वैद्यलाई सोध्नु मेरो छोरा मारेर के पाए ? - Sajha Mobile
SAJHA MOBILE
वैद्यलाई सोध्नु मेरो छोरा मारेर के पाए ?
Posts 2 · Viewed 4355 · Go to Last Post
_____
· Snapshot 0
Like · Likedby · 0

वैद्यलाई सोध्नु मेरो छोरा मारेर के पाए ?

"बैद्य भनेका को हुन् मैले त चिन्दिन, तपाईले भेट्नु भयो भने सोधिदिनु मेरो छोरा मारेपछि उनले के पाए ? किन मारे मेरो छोरो ?”

-श्याम गुप्ता

छोराको मृत्युको शोकमा राधादेबी यादव । तस्वीर: श्याम गुप्ता

“२८ कात्तिक बिहान अली अबेर हामीले खाना खायौं, छोराको गाडी बेलुकामात्रै छुट्ने भएकोले ऊ पनि सँगै थियो । छतमा बसेर घाम ताप्दै उसले भन्यो “माइ, यसपाली काठमाण्डौंबाट स्वीटर ल्याइदिन्छु, गुद्पाक र पुष्टकारी पनि ल्याइदिउँला ।”

राकेशलाई राम्रो स्कुलमा पढाउन सकिएन, उसले पनि पढाइमा धेरै मन गरेन । ड्राइभर बन्ने रहरले खलासीको काम गर्न थाल्यो । ड्राइभर भएपछि अली धेरै कमाई हुन्छ र घरको समस्या समाधान हुन्छ भन्थ्यो ।

२८ गते दिउँसो घरबाट हिंडने बेला स्वीटर ल्याएर पर्सी आउँछु भनेको छोरो कहिल्यै नआउने गरी गयो ।

कलैया–काठमाडौं चल्ने रात्री बसको खलासी थियो मेरो छोरो राकेश । उसको कमाई त कति नै हुन्थ्यो र ! हामी पनि मेहनत मजदुरी गरेर जसोतसो गुजारा गरेकै थियौं । ड्राइभर भएपछि सबै सजिलो हुन्छ भनेको थियो । उसैमाथि थियो हाम्रो आशा पनि ।

तर राति बासमाडी (मकवानपुर जिल्ला) मा छोराको बसमा बैद्यका कार्यकर्ताले बम (पेट्रोल बम) हानेको सुनियो । मेरो त होसै रहेन । त्यो गरीब खलासीलाई राजनीति गर्नेले मारे । जनताको सेवा गर्छौं भन्छन, गरीबका छोराछारी मार्छन् । बैद्य भनेका को हुन् मैले त चिन्दिन, तपाईले भेट्नु भयो भने सोधिदिनु मेरो छोरा मारेपछि उनले के पाए ? किन मारे मेरो छोरो ?”

आफूसँग पैसा नहुँदा काठमाडौंमा अस्पतालमा रहेको छोरोलाई भेट्न जान पनि सकिएन । भेट्न जाउँला भन्दा भन्दै ११ गते बिहान ऊ गैसकेको खबर आयो । मेरो छोरो मार्ने दुष्टहरुलाइ म बुढीको हाय लागोस् (मेरो पीडाले पोलोस) ।”
(यसपछि राधादेवी बोल्नै सकिनन् )

राकेशको मृत्युको खबर पाएपछि उनको घरमा जम्मा भएका छिमेकी ।

नेकपा–माओवादी नेतृत्वको मोर्चाले बन्दको आह्वान गरेका बेला २८ कात्तिक राति कलैयाबाट काठमाडौं जाँदै गरेको ना.४.ख.९८३६ नं.को यात्रुबाहक बसमा पेट्रोल बम प्रहार भएको थियो । बसका खलासी (सहचालक) कलैयाको घुसकुर–७ का १६ वर्षीय राकेश यादवको उपचारका क्रममा ११ मंसीर बिहान ११:३० बजे काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निधन भयो । उक्त पेट्रोलबम आक्रमणमा घाइते भएका बसका चालक घुसकुरकै भोला साह पनि गम्भीर अवस्थामा अस्पतालकै बेडमा छन् । बम आक्रमणबाट करिब १२ जना यात्रु पनि घाइते भएका थिए ।

म १४ मंसीर बिहान राकेशको घरमा पुग्दा छिमेकी महिलाहरुले घेरिएकी राकेशकी आमा ६० वर्षीया राधादेवी यादव रोइरहेकी थिइन् । छिमेकीहरुले सम्झाएपछि केही बेर थामिएकी उनीसँग कुरा शुरु गरेको केही छिनमै उनको रुवाई फेरि बढ्न थाल्यो । छेवैमा बसेका बाबु पनि आँखा टिलपिल पारिरहेका थिए ।

“बन्दका बेला राकेश आफै गाडीमा गएको होइन, सरकारले जिम्मा लिन्छौं, सुरक्ष दिन्छौं भनेको थियो,” राकेशका ६५ बर्षीय बाबु रामअयोध्या यादव भन्छन्, “प्रहरीले घेरेकै बसमा पनि पापीहरुले बम हाने, न प्रहरीले रोक्न सक्यो न सरकारले कारवाही गर्न सक्यो । यहाँ त गरीबमाराहरुकै बोलबाला छ ।”

बसका चालक भोला साहका अनुसार राति बासमाढी नजिकै पुग्दा गुडिरहेको बसको अगाडिको विन्डस्क्रिनमा एक्कासी पेट्रोल बम आयो, उनी आत्तिएर ब्रेक लगाए तर लगत्तै बसको झ्याल र ड्राइभरको ढोकाबाट फेरि तीन–चार वटा पेट्रोल बम आए । त्यसपछि एकै पटक साहले आफूलाई अस्पतालको बेडमा पाए ।

सरकारले राकेशको परिवारलाई अहिलेसम्म किरिया खर्च भन्दै २५ हजार रुपैयाँ दिएको छ । तर, सरकारले तोकेको क्षपिूर्तिकालागि मृतकका आफन्तले ११ मंसीरमा प्रहरी बृत महाराजगंज काठमाण्डौंमा जाहेरी दिएपनि अहिले सम्म कुनै सुनुवाइ नभएको मृतकका आफन्त मुकेशकुमार यादव बताउँछन् ।

Stripperkopoi
· Snapshot 509
Like · Liked by · 0
she is right why don't they go and hurt other criminals and thugs and corrupted officials rather than killing poor people trying to survive
Last edited: 01-Dec-13 07:43 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 15 · Viewed 3047 · Likes 3
· Posts 4 · Viewed 195
· Posts 1 · Viewed 210
· Posts 7 · Viewed 1661
· Posts 4 · Viewed 397 · Likes 1
· Posts 1 · Viewed 83
· Posts 1 · Viewed 86
· Posts 5 · Viewed 555
· Posts 1 · Viewed 156
· Posts 1 · Viewed 262



Your Banner Here
Travel Partners
Travel House Nepal