ज्ञानेन्द्र शाह माथी चप्पल प्रहार !!! - Sajha Mobile
SAJHA MOBILE
ज्ञानेन्द्र शाह माथी चप्पल प्रहार !!!
Posts 10 · Viewed 8376 · Likes 2 · Go to Last Post
ashishme
· Snapshot 0
Like · Likedby · 0
राजविराज स्थित होटेल स्टार डिलक्सबाट निस्केका पूर्व राजा सहितको टोलीमाथि विद्यार्थी संगठनहरुले होटल बाहिर ढुङ्गामुढा गर्नुका साथै चप्पल हानेका हुन्। पूर्वराजाको सप्तरी बसाइँमा विद्यार्थीहरुले लफडा गरेपछि पूर्वराजाले सोमवार साँझ राजविराजको राजदेवी मन्दिरमा गर्ने भनिएको पूजा हुन सकेन। भोलि बिहान सो मन्दिरमा उनी जाने बताइएको छ। विद्यार्थीहरुको चर्को विरोधकाबीच सोमवार बिहान सप्तरी सदरमुकाम राजविराज आइपुगेका पूर्व राजा शाहलाई सप्तरीमा भव्य स्वागत गरिएको छ। सदरमुकाम राजविराज सहित जिल्लाका विभिन्न चोक सयौको संख्यामा जम्मा भएका राजावादी तथा सर्वसाधारणले शाहलाई फुलमालाले स्वागत गरेका हुन्। जिल्लाको कदमाहा, कडरबोना, कुसहा, कल्याणपुर, कठौन, शम्भुनाथ, रुपनी, तोपा, हनुमाननगर, योगिनियाँ, भारदह, रुपनगर, कञ्चनपुर, सहित राजमार्गका विभिन्न चोकहरुमा पूर्व राजा र राजपरिवारको पक्षमा नाराबाजी गर्नेहरुको ठूलो उपस्थिति थियो।

आफू चढेको गाडी आफै चलाएका पूर्व राजाले समर्थकहरुलाई पूर्ण उत्साहका साथ हात हल्लाउँदै गरेको देखियो। समर्थकहरु उभिएका प्रत्येक चोकहरुमा उनले गाडि रोकेर आफ्ना प्रशंसकहरुको फूलमाला सहितको स्वागत तथा अभिनन्दन स्वीकार गरेका थिए।




http://www.facebook.com/profile.php?id=100004456844135&hc_location=stream
ashishme
· Snapshot 30
Like · Liked by · 0
http://bestnepalisite.com/?p=1849
grgDai
· Snapshot 224
Like · Liked by · 0
He should be allowed to go anywhere he wants freely as a Nepali citizen. These miscreants are all hired goons from the governing body who feel threatened by the ex king.
Tmobile
· Snapshot 726
Like · Liked by · 0
 

५० रुपैयाँका लागि ज्ञानेन्द्रलाई चप्पल हाने किशोरले


२९ जेठ, काठमाण्डौं । पूर्वाञ्चल भ्रमणमा हरेका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि चप्पल फ्याँक्न आफूलाई केही व्यक्तिले उक्साएको बयान पक्राउ परेका किशोरले प्रहरी समक्ष दिएका छन् । प्रहरी स्रोतका अनुसार १४ बर्षका ती किशोरलाई पूर्वराजामाथि चप्पल फ्याँक्न ५० रुपैयाँ दिएको र स्थानीय होटलमा खानाको व्यवस्था गरिएको थियो ।

उमेर सानो भएका कारण प्रहरीले ती किशोरको नाम भने सार्वजनिक गरेको छैन् । तर घटनामा संलग्न व्यक्तिको विषयमा जानकारी पाइसकेको प्रहरीले बताएको छ । पूर्वाञ्चल भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्रमाथि राजविराजमा सोमबार ती किशोरले चप्पल फ्याँकेको अन्नपूर्ण पोष्टमा खबर छ ।

ashishme
· Snapshot 815
Like · Liked by · 0
महान शाह बंसको जाबो ५ ० रुपीया को पनी हैसीयत रहेन अब …. ह हा हा .... डाकाहरुको सन्तान न पर्यो
Tmobile
· Snapshot 854
Like · Liked by · 1
डाका त तेरो बाउ प्रचडे पो हो, हत्यारा.
instagram
· Snapshot 947
Like · Liked by · 1
अशिमे त मान्छे होस?
देस तहस नहस पार्ने देस द्रोही हरु को दलाली गर्दै हिद्छस । त प्रचंडे को नाजायेज संतान हुन पर्छ ।
Patan
· Snapshot 979
Like · Liked by · 0
आशिष्मी मान्छे होइन मावोबादी हो

Dv kumar
· Snapshot 1169
Like · Liked by · 0
Gyane should have rights like any other Nepalese citizen.
timi_mero_sathi
· Snapshot 1198
Like · Liked by · 0
 हत्तेरिका कति कपी गर्या, जर्ज बुश लाई जुत्ता हानी पछि सबै ले जुत्ता हान्ने पर्ने? क्रियेतिव हुन कहिले जान्ने ? अरु  ले जे गर्यो तेही कपि गर्नी ? फुल ले हान्या भे नि हुन्थ्यो   
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 535 · Likes 1
· Posts 4 · Viewed 903 · Likes 3
· Posts 17 · Viewed 1492 · Likes 1
· Posts 11 · Viewed 542
· Posts 3 · Viewed 179
· Posts 1 · Viewed 102
· Posts 1 · Viewed 76
· Posts 1 · Viewed 127
· Posts 3 · Viewed 392 · Likes 1
· Posts 6 · Viewed 617



Your Banner Here
Travel Partners
Travel House Nepal