ग्रीनकार्ड राखेर नेपालको राजनीति गर्न सकिदैन - Sajha Mobile
SAJHA MOBILE
ग्रीनकार्ड राखेर नेपालको राजनीति गर्न सकिदैन
Posts 1 · Viewed 5976 · Go to Last Post
globenepaldotcom
· Snapshot 0
Like · Likedby · 0
AddThis Social Bookmark Button

बिनोद रोका,एटर्नी एट ल

नेपालको राजनीतिक कित्ताहरुमा योग्यता र दक्षता नभएका मानिसहरुको तालुमा आलु फलेको देख्दा अमेरिकाको नागरिकता लिई सकेका नेपालीमूलका विदेशीहरुले प्रायः सोध्नुहुन्छ अमेरिकाको नागरिकता त्यागेर ग्रीनकार्ड राख्ने अनि नेपालमा गई कुनै पार्टीको टिकटमा चुनाव लड्न वा राजनीतिक नियुक्ति लिन मिल्छ कि मिल्दैन? त्यस्तै नेपालमा लामो समयसम्म राजनैतिक पार्टीको सकृय सदस्यको हैसियतले काम गरे वापतमा जेल परेका, सम्पत्ति गुमाएका, तर पार्टीले टिकट नदिएका कुनै पदमा नियुक्तिका लागि सिफारिस पनि नगरेको, अनि देश अब नसप्रने गरी बिग्रिएको कारणले विरक्तिएर अमेरिका आईपुगेको भन्ने पीडित नेताहरु सोध्ने गर्नुहुन्छ, हैन अमेरिकामा बस्ने उपाय के छ वकिल साहेब हामी जस्ताका लागि ? आफुले त जीवन त्यस्तै बर्वाद पारियो यो पार्टी र देशका लागि भनेर ।

छोराछोरीहरुको लागि त केही गर्नु पर्यो आदि ।  यी दुवै थरीका मानिसहरुको आँखाले हेर्दा अमेरिका बस्नेले नेपालमा हरियो देख्ने र नेपालमा बस्नेले अमेरिकातिरै हरियो देख्ने गरेको देखिन्छ । यद्यपि यर्थाथता त्यस्तो नहुनसक्छ ।  तर कानुन व्यवसायीको भने दुवै पक्षको मुल्यांकन आ आफ्नै ठाउँमा सत्य नै होलान् भन्ने ठानेर जानेका कुरा बताउने मात्र कर्तव्य रहेको हुँदा यो सानो लेखमा अमेरिकाको नागरिकता त्यागी ग्रीनकार्डमात्र राखेर नेपालको राजनीति गर्न सकिन्छ कि सकिदैन? भन्ने विषयमा मात्र सामान्य चर्चा गर्ने प्रयास गरिएको छ ।

अमेरिकाको अंगीकृत नागरिकता प्राप्त गरेको व्यक्तिले यहाँको नागरिकता त्यागेर ग्रीनकार्ड मात्रै राख्न सक्ने अवस्था सामान्यतया रहँदैन । सामान्यतया अमेरिकाको सैनिक सेवामा काम गरेका अन्य अपवादका व्यक्तिहरु बाहेक अमेरिकाको अंगीकृत नागरिकता अमेरिकी नागरिकसंग वैवाहिक सम्वन्ध कायम भएको कारणले प्राप्त गर्नुपर्दा ग्रीनकार्ड पाएको मितिले ३ बर्षमा र अन्य तरिकाबाट ग्रीनकार्ड पाएको अवस्थामा ५ बर्षपछि अंगीकृत नागरिकताको निवेदन दिनका लागि व्यक्ति योग्य हुन्छ । नागरिकता प्राप्तीका लागि विदेशी व्यक्तिले सो समय पुग्नु भन्दा ३ महिना अगाडी नै अमेरिकी अध्यागमन विभाग समक्ष निवेदन दिन सक्दछन् । तर व्यक्तिले सामान्यता आधा समय भन्दा बढी अमेरिकामा निरन्तर रुपबाट बसोबास गरेको र एकपटकको विदेशको बसाई ६ महिना वा १ बर्ष भन्दा बढी नभएको हुनुपर्दछ । यसका साथै व्यक्तिले आफुले नागरिकताको निवेदन दिनुभन्दा अगाडी ३ वा ५ बर्षसम्म राम्रो चरित्र कायम गरेको प्रमाणित गर्नुका साथै अंग्रेजी भाषाको सामान्य बोलचाल र लेखाईको परीक्षा पास गरी अमेरिकी अद्यागमन विभागले तयार पारेको नागरिक परीक्षा सिभिक टेस्ट पनि पास गर्नुपर्दछ । कतिपय व्यक्तिहरु नागरिकताको लागि चाहिने एन ४०० नामक फाराममा लेखिएको निर्देशिका पढेर फाराम भरी अन्तर्वार्ताको क्रममा अद्यागमन अधिकृत समक्ष उपस्थित भै सबै परीक्षा पास गरेपछि अधिकृतबाट नागरिकताको प्रमाणपत्र पाउनुको साटो ग्रीनकार्ड लिंदा खेरी झुठो विवरण पेश गरि ग्रिनकार्ड लिएको वा अमुक अपराध गरेको देखिएको हुँदा ग्रिनकार्ड बदर गरी देश निष्कासनको मुद्दा अदालतमा पेश गरिन्छ भन्ने व्यहोराको सुचना लिएर आउने गर्दछन् । 

अमेरिकाको अंगिकृत नागरिकता पाउन कठीन परीक्षा पास गर्नु पर्दछ । त्यसैले नागरिकताको लागि निवेदन दिनु भन्दा अगाडी कानुन व्यवसायीको सहयोग लिनु उचित हुन्छ । किनकि यसबेला व्यक्तिले अगाडी कुनै गलत कुराहरु उल्लेख गरेको रहेछ भने त्यो पनि पत्ता लगाउने प्रयास गरिन्छ । यसरी कठीन परीक्षा पास गरि लिएको अंगीकृत नागरिकता परित्याग गर्ने कानुनी व्यवस्थाको प्रकृया पुरा गरी व्यक्तिले अंगीकृत नागरिकता परित्याग गरेमा ग्रीनकार्ड समेत गुमाउनुपर्ने हुन्छ । किनकि ग्रीनकार्डको हैसियत छाडेर व्यक्तिले अंगीकृत नागरिकता लिईसकेपछि उसले ग्रीनकार्डको स्टाटस वा खुड्किलो गुमाई सकेको हुन्छ । जसरी नन ईमिग्य्रान्ट भिषा अर्थात अस्थायी भिषा, बिवान, बिटु,एफ वन, एच वन आदि, बाट ग्रीनकार्ड अर्थात स्थायी भिषाको श्रेणीमा गएपछि अस्थायी श्रेणीको अस्तित्व स्वतः समाप्त हुन्छ र व्यक्ति पुनः अस्थायी श्रेणीमा फर्कन्छु भन्न पाउँदैन । भिषा परिवर्तन सामान्यतया एउटा अस्थायी भिषाबाट अर्कोमा मात्र गर्न र बढाउन सकिन्छ । त्यसैले आफुले पाएको अंगीकृत नागरिकता परित्याग गरिसकेपछि पुन व्यक्तिले आफुले पाएको पहिलेको ग्रीनकार्ड पाउन सक्दैन । 

अमेरिकाको अंगीकृत नागरिकले आफुले पाएको नागरिकता परित्याग गर्न चाहने हो भने त्यो काम अमेरिकामा नै गर्ने नभै सम्वन्धित देशमा रहेको अमेरिकी राजदूतावासको काउन्सुलेट अफिसमा गै गर्नु पर्दछ । 

Section 349(a)(5) of the Immigration and Nationality Act (INA) (8 U.S.C. 1481(a)(5)) is the section of law governing the right of a United States citizen to renounce his or her U.S. citizenship. That section of law provides for the loss of nationality by voluntarily.

"(5) making a formal renunciation of nationality before a diplomatic or consular officer of the United States in a foreign state , in such form as may be prescribed by the Secretary of State" (emphasis added). 

http://travel.state.gov/law/citizenship/citizenship_776.html

अमेरिकी कन्सुलेट अफिसको कन्सुलर वा डिप्लोमेट समक्ष उपस्थित भै म अमेरिकाको अंगीकृत नागरिकता परित्याग गर्दछु भनेर वा निवेदन दिएर मात्रै नागरिकता परित्याग हुन सक्दैन । किनकि यसको लागि कानुनले तोकिएको प्रकृयागत कुराहरु पुरा भएको हुनुपर्दछ । व्यक्तिले एक पटक तोकिएको प्रकृया पुरा गरी नागरिकता परित्याग गरेपछि पुनः त्यही अंगीकृत नागरिकता फिर्ता पाउन अत्यन्त कठीन हुन्छ । यद्यपि व्यक्तिले राजीखुसी साथ जानी जानी परित्याग गरेको होईन भनि पुनः निवेदन दिंदा साँचो ठहरियो भने सोही परित्याग गरिएको अंगीकृत नागरिकता पुर्ववत अवस्थामा फर्कन सक्छ । भनिन्छ यस्तो अवस्था भने अपवादको रुपमा मात्र आउन सक्दछ । जस्तो कि दोश्रो विश्वयुद्धको समयमा जापान र अमेरिकाको दोहोरो नागरिकता रहेको जापानीजलाई निजले अमेरिकाको नागरिकता परित्याग नगरेमा कठोर सजाय दिने धम्की जापानीज सरकारले दिएको कारणले दवावमा परी अमेरीकी नागरिकता परित्याग गरेको पुष्टि भएको हुँदा परित्याग गरिएको नागरिकता पुर्ववत कायम गरिएको थियो ।

यसका बावजुद पनि कसैले अमेरिकाको अंगीकृत नागरिकता त्यागेर नेपालको राजनीति गर्ने हो भने उताको कानुनी व्यवस्था पनि हेर्नुपर्ने हुन्छ । किनकि अमेरिकाको नागरिकता लिएको मितिबाटै नेपालको नागरिकता गुमेको हुँदा सुविधा पाउन मिल्दैन भन्ने विवाद उता तपाईको कारणले भाग खोसिनेहरुले नउठलान् भन्न सकिदैन । निर्विवाद रुपबाट तपाईंले नेपाली नागरिकको हैसियतले राजनीतिक पार्टीको टिकट पाई चुनाव लडेर जितेमा वा कुनै नियुक्ति पाई देशमा विधिको शासन कायम गराई देशको उन्नती र प्रगतिका लागि योगदान दिन सक्नु भएमा तपाई, तपाईंको परिवार र देश र विदेशमा बस्ने सबैका लागि राम्रो हुनेछ । यदि तपाई पनि फेरि विरक्तिएर अरु नेताजी जस्तै अमेरिकामा आउन चाहनु भयो भने पुनः अर्को ग्रीनकार्डको बाटो खोज्न सक्नु हुनेछ जसरी पहिले खोजेर अमेरिकाको ग्रीनकार्ड लिनु भएको थियो । होईन भने अरुलेझैं तपाई पनि अमेरिकामा नै बसेर नेपालको राजनीति गर्नुहोला । किनकि सामान्यतया अमेरिकाको अंगीकृत नागरिकता प्राप्त गरेको व्यक्तिले यहाँको नागरिकता त्यागेर ग्रीनकार्ड मात्रै राख्न सक्ने अवस्था कानुनले गरेको छैन । 

बिनोद रोका, न्यूर्याक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस भन्ने ध्येय यहा राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।

 (तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुनसम्वन्धि कुनै समस्या भए टेलिफोन मार्फत निशुल्क कानुनी सल्लाहको लागि बिनोद रोका, एर्टनी एट ललाई उहाँको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वाbinodlawnyc@gmail.com/ www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ।)



http://www.globenepal.com/2013-04-19-05-40-03/2188-2013-11-13-18-58-32.html
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 18 · Viewed 4035 · Likes 3
· Posts 1 · Viewed 89
· Posts 1 · Viewed 85
· Posts 1 · Viewed 170
· Posts 1 · Viewed 376
· Posts 1 · Viewed 214
· Posts 1 · Viewed 124
· Posts 1 · Viewed 111
· Posts 77 · Viewed 18781 · Likes 16
· Posts 1 · Viewed 159



Your Banner Here
Travel Partners
Travel House Nepal