आखीरमा सप्पै दोषी ! - Sajha Mobile
SAJHA MOBILE
आखीरमा सप्पै दोषी !
Posts 4 · Viewed 8081 · Likes 1 · Go to Last Post
shirish
· Snapshot 0
Like · Likedby · 1
आखीरमा सपै दोषी !
१। सडकका बृद्दहरु पालन पोषण गर्ने - समाजसेबी दीलशोभा दोषी ! बृद्द मात्र पाल्ने संस्थामा जुम्लाका बच्चाहरुको हेरचाह गर्नु पर्ने बाध्यतामा परेका दिलशोभा दोषी ! राम्ररी बोल्न नजान्ने, हिसाब राख्न नजान्ने, कानून नजान्ने तर अरुलाई माया, माया, माया गर्ने दिलशोभा दोषी !
२। बाल कल्याण समितिले आफै चिट्ठी लेखेर बृद्द पोषण संस्थामा बाल बच्चा हेरि दिनू भन्ने तर पछि दर्ता नगरेको अभियोग लगाउने बाल कल्याण दोषी !
३। बिजय कुमार र रबिन्द्र मिश्र जस्ता पत्रकार जस्ले परोपकारी दिल शोभालाई पब्लिक फिगर बनाई दिए - ति दोषी !
४। एकतर्फी कुराको आधारमा, बिरामीको हेरचाहलाई पठाएको "बुढी"को आधारमा "यौन दूराचार आरोप पुष्टी" भनेर समाचार लेख्न हतार गर्ने नागरीक न्यूजका KP Dhungana र प्रधान सम्पादक prateek pradhan दोषी ! अझ जनताले कुरा नबुझेको भनेर जनतालाई बेबकुफ बनाउने प्रतीक झनै दोषी !
५। पानी, बिजुली आपुर्ती गर्न नसक्ने, शहरका खातेहरुको ब्यबस्था गर्न नसक्ने तर मापदण्डको कुरा गर्ने सरकार दोषी !
६। ती आश्रमका बृद्दहरुका समृद्द छोराछोरीहरु दोषी !
७। दिल शोभालाई आर्थीक सहयोग गरेर अनियमितता गर्न उन्मुख स्वदेशी तथा बिदेशी दाता/ दातृहरु दोषी !
८। सो आश्रमको सर सफाई, बृद्दहरुको हेरचाहमा सुधार गर्ने, अरु न्युनतम आबश्यकताहरु पूरा गर्न तिर उन्मुख हुन सकिने तर नियत ठीक नभएका पदाधिकारिहरु दोषी !
९। त्यो फोन रेकर्ड बहिनी (गुरुड्ग) गर्ने दोषी !
१० । के पी ढुङ्गाना, "बाहुन"ले जातिय दिलशोभा माथी गरेको सुनियोजित षडयन्त्र हो भन्दै के पि को ज्यान लिने धम्की दिने जाति बादीहरु दोषी !
११ । राधीका मानन्धरलाई थला पर्ने गरि बिरामी पारी दिएका "क्यान्सर" दोषी ! समय दिन नसकेका उनका छोरा छोरी, बिदेश गएका नाती नातिना दोषी ! दिलशोभाको घरमा पटक पटक बस्न गएका ति दोषी - दिलशोभा संग सहयोग माग्ने राधिका मानन्धर दोषी !
१२ । दिलशोभा प्रति सहानुभुति जगाउने र अरुका निम्ति पनि केहि गर्नु पर्छ भन्ने भावना भएकाहरु सब्बै दोषी !
ThahaChaena
· Snapshot 99
Like · Liked by · 0
ktmrulez
· Snapshot 259
Like · Liked by · 0
Most people in Nepal don't pay income tax or property tax yet they are first ones to raise voice against other unlawful activities, so you are right. Everyone's guilty.
Kancho
· Snapshot 455
Like · Liked by · 0
http://www.onlinekhabar.com/2014/03/172554/
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 13 · Viewed 1916
· Posts 1 · Viewed 108
· Posts 1 · Viewed 62
· Posts 1 · Viewed 61
· Posts 4 · Viewed 819
· Posts 1 · Viewed 104
· Posts 1 · Viewed 112
· Posts 1 · Viewed 342
· Posts 3 · Viewed 4622
· Posts 1 · Viewed 194



Your Banner Here
Travel Partners
Travel House Nepal