"मन" ................... - Sajha Mobile
SAJHA MOBILE
"मन" ...................
Posts 6 · Viewed 5227 · Likes 7 · Go to Last Post
Rahuldai
· Snapshot 0
Like · Likedby · 7
"मन" 
सुन्छु कसैको “मन” काँच झैँ चकनाचूर भयो रे ,

सुन्छु कसैको “मन” ऐना झैँ चूर चूर भयो रे

कसैको मन फलामे थुङ्गा  भयो रे

         कसैको मन बेजान ढुङ्गा भयो रे.................

 

सोच्छु , मन यति कमजोर किन  हुन्छ??

यति निर्दयी र कठोर किन हुन्छ?

 

हो मन,

कोमल हुन्छ , मुलायम हुन्छ,

मन

फूलको धारले रेटिने ,

छालमा मेटिने

पनि हुन सक्छ .

अथाह पीडा, अनगिन्ति बेदना अटाउने सक्ने

आँशुको सागर भित्र भित्रै लुकाउने सक्ने

आमाको कोख कस्तो बेमिशाल

मातृत्वको स्नेह जस्तो बिशाल

हुन्छ मन .

कसैले दुखाउदैमा दुखीरहने

मन यति साह्रो कमजोर हुन्न,

कसैले चुकचुकाउँदै  सुकी झर्ने

मन यति खुकुलो गठजोड हुन्न .

 

तर मन अमिलो अंगुर हुन सक्दैन

तर मन नाजुक र भंगुर हुन सकदैन


सजिलै टुक्रिन्छ भने

सजिलै जोडिन्छ  भने

अबश्य पनि त्यो मन

पहिलेई चर्किसकेको  मन हुनु पर्छ,

तन र धनले लेपेको  मन हुनु पर्छ .

हो, बदनलाई माया गरेर मुनाको मदन हुँ भन्नेहरुको

मन मिल्ने भन्दा धन मिल्ने खोजी हिड्ने

एक पछी अर्को रोजी हिड्ने सीता साबित्रिहरुको

भने मन नै हुँदैन ...

फगत रगत तान्ने र फाल्ने

जिउदो छु भन्ने प्रमाणरुपी

एउटा मुटु हुन्छ, बस एउटा मुटु हुन्छ .

 

 * भंगुर = Brittle 

 *नाजुक= Fragile 

 

Last edited: 15-Jul-13 10:48 AM
Karnali Blues
· Snapshot 59
Like · Liked by · 0
Kudos thuldai. Tapaiko mann chune kabita le mero pani mann choyo..
samvoo
· Snapshot 92
Like · Liked by · 0
 सजिलै टुक्रिएर जोड्ने मन ...पहिलेनै चर्किसकेको हुनुपर्छ /  वाह..वाह ...मन मात्रै होइन मेरो त मुटु नै चर्कायो /मुरी मुरी धन्यवाद कबि राहुल जी लाई/ 
Geology Tiger
· Snapshot 152
Like · Liked by · 0
गजब ठुल्दाइ ..
बिहान बिहान ठुल्दाइको कविता के पढेको थिए
अहिलेसम्म पनि मसँग 'मन' छ कि 'मुटु' छ भन्ने कुरा पत्ता लगाउने कोशिसमै छु ...
 
Bhaktey
· Snapshot 247
Like · Liked by · 0
 वाह ठुल्दाइ ..बेजोड प्रस्तुति ...अन्तिममा त सटिक गयो झन् !!
ThahaChaena
· Snapshot 301
Like · Liked by · 0
 अन्तिम केहि पंग्ति ले सारा कबिताको अर्थ निचोड्यो जस्तो लाग्यो.... राम्रो लाग्यो ठुल्दाई हजुरको कविता...
 
- थाने भाइ 
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 84 · Viewed 21653 · Likes 20
· Posts 1 · Viewed 80
· Posts 1 · Viewed 66
· Posts 16 · Viewed 1160
· Posts 2 · Viewed 234 · Likes 1
· Posts 12 · Viewed 1617
· Posts 2 · Viewed 260
· Posts 3 · Viewed 268
· Posts 1 · Viewed 103
· Posts 1 · Viewed 84



Your Banner Here
Travel Partners
Travel House Nepal