लखेटिए सीकेलाल, रिकिलाले मागिन् माफी - Sajha Mobile
SAJHA MOBILE
लखेटिए सीकेलाल, रिकिलाले मागिन् माफी
Posts 2 · Viewed 4920 · Go to Last Post
Shantipriya
· Snapshot 0
Like · Likedby · 0
काठमाडौं। बोकाको जनेन्द्रिय प्रदर्शन गरेर बाख्रीको मासु बिक्री गर्ने सिलसिला धेरै दिन चल्न सक्दो रहेनछ भन्ने कुरा सीकेलालको हकमा प्रमाणित भएको छ।
घटना केही समयअघिको हो। आइडिया इन्टरनेसनल नामक इसाई संस्थाको आर्थिक सहयोगमा संसद् सचिवालयले धुलिखेल रिसोर्टमा दुईदिने कार्यशाला गोष्ठी आयोजना गरेको थियो। स्रोतव्यक्तिका रूपमा लगिएका थिए, मधेसवादी बुद्धिजीवी सीकेलाल। ‘आगामी संविधानसभा र सामाजिक सवाल′ नामको आफ्नो कार्यपत्रको मुखपृष्ठमै सीकेलालले जुत्ताको तुना फुस्कँदै गरेको तत्कालीन राजा महेन्द्रको तस्बिर राखेका थिए। महेन्द्रमाथि व्यंग्य गरिएको तस्बिर मुखपृष्ठमा राखिएका कारण कार्यपत्र लोकतन्त्रको पक्षमा होला, देशको पक्षमा होला भन्ने अनुमानसाथ सहभागीहरूले पाना पल्टाएर पढ्न थाले। सीकेलालले पनि कार्यपत्र प्रस्तुत गर्न थाले। तर सहभागीहरूले क ार्यपत्रभित्रको विकृत स्वरूप तुरुन्त थाहा पाइहाले।
‘अखण्ड नेपाल चाहना राख्ने र जातीय संघीयता मन नपराउने जति सबै महेन्द्रवादी हुन्, उनीहरूको जुत्ता खुस्किसकेको छ’ भन्ने व्यहोरा जब कार्यपत्रमा देखियो, तब सहभागीहरूले उत्सुकताका साथ प्रश्न गर्न थाले। भारतीयहरूलाई नेपाली नागरिकता दिन हुन्न भन्नु महेन्द्रवाद हो? जातीय रूपमा विभेद हुनेगरी नयाँ संविधान बनाइन हुन्न भन्नु महेन्द्रवाद हो? भन्दै प्रश्न गर्ने सहभागीहरूमध्ये धेरैजसो पत्रकारसमेत थिए। प्रश्नको उत्तर दिन नसकेपछि उनी गालीगलौजमा उत्रिए। सहभागीहरूले पनि गालीगलौजको प्रतिकार त्यही ढंगले गरेपछि रक्सीले मातेको मान्छेझैं गरी सीकेलाल प्रस्तुत भए। त्यसपछि एक्लै बर्बराउन थाले।
यसैबीच, एक पत्रकारले प्रश्न सोधे– तपाईंले अहिले हाम्रो हातमा दिएको कार्यपत्र त पहिले पनि धेरैचोटि प्रस्तुत गरिसक्नुभएको थियो। एउटै कार्यपत्र जहाँसुकै प्रस्तुत गरेर डलर पचाउन लाज लाग्दैन? नाम र कभर पृष्ठ मात्रै परिवर्तन गर्ने अरु कुरा हुबहु राख्ने गरेका सीकेलाल यसपछि भने पछाडिको ढोकाबाट भागे। अब सहभागीहरूको फन्दामा परिन्, आइडिया इन्टरनेसनलकी रिना रिकिला। उनले भने सुरुमै माफी मागिन्। रिकिलाले भनिन्– अब आइन्दा हामी सीकेलाललाई स्रोतव्यक्तिका रूपमा बोलाउँदैनौं।’
अखबारले पालना गर्नुपर्ने आचार–संहिताविपरीतका निबन्धहरू लेख्न थालेपछि हिमाल खबरपत्रिकाले पनि विगत एक महिनादेखि सीकेलालका लेखहरू नछाप्ने निर्णय गरेको छ। जातजातिबीचको सद्भाव खलबलिने सामग्री छाप्न नहुने कुरा मिडियाको विश्वव्यापी आचार–संहिता हो। जातीय सद्भाव बिथोल्ने उद्देश्यले एनजीओ तथा आईएनजीहरूले कार्यक्रम गर्न नपाइने विश्वव्यापी आचार–संहिताको भने आइडिया इन्टरनेसनललगायत कतिपयले पालना गरेका छैनन्। आईएनजीहरूले दिने डलरको लोभमा जातीय सद्भाव खलबलिने गरी कार्यपत्र लेख्ने कथित बुद्धिजीवीको सूची लामो छ। नाम चलेका तस्करहरूको भन्दा ऐयासीपूर्ण जीवनचर्या यी कथित बुद्धिजीवीको छ। सीकेलालदेखि कृष्ण हाछेथु, कृष्ण खनालदेखि विष्णु सापकोटा, कृष्ण भट्टचनदेखि नरहरि आचार्यसम्मका निवासहरू कुनै पाँचतारे होटलभन्दा कम छैनन्। http://www.weeklynepal.com/2013/09/07/ck-lal-fruad-case-no-101/#.UisTb3-wWDg
_____
· Snapshot 273
Like · Liked by · 0
 कट पेस्ट गरेर एउटा पेपर तयार पर्यो , तेस्लाई  दस थाम मा बेच्यो आनी आफु सोघोसित (कु) बुद्दिजिबी.
त्यो सी के लाल को लेख मा पनि सुरु सुरु मा पढ़तेय, एक दुइटा राम्रो लेख पनि लेखेको छ तर बिस्तारै अर्थ न बर्थ क लेख लेख्न थाल्यो. तेस्पची पढ्न छोडे 
 
नेपाल का तथाकथित लुतो कन्याएर सन्चो मान्ने कुबुद्दिजीबी हरु नगर बधु भन्दा ठुला स्तर का छैनाँ, जसले पैसा दियो उसैको लागि फरिया उचाल्ने, त्यो रिकिला वन्ने फिनल्याण्ड को आइमाई पनि तेस्तै नगरबधु कुबुद्दिजीबी हरु खोज्दै सोझा साझा नेपाली हरुको सामु मिस universe  को रुप मा प्रस्तुत गर्ने काम गर्छिन.
 
तर जनता लै कति सम्म झुक्क्युना सकिन्छ ? केहि त झुक्कीयेलन पनि तर आरुले बिस्तारै बुझ्दै जान्चन. आदिबासी हरुल्को सबै भन्दा दमन भएको देश हरु अमेरिका, ऑस्ट्रेलिया हुन् , यूरोप बाट आएर गोरा हरुले तिनी हरु को कला संस्कृति , पहिचान सबै सिध्ह्याये , 
रिकिला ले नेपाल भन्दा अमेरिका अथवा ऑस्ट्रेलिया मा गएर सबै गोरा हरुलाई यूरोप फिर्ता पठाउने काम गरे ठिक होला 
 
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 73 · Viewed 17231 · Likes 16
· Posts 1 · Viewed 81
· Posts 9 · Viewed 995
· Posts 1 · Viewed 100
· Posts 1 · Viewed 95
· Posts 1 · Viewed 142
· Posts 1 · Viewed 99
· Posts 1 · Viewed 247
· Posts 13 · Viewed 2394
· Posts 1 · Viewed 157



Your Banner Here
Travel Partners
Travel House Nepal