ एउटा भाषा निर्माणको प्रक्रिया कति बृहत र ठूलो हुन्छ भन्ने यो सानो लेखमा बुझाउन सकिँदैन।
 
समीको रुख नेपाल र भारतमा मात्र पाइन्छ। समीको रुखमा हुने शारीरिक प्रतिक्रियाबाटै जन्मेका हजारवटा क्रिया छन्। यसरी नै बुझ्न सकिन्छ, नेपाल र भारतबाटै व्याकरणलाई हजारवटा क्रियापद प्राप्त भएका छन्।
 
भानुभक्तको रामायणभन्दा धेरै अगाडि नेपाली भाषाको स्तर र गुण निकै परिष्कृत र माझिएको थियो तर यसबारे अझै राम्रोसँग अनुसन्धान हुन सकेको छैन। जंगबहादुर राणाका भाइ कमाण्डर इन चिफ कृष्णबहादुर राणाको सहयोगमा रामायण छापिएको कारण पनि यो धेरैको पहुँचमा पुग्न सकेको हो।
 
नेपाली भाषालाई दलितहरुले सम्बृद्ध गरेका हुन्। यसको जस दलितहरुलाई दिनैपर्छ। सीमित समुदायमा रहेको नेपाली भाषालाई देशभरि फैल्याउने काम दलितहरुले नै गरेका हुन्। फलामको काम गर्न वा लुगा सिलाउन राईलिम्बु वा अन्य समाजमा दलितको प्रवेशसँगै नेपाली भाषाले पनि त्यहाँ विस्तार पायो। यो तथ्य समाजशास्त्री जगमान गुरुङले आफ्नो लेखमा उल्लेख गरेका छन्।
 
नेपालमा तीनवटा सभ्यता छन्। एउटा जीवित र चलायमान नेवारहरुको सभ्यता। अर्को खसहरुको अर्धमृत सभ्यता। तेस्रो मैथिल मृत सभ्यता।
 
नेपालमा भएका अन्य जातजाति, समुदाय भने कुनै सभ्यता होइनन्। यी त मात्र संस्कृति हुन्।
 
'मैथिल' बिक्रमको पन्ध्रौँ शताब्दीदेखि विकास भएको भाषा हो। ज्योतिश्वर ठाकुरको 'वर्णरत्नाकर' नै मैथिल भाषाको अहिलेसम्म भेटिएको पुरानो लिखित दस्तावेज हो जसको इतिहास आजभन्दा करिब ५ सय वर्षअघिको छ।
 
मैथिल महाकवि विद्यापतिले लेखेका करिब हजारवटा गीतहरुमध्ये केहीमात्र पढ्ने हो भने थाहा हुन्छ, कति सम्पन्न, कति सभ्य र सुसंस्कृत छ यो भाषा।
 
छिमेकी भारतको लोकप्रिय हिन्दी भाषालाई 'खडीबोली' भनिन्थ्यो। यसको इतिहास धेरै पुरानो छैन। यो भाषा करिब २ सय वर्षयतामात्र विकास भएको हो। हिन्दी भाषा धेरै जनसंख्या भएका भारतका राज्यहरु उत्तर प्रदेश, मध्य प्रदेश, बिहारमा बढी प्रचलित छ।
http://setopati.com/bichar/10308/
_____
· Snapshot 496
Like · Liked by · 0
continued from above

भारत र नेपालमा गरेर करिब ४ करोड २० लाख मानिसले मैथिल भाषा बोल्छन्। यति धेरैले बोल्ने भएर पनि भारतीय संविधानको आठौँ अनुसूचीमा सन् २००३ मा मात्र यो भाषाले स्थान पायो।

नेपाल र भारतमा गरेर मैथिल भाषाभन्दा कमले बोल्ने भए पनि त्योभन्दा धेरै अघि भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषाले स्थान पाएको छ। नेपाली भाषाको गहिराइ र समुन्नत विकास प्रक्रियाले पनि यो भाषा समाजले रुचाएको हो।

साम्प्रदायिकतामा भने एकप्रकारको निर्लज्जता हुन्छ। जब मानिस साम्प्रदायिकतामा ओर्लन्छ, त्यसको बचाउ गरिरहनु वा विरोध गरिरहनु आवश्यक हुँदैन। साम्प्रदायिक रुपमा जब मानिस केही बोल्छ वा केही भन्छ, त्यसको खण्डन गरिरहनु जरुरी हुँदैन।

तराईमा वर्गको अनुभूति एकदमै बढी छ। वर्गको अनुभूति बढी भएको भाषामा विविधता हुन्छ, जीवन्तता हुनुपर्ने हो। मैथिल भाषामा भने वर्गको अनुभति भएको स्तरमा जीवन्तता र विविधता छैन।

मैथिल विद्वान उपेन्द्र झा र उपेन्द्र ठाकुरले मैथिल सभ्यताबारे लेखेको किताबमा उल्लेख छ– त्यो सभ्यतामा वास्तुकलाको विकास थिएन। रामायण जो आफैं मैथिल सभ्यताको एउटा ग्रन्थ हो, त्यसमा पनि हामीले कतै वास्तुकलाको चित्रण पाउँदैनौँ।

मैथिल सभ्यतामा 'अरिपन'मात्र भेटिएको छ। अरिपन भनेको पीठोले भुइँमा वा भित्तामा जसरी रेखी हालिन्छ, त्यस्तै परम्परा हो। यसरी मृत रुपमा रहेको मैथिल भाषालाई जगाउने प्रसस्त सम्भावना छन्। मैथिल सभ्यताको उत्थानका लागि जो कसैले मेहनत गरेदेखि राम्रो हुन्थ्यो। एउटा भाषाको जीवन्तताका लागि यथासक्य पहल सबैले गर्नुपर्छ।

(कुराकानीमा आधारित)
_____
· Snapshot 793
Like · Liked by · 0
गोर्खाली हरु अंग्रेजी सेना मा भर्ना  हुनु भन्दा १५० वर्ष पहिले नै नेपाली भाषा बिकसित भै सकेको थियो र तेस्को प्रयोग पनि मज्जा संग हुन्थ्यो भन्ने  तल को लेख पढे  पछि प्रस्ट हुन्छ.
सी के लाल जिउ अध्यारो मा तिर हान्दा आफै लाग्छ 

मजलिस घरबाट–७

Share:
    
- कमल दीक्षित
प्रतापमल्लले रानीपोखरीमा शिलापत्र चिटाएको ३४४ वर्ष भयो, जुन एउटा देशको इतिहासमा धेरै समय नभए पनि यत्तिमै हामीले देशको भूगोल बिर्स्यौं!

रानीपोखरीको बारको बारेमा चर्चा गरिएको थियो– 'मजलिस घरबाट ६' मा। 'निमित्त' बार भए पनि त्यसमा कुरा चाहिं रानीपोखरीकै भएको हो। त्यतिले पनि रानीपोखरीका कुरा नसकिएको हुँदा आज फेरि हामी त्यस वरिपरि नै चक्कर लगाउँदैछौं।

राष्ट्रिय नाचघर अगाडि पर्खालमा जडिएको प्रतापमल्लको शिलालेख।
मान्छेहरूका बीचमा जेठो–कान्छोको कुरा हुन्छ। यहाँ हामी एकैछिन रानीपोखरीको उमेर हिसाब गरेर हेरुँ। मजलिस घर बन्नुभन्दा २२७ वर्षअघि खनिएको हो रानीपोखरी। अनि त्यहाँ त्यो चौगिर्दे बार त त्यसको चौथाइ शताब्दीपछि पो हालिएको रहेछ १९९४ सालमा! राजा प्रतापमल्लले रानीपोखरी खनाएको तिथिमिति नै दिएकाले ऐले हामीलाई धेरै सजिलो भएको छ। उनले रानीपोखरी निर्माणका बारेमा विस्तृत विवरण दिएर एउटा शिलालेख नै खडा गरिदिएका थिए– शाके १५९२ (विक्रमीय १७२७) सालको कार्तिक शुदी पूर्णिमाको दिन।

यो हिसाबले रानीपोखरीभन्दा यसको बार २६७ वर्ष कान्छो देखिन्छ। प्रतापमल्लले खडा गरेको त्यो शिलालेख नेपाल र नेपाली भाषाका निमित्त एउटा कोसेढुंगा नै सावित भएको छ। अत्यन्त महत्वपूर्ण अभिलेख हुनपुगेको छ त्यो आज। त्यसले बताउँछ– ऊ वेला पर्वते भनेर चिनिने नेपाली भाषा गोर्खालीहरू उपत्यका छिर्नुभन्दा पहिले यहाँ जमिसकेको रहेछ! त्यही प्रमाणित गर्छ यस शिलालेखले। गोर्खाका राजाले नेपाल उपत्यका सर गर्नुभन्दा पहिले, कान्तिपुरको गद्दीमा पृथ्वीनारायण शाह बस्नुभन्दा ठीक ९८ वर्षअघि राजा जयप्रकाश मल्लका बाबु जगज्जयमल्ल अघिका राजा भास्कर मल्लका बराजु प्रतापमल्लले त्यो शिलालेख चिटाएका हुन् भन्ने नबिर्सूं! त्यति वेला पनि यति राम्ररी नेपाली भाषा प्रयोग गरिएको शिलालेखलाई यस भाषाको ऐतिहासिक व्यापकताको प्रमाण मान्छन्, भाषाविद्हरू।

त्यस बखत यसरी नेपाली भाषामा लेखिएको शिलालेखको ऐले हामीले उच्च मूल्याङ्कन गर्नु अचम्म होइन। आश्चर्यको कुरा त के हो भने उसै वेला राजा प्रतापमल्लले समेत यस शिलालेखलाई अथवा भनूँ यसमा अंकित सन्देशलाई अति नै ठूलो महत्व दिएका रहेछन्। नत्र एउटै कुरो तीन–तीनोटा शिलामा उत्कीर्ण गराएर कसले राख्थ्यो? यो प्रतापमल्लको 'रानिपोखरी अभिलेख' भनिने उही–उही भाकाका तीन शिलालेख तीन ठाउँमा पाइएका छन् रानीपोखरी वरिपरि! २०११ सालमा प्रकाशित लक्ष्मण सत्याल र अक्रुर कुइँकेलको चौथो इतिहास संशोधनलाई उल्लेख गर्दै 'इतिहास–संशोधनको प्रमाण–प्रमेय' ग्रन्थले २०१९ मा भनेको छ– 'रानीपोखरीको प्रतापमल्लको यो अभिलेख राष्ट्रिय नाचघर बाहिर, ज.सूरशमशेरको क्याम्पभित्र र वीर अस्पतालको क्याम्पभित्र छ।' यो थियो ५० वर्षअघिको कुरो।

ऐले ती तीन ओटा शिलालेखको अवस्थित कहाँ छ, के छ, अनुसन्धेय कुरो हो।
शिलालेखहरू वस्तु हुन्– खोजिएला, फेला पनि पर्लान्। तर खोजेर पनि फेला नपर्ने अरू पनि एक दुई कुरा देखिन्छन् त्यस शिलालेखमा। नेपाली विद्वत् समाजलाई 'च्यालेन्ज' गर्छन् यी शिलालेखले। राजा प्रतापमल्लको यस अभिलेखले हामीलाई खोजेर पत्ता लगाउने हाँक दिएको छ। एउटा प्रश्न, प्रतापमल्लले रानीपोखरीमा पानी कसरी भरे? के गरेर भर्न सके? पचासभन्दा बढी तीर्थहरूबाट घडा भरी–भरी जल ल्याएर खन्याइयो यहाँ। शिलापत्रले नै बताएको– वागमतीबाट त १०,६४१ घडा जल ल्याई घोप्ट्याइयो रे! तर, त्यत्रो पोखरी त्यत्ति पानीले कसो गरी भर्नू? अनि के गरे त राजा जयप्रतापले? ध्यान दिऊँ। त्यही शिलापत्र भन्छ,
“श्रीसुन्दरी नदीको जल बहाइकन पोषरी भर्या।। श्रीनीलकंठको जल भारि ६३।। श्रीविष्नुमतिको जल।। श्रीविश्वनाभको जल बहाइकन आफुले संकल्प गरीकन पानी राष्यो।।”

मैले शिलापत्रले 'च्यालेन्ज' गरेको छ भनेको यही हो। रानीपोखरी भर्ने ती दुई कुला कुन कुन नदीबाट ल्याइएका हुन्? र, ती जल बहाइएका 'सुन्दरी नदी' र 'विष्नुनाभ' कहाँ छन्? अचेल हामी तिनलाई कुन नामले चिन्छौं, थाहा छ कसैलाई? 'सुन्दरीनदी' या 'विष्नुनाभ' कुन जलाशय या जलस्रोतलाई कहिन्थ्यो हामीलाई थाहा छैन, तर काठमाडौं राज्यक्षेत्रकै कुनै स्रोतहरू हुनुपर्छ यी दुवै। किनभने पाटने या भादगाउँलेले आ–आफ्ना इलाकाबाट काठमाडौंको पोखरी भर्नलाई पानी लैजान दिंदैनथे!

(दीक्षितको यो चुनौती स्वीकार्दै हिमाल ले इतिहासकार, सम्पदाविज्ञ, समाजशास्त्री, मानवशास्त्री लगायतका विद्वानहरूबीच खोजपूर्ण छलफल चलाएर ऊवेलाको 'सुन्दरीनदी' या 'विष्नुनाभ' अहिले कहाँ पर्छन् र के कहलाउँछन्– पत्ता लगाउने जमर्को गर्नेछ। –सम्पादक)


magorkhe1
· Snapshot 960
Like · Liked by · 0
अबचै सिके लाल पुरै सठियाउनु   भएछ ! 
" सुन्दरी नदी" may be present SundariJal ( my 2 cents thought)
Last edited: 09-Jul-14 01:33 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 8 · Viewed 675
· Posts 1 · Viewed 80
· Posts 1 · Viewed 67
· Posts 1 · Viewed 79
· Posts 1 · Viewed 58
· Posts 1 · Viewed 168
· Posts 13 · Viewed 2153
· Posts 1 · Viewed 113
· Posts 1 · Viewed 95
· Posts 4 · Viewed 1014



Your Banner Here
Travel Partners
Travel House Nepal