लण्डन ततायो नेपथ्यले - Sajha Mobile
SAJHA MOBILE
लण्डन ततायो नेपथ्यले
Posts 1 · Viewed 3072 · Go to Last Post
Rudramati
· Snapshot 0
Like · Likedby · 0
नेपाली सांगितिक ब्याण्ड नेपथ्यले शनिबार लण्डनको वेम्बलीस्थित एरेनामामा एक भब्य सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिँएको छ । विश्वको तेस्रो ठुलो तथा लन्डनको दोस्रो  ठुलो इन्डोर कन्सर्ट भेन्युमा गएर आफ्नो प्रश्तुती दिने नेपथ्य नेपालकै पहिलो ब्याण्ड हो ।
 
नेपथ्य ब्याण्डका गाएक अमृत गुरुङ र उनको समूहले शनिबार आफ्नो प्रस्तुती दिएको हो । नेपथ्यको प्रस्तुति हेर्न हल्याण्ड, बेल्जियम, नर्वे तथा अमेरिकाबाट समेत नेपालीहरु बेलायत पुगेका थिए । कार्यक्रममा अमृत गुरुङले वेम्बलीमा आएर प्रस्तुति दिन पाउनु आफ्नो सपना जस्तै भएको र त्यो अहिले साकार भएको बताए ।
 
१९९० मा स्थापना भएको ब्याण्डले नेपालमा युद्धको समया शान्ति यात्रा समेत गरेको थियो । कार्यक्रमा नेपथ्यले आफ्ना चर्चित गीतहरु रेशम, जोगले हुन्छ भेट, तालको पानी लगायतका गीतमा आफ्नो प्रस्तुति दिएको थियो ।
 
कार्यक्रममा करिब १० हजार नेपालीको सहभागिता रहेको थियो । हेर्नुहोस् फोटोफिचर र भिडियोमा नेपथ्यको प्रश्तुति यस्तो रह्यो 
 
तस्बिर सौजन्य : अमर कडेल,फोटो पत्रकार महासंघ नेपाल वेलायत शाखा ।
 
 
 
 
 
 
 
 
 

भिडियोमा पनि हेर्नुहोस् नेपथ्यको प्रस्तुती


source : setopati.com/kala/2907/
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 397
· Posts 96 · Viewed 22595 · Likes 22
· Posts 4 · Viewed 561 · Likes 2
· Posts 1 · Viewed 98
· Posts 15 · Viewed 2424
· Posts 24 · Viewed 2166
· Posts 6 · Viewed 397
· Posts 1 · Viewed 74
· Posts 1 · Viewed 81
· Posts 14 · Viewed 1482



Your Banner Here
Travel Partners
Travel House Nepal