Help Govinda Raj joshi - Sajha Mobile
SAJHA MOBILE
Help Govinda Raj joshi
Posts 10 · Viewed 10676 · Likes 1 · Go to Last Post
kumale
· Snapshot 0
Like · Likedby · 0
हार्दिक अपिल

तनहुँ जिल्लाबाट राजनीति सुरु गरि बहुदलिय प्रजातन्त्र र लोकतान्त्रिक आन्दोलनमा ६ बर्ष भन्दा बढी जेल जीबन बिताएर नेपाली कांग्रेस पार्टी, सरकार तथा राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गर्नुभएका नेपाली कांग्रेसका पूर्वसह–महामन्त्री तथा नेपाल सरकारका पूर्वमन्त्री श्री गोविन्दराज जोशी अहिले गम्भीर बिरामी अवस्थामा हुनुहुन्छ । वहाँलाई Disseminated Histoplasmosis (डिसेमिनटेड हिसटोप्लाजमोन्सिस ) रोग लागेको छ । नेपालका डाक्टरहरुको सल्लाहा अनुसार नेपालमा उपचार असम्भब यस रोगको उपचारका लागि अचेत अवस्थामै उहाँलाई एयर एम्बुलेन्समार्फत भारतको मेदान्त अस्पतालमा लागि भर्ना गरिएको छ । रोगको पहिचान भइ सके पनि रोग सँग जोडिएका अन्य समस्याका कारण मुख्य रोगको उपचार गर्न अझ लामो समय लाग्ने उपचारमा खटिएका डाक्टरहरुले बताएका छन् । 

नेपाली कांग्रेस भित्र र बाहिर एक बौदिक नेताको पहिचान बनाउन सफल जोशीले नेपालको शिक्षा र सामाजिक क्षेत्रमा पुराएको योगदान आहिले सम्म पनि उदारणिय छन् । जोशीकै पालामा नेपालले प्राबिधिक एबम बेबसायिक शिक्षा पद्दति र बहु बिश्व बिधयालय नीति अनुकरण गरेको थियो । त्यो बाहेक नेपालको गृह र प्रशासन क्षेत्रमा जोशीले पुराएको योगदान अविस्मरणीय छन् । पछिल्लो समयमा तत्कालिन शाही शासन, बिभिन्न रास्ट्रिय अन्तरास्ट्रिय शक्ति केन्द्रहरुको चलखेल र पार्टी भित्र र बाहिरबाटै षडयन्त्रको शिकार बन्नु भएका जोशीले बिगत केहि समय देखि आफ्नो जेथा-चल अचल सम्पति सबैको सामु छर्लंग राख्दै आउनु भएको छ, अर्कोतिर आफुलाई लागेको आरोपको कानुनी उपचार मै रहदाँ रहदै आफुलाई भने लाखौमा एक जनालाई हुने यो डरलाग्दो रोग बाट उहाँ आक्रान्त बन्नु भयो । 

आफ्नो आर्थिक अवस्थाले नभ्याउने भन्दै जोशी नेपाल फर्कन चाहे पनि परिवार र सुभचिन्तकहरुको अनुरोधमा उपचार प्रक्रिया अगाडी बढाइदै छ । प्रत्येक कार्यकर्तालाई आफ्नै झैँ बेयबाहार गर्ने र दुख सुखमा सधै सहयोग गर्ने एक जना राष्ट्रिय व्यक्तित्वको जीवन रक्षार्थ कांग्रेसप्रति निष्ठावान् व्यक्तित्व तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरुसमक्ष उहाँको परिबारको तर्फबाट सानो ठुलो आर्थिक सहयोगका लागि हार्दिक अपिल गर्दछु ।


नेपाल वा जहाँसुकैबाट पनि वहाँको सहयोगका लागि बैंक तथा खाता नं. 

बैंकको नाम ः–नेपाल एस.बी.आई. बैंक, महाराजगञ्ज, काठमाण्डौ । Bank Name :- Nepal SBI Bank, Maharajgang, Kathmandu.

खातावालाको नाम ः– गोविन्दराज राज जोशी Name of account Holder :- Govinda Raj Joshi

खाता नं ः– २०४१५२४१४०३२६३ Account Number:- 20415241403263



Credit card and PayPal user
CLICK THIS LINK TO DONATE https://www.paypal.com/cgi-bin/webscr?cmd=_s-xclick&hosted_button_id=DH2VQJST92W6J


Joshi Family
Phone: +91 96 43 910128
https://www.facebook.com/joshigovindaraj

*****************Please Pray For My Father's Health and his fast recovery*****************
Last edited: 08-Apr-14 08:56 PM
bittertruth
· Snapshot 134
Like · Liked by · 0
I'm sorry to read this sad news. No matter how distasteful news and accusations were in the past, I never believed media wholeheartedly and here today this news make me even sadder.

Folks, you all are someone's son, help this guy get his dad go through this hardship. Forget all political qualms and help him as another human being.

kumale
· Snapshot 191
Like · Liked by · 0
This is not an appropriate time for political debate. This social media platform is not for blame game without knowing the fact. If you can not even pray for some one who is fighting for his life then what any one can except from you. Real world is very far from ideal world. Before making negative post think twice. Media and few political leaders who has vested interest to defame his political carrier will be exposed sooner or later. Please change your attitude and thought process before you go out to change the world. Please try to find the truth before making any opinion. Half truth can be much more dangerous than complete lie. 
I lived my last 17 years in USA working  hard  to sustain life like you all do. People who knows me closely can tell you what was my financial situation while i was in USA. I kept my self quite for long time not defending myself to those people who time and time again wrote about me and my family.  Time has come for me to speak out the truth.  Whatever i have posted on sajha.com  and FaceBook is the a true picture of joshi family. we must beware in this country of scapegoating politics. 

some one well said "The greatest  enemy of knowledge is not ignorance, it is the illusion of knowledge"

Please spread love not hate.

-- Deepak joshi--

Last edited: 09-Apr-14 12:38 AM
ashishme
· Snapshot 402
Like · Liked by · 1
comments on social media:

----1)---भ्रस्टचारीहरुको हालत यो भन्दा पनि बत्तर हुनु पर्छ। ३ सन्तान , तिनै जना अस्ट्रेलिया र अमेरिका जस्तो सम्पन्न मुलुकमा हुँदा पनि अरु सित भीख माग्न लाज लाग्दैन ? पत्रपत्रिकाहरुमा एउटा निबेदन लेखेको भरमा लाखौ जम्मा हुन्छ भने आफुहरुले कमाएको डलर किन खर्च गर्ने भन्ने सोच होला। भ्रस्ट गोबिन्द राज जोशीले के देन दिए देश र जनता प्रति ? भएका ३ सन्तान सहित देशको नागरिकता त्यागेर विदेश पलायन भैसकेको त्यसैले नेपाल र नेपालहरुको लागि न त भ्रस्ट गोबिन्द राजको केहि देन छ न उसका छोरा छोरीको त्यसैल नेपाल र नेपालीहरुबाट सहयोगको अपेक्षा नगर्दा नै उचित होला।
देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली जन समुदायमा हार्दिक अनुरोध - यस्ता देश र जनतामारा भ्रस्टहरुलाई सहयोग गर्नु भनेको भ्रस्टहरुलाई सम्मान गर्नु हो र भ्रस्टचारलाइ बढावा दिनु हो। त्यसैले सहयोगको हात बढाउनु भन्दा अगाडी हजार पल्ट सोचौ आज लाखौ को तादात मा हामी नेपालीहरु खाडी मुलुकमा नर्कको जिबन जिउन बाध्य पारिएका कारण यस्तै गोबिन्द राज जोशीहरुको कारण ले हो। गोबिन्द राज जोशीहरुले देशलाई लुटेर हरिकंगाल बनाइ आफ्ना छोरा छोरिहरुलाई अमेरिका र अस्ट्रेलिया अनि हामि सर्बसाधारण जनताका छोरा छोरीहरुलाई अरब देशका बालुवामा मर्न बाध्य पारेको कुरा घाम जस्तै छर्लंग छ। ---------


----2)------भर्स्ताचार गरेर दुनियालाई ठगेर दुनियाको रगत चुसेर कमायको पाप को फल हो -----

Poon-Hill
· Snapshot 439
Like · Liked by · 0
Well said Ashishme bro. Praying for him is a waste of precious time.
kumale
· Snapshot 498
Like · Liked by · 0
Rishiram Pokhrel
नेता जोशीको योगदानको कदर गरौं
नेपाली काँग्रेसको प्रतिवन्धित जिवनदेखि नै राष्ट्रियता प्रजातन्त्र समाजवाद र राष्ट्रिय एकताका लागि आफ्नो व्यक्तिगत जिवन अइसआराम सुख वैभव र शिक्षक जागिरलाई समेत परवाह नगरी नेपाली जनतालाई संगठित गर्दा पञ्चायती व्यवस्थाका शासकहरुले शिक्षक जागिरमा टिक्न नदिएको इतिहास भोगेका नेपाली काँग्रेसका दुःख पाएका कार्यकर्ता मध्ये गोविन्दराज जोशी पनि एक हुन् ।
२०४६ सालमा नेपाली राजनीतिमा आएको परिवर्तन पछि राजनीतिको केन्द्रमा रहेका गोविन्दराज जोशीकै पालामा नेपालले प्रविधिक एवं व्यवसायीक शिक्षा पद्धति र वहुविश्वविद्यालय नीति अनुकरण गरेको थियो । शिक्षा मन्त्री हुँदा मात्रै होइन जलश्रोत मन्त्री हुँदा जलश्रोत नीतिमा ल्याएको परिपर्वतन गृहमन्त्री हुँदा सुरक्षा नीतिमा ल्याएको सुधार सम्बद्ध क्षेत्रका विज्ञहरुलाइ नै बढी थाहा भएको कुरा हो । नेपाली काँग्रेसका कार्यकर्ताले महसुस गरेको कुरा के हो भने नेपाली काँग्रेसको केन्द्र जिल्ला र क्षेत्रसम्मको भौतिक संरचना तयार गर्ने गोविन्दराज जोशी हो । जागिर खुवाएको सवाल त खानेहरुले नै महसुस गरेको सबाल भयो । जोशीले राष्ट्रिय हितमा केन्द्रित रहेर देश र जनताको स्वाभिमान बचाएर काम गर्दा पाएको सफलताले अनेक खालका दुःख हैरानी र भ्रष्ट्राचारको मुद्धा लागेको वास्तविकता अरुले नबुझेपनि देशकै जुवा खेल्नेहरुले बुझेको छन् तर सार्वजनिक रुपमा स्वीकार गर्न नसक्ने कुरा आफ्नो ठाउँमा छ । किन भने भ्रष्ट्राचारको मुद्धा लाग्न पर्नेहरु राष्ट्रघाती भए वापत उन्मुक्ति पाएको नेपाली राजनीति बुझ्ने सबैलाइ जानकारी भएको तथ्य हो ।
डोल्पाको दुनै र लम्जुङको भोर्लेटारमा जनताको जीउधनको रक्षाका निम्ति कर्तब्य पालन गरिरहेका सुरक्षाकर्मीहरु माथि भएको सांघातिक आक्रमणमा सम्पूर्ण राष्ट्रको ध्यानाकर्षण भएका बेला सोझासीधा निहत्था नेपाली जनताको ज्यूधनको सुरक्षा गर्नुपर्ने दायित्ववोधका साथ गृहमन्त्रीको भूमिका निर्वाह गर्दा नैतिकताको प्रश्न उठाई राजीनामा मागिएको बेला त्यो राजीनामाले प्रजातन्त्र र संसदीय व्यवस्थाकै अस्तित्व त समाप्त गर्दैन भन्दै नेपालका बुद्धिजिवी नागरिक समाज र राजनीतिज्ञहरुको ध्यानकर्षण गराउँदै २०५७ साल असोज ३ गते गृहमन्त्री पदबाट राजीनामा दिएर पद र प्रतिष्ठाका लागि राष्ट्रीय र व्यक्तिगत स्वाभिमान बन्धक नराख्ने राजनीतिज्ञ पनि गोविन्दराज जोशी नै हुन् ।
नेपाली काँग्रेसको संगठनिक सुदृढिकरण र स‌स्थागत अस्तित्व निर्माणमा सफल बनेका नेता गोविन्दराज जोशीको अभाव नेपाली काँग्रेसको संगठनमा आज खड्केको सबैलाई महसुस भएको छ । राष्ट्र नेपाली जनता र प्रजातन्त्रको अहित हुने अवस्थामा अरुको निर्देशनमा काम गर्न नसक्दा नेपाली राजनीतिको परिदृष्यबाट उनलाइ ‌‍ओझेल पार्न लगाएको भ्रष्ट्राचारको मुद्धासंग साहासिक लडाई लडेका दृढ निष्चयी आत्मबल भएका नेतालाई लाखौमा एक जनालाई हुने यो डरलाग्दो Disseminated Histoplasmosis (डिसेमिनटेड हिसटोप्लाजमोन्सिस) रोग लागेर भारतको मेदान्त अस्पतालमा उपचार गराउन परेको छ । त्याहा लाग्ने खर्च धान्न नसकेर सहयोगको लागी अपिल गर्न पर्ने अवस्था आएको छ । यो अवस्थामा नेता गोविन्दराज जोशीबाट सहयोग पाएका उनको सहयोग तोक आदेश र निर्देशनमा जागिर खाएर आफ्नो जिवनस्तर चलाएका उठाएका सबैमा आफ्नो कर्तव्यवोध हुने बेला आएको छ । साथसाथै प्रजातान्त्रिक आन्दोलनका कठिन दिनमा संगै यात्रा गरेका सहयात्रीहरु र नेपाली काँग्रेसको उज्ज्वल भविष्यको कामना गर्ने सबैमा नेता जोशीलाइ परेको दुःखको यो बेला आफ्नो कर्तव्यवोध हुनुपर्ने बेला आएको छ ।
भिमसेन थापाको पालादेखि हामीले नेपालको राजनीतिक इतिहास पढ्यौ भने नेपाल र नेपाली जनतप्रति इमानदार सपूतहरुले सेरिएर मर्न परेको इतिहास हाम्रो सामू छ । सतिले सरापेको देश भनेर देश र जनताप्रति इमानदार हुँदा के फल पाइन्छ भनेर आज हर राष्ट्रवादी डराउन परेको छ । यस्तो बेला हामीले नदेखेको नबुझेको तर अखबवारी हल्लाका आधारमा बनाएको हाम्रो धारणामा परिवर्तन गरेर दुःखमा परेको एउटा राजनीतिकर्मिप्रति गुण र दोषको आधारमा स्वच्छ मनमष्तिषकले निष्पक्ष भएर न्याय गरौं । प्रतिवन्धित कालमा र बहुदल आएपछि शिक्षा मन्त्री स्थानीय विकास मन्त्री गृहमन्त्री जलस्रोत मन्त्री हुँदा लगाएको गुनको स्मरण गरौं । वैगुनलाइ मानवीय कमजोरी भनेर सम्झौं । उनको योगदानको कदर गरौं । सबैले एक मनले शीघ्र स्वास्थलाभको कामना गरौं । सकिन्छ भने सार्वजनिक रुपमा आर्थिक सहयोगका लागि गरेको अपिलको कदर गरौ ।
bittertruth
· Snapshot 500
Like · Liked by · 0
सराप खाने काम चाही नगरेकै जाति |
अब बामे ले खाँदै छ , धेरै जनहितको काम नगरी खाली शेखी झार्न र अहम मात्र देखौन थाल्ने हो भने बामेलाई power of curse or blessing को माने छिट्टै थाहा हुने छ भलै उसले नपत्तौन|
FanTush
· Snapshot 542
Like · Liked by · 0
if it was Prachande then so called Ashishme would be praying and begging with everyone for help.Dirty mind dirty politics @ashishme.
Hydrogen Sulphide
· Snapshot 526
Like · Liked by · 0
I did not read any of your comments. All I can say is Karma is bitch man! Garibko aasu le saath janma samman ni pircha, yaad rakhou! We all are human, we have our emotions and we won't live forever and these guys never realized this in their life time. We Nepali have many other genuinely poor people (who are also the victim of our social/political structure) to rescue from the outskirts of Kathmandu, from remote Jumla, Humla,Dolpa. There are many many Nepali who go through this ordeal and we never know/hear a single case about them because they don't even get to see a bloody doctor (and never get their cases diagnosed). Or are they not as important? or important to their children/wife/parents? If these people had done something in the past (at least something), they would not have to run to India for this kind of treatment. When we average Nepali have to die of diarrhea and fever, all I can do for him is wish him "get well soon!"


Last edited: 09-Apr-14 10:31 AM
nepalilaure
· Snapshot 578
Like · Liked by · 0
कस्तो मान्छेलाई सहयोग गर्ने भन्ने आफ्नो आफ्नो कुरो हो | नेता हरुको बारेमा विभिन्न धारणा बन्छन, कहिले पूर्ण सूचना को आधारमा कहिले अपूर्ण सूचना को आधारमा | तर एउटा कुरो अदालतमा मुद्दा चल्न पर्ने र हार्नु पर्ने धेरै नेताहरु समाजमा उच्ह सम्मान का साथ बसेको अबस्थामा वाग्ले, खड्का, गुप्ता, जोशी हरुले मात्र किन येस्ता नराम्रा गाली सुन्नु पर्ने भन्ने मान्छे पनि निकै छन् | बास्तबमा सुने अनुसार खड्का र जोशीले आफ्ना कार्यकर्ता हरुलाई निकै सहयोग गर्थे रे (जागिर वा खर्च दिने कुरा लगायत अन्य )---अब त्यो "दुख पाएको कांग्रेस कार्यकर्ता भएको ले सहयोग गर्न पर्छ भनेर हो वा आफ्नो निर्बार्चन क्षेत्र मा पकड दरो गरि राख्न हो भन्ने कुरो उनीहरुलाई नै थाहा होला " |

तेसैले माथि kumale ले पोस्ट गरेको मा कसैले भने जस्तै ".......यो अवस्थामा नेता गोविन्दराज जोशीबाट सहयोग पाएका उनको सहयोग तोक आदेश र निर्देशनमा जागिर खाएर आफ्नो जिवनस्तर चलाएका उठाएका सबैमा आफ्नो कर्तव्यवोध हुने बेला आएको छ ।...........................प्रतिवन्धित कालमा र बहुदल आएपछि शिक्षा मन्त्री स्थानीय विकास मन्त्री गृहमन्त्री जलस्रोत मन्त्री हुँदा लगाएको गुनको स्मरण गरौं । वैगुनलाइ मानवीय कमजोरी भनेर सम्झौं । उनको योगदानको कदर गरौं । सबैले एक मनले शीघ्र स्वास्थलाभको कामना गरौं । " यो कुरामा चै म पनि सहमत छु है |

मेरो पनि उहाको स्वास्थ्य लाभ को कामना |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 136
· Posts 3 · Viewed 4445
· Posts 1 · Viewed 70
· Posts 1 · Viewed 76
· Posts 6 · Viewed 2704
· Posts 2 · Viewed 367
· Posts 8 · Viewed 1072
· Posts 1 · Viewed 337
· Posts 1 · Viewed 249 · Likes 1
· Posts 1 · Viewed 161



Your Banner Here
Travel Partners
Travel House Nepal