कान्तिपुरका मालिकको थप गोरखधन्दा : कल बाइपासमा संलग्नता - Sajha Mobile
SAJHA MOBILE
कान्तिपुरका मालिकको थप गोरखधन्दा : कल बाइपासमा संलग्नता
Posts 2 · Viewed 4809 · Go to Last Post
ashishme
· Snapshot 0
Like · Likedby · 0

कान्तिपुरका मालिकको थप गोरखधन्दा : कल बाइपासमा संलग्नता

डिएफआईडीबाट लाखौं डलर पनि कुम्ल्याए
 
 

खिलबहादुर भण्डारी/अर्जुन पन्त

Kailashकाठमाडौं, माघ २६ – कान्तिपुर पब्लिकेसनका मालिक कैलाश सिरोहियाका दर्जनांै गोरखधन्दामा अरू धन्घा पनि थपिएका छन् । अनेको धन्दा गरेर अर्बांै रुपैयाँ कमाएका सिरोहियाले देशलाई लुटने अर्को खेल खेलेको पनि रहस्य पत्ता लगाएको छ ।

प्रहरीको केन्द्रीय जाँच ब्युरो सीआईबी स्रोतका अनुसार कैलाश यस्तो काण्डमा मुछिएका थिए । अहिले एआईजीमा रहेका राजेन्द्र सिंह भण्डारी डीआईजी हुँदा सीआईबीमा गएपछि भारतको जस्तै सीआईबीको योजना बनाएका थिए । त्यहाँ उनले दुई वर्षभन्दा बढी काम गरे । त्यही समयमा सरकारले कल बाइपाससम्बन्धी अनुसन्धान गर्न भनेको थियो । यही क्रममा सिरोहियाले तीनकुनेस्थित कान्तिपुरकै छतमा मेसिन राखेर कल बाइपास गरेको भेट्टिएको थियो । प्रहरी स्रोतका अनुसार कैलाशका आफ्नै साढुभाइ पर्ने राजेन्द्र सिंहले तत्काल कल बाइपासको काम रोक्न आग्रह गरेका थिए । शान्तिनगर लोकेसनमा कल बाइपास भेटिएको थियो । पछि खोज्दै जाँदा कैलाशले चलाएको पत्ता लगाएको थियो । राजेन्द्रले आग्रह गरेपछि रातारात कैलाशले मेसिन हटाएको प्रहरी उच्च स्रोत बताउँछ । झन्डै एक वर्ष कैलाशले कल बाइपासको गोरखधन्दा चलाएको एक उच्च प्रहरी अधिकारीले जनआह्वानलाई बताए । कल बाइपासको कारबाहीबाट बचाएकोमा कैलाशले राजेन्द्रमान सिंहलाई आईजीपी बनाउन लबिङ गरेका छन् । सिंहको घर बैतडी हो । पूर्वपञ्च लोकेन्द्रबहादुर चन्दको मित छोरा हँु भन्दै पञ्चहरूबाट पनि मेरो साथ सहयोग हुन्छ भन्दै सिंह हिँडिरहेको चन्द निकट स्रोत बताउँछ ।

उता, डीएफआईडीबाट लाखांै डलर लिएर सञ्चालन गरिएको बीबीसीको साझा सवाल कार्यक्रम एक दिन ब्ल्याक आउट गरेपछि कान्तिपुर टिभीमा व्यापक हल्ला भएको छ । आफ्नो हितमा नरहेको भन्दै टिभीले कार्यक्रम सो गरेन । यसै कारण यूकेले कान्तिपुर टिभीलाई कालोसूचीमा राखेको लैनचौरस्थित ब्रिटिस दूतावास स्रोत बताउँछ । कैलाशका छोरा सम्भव सिरोहियासहित ७ जनाले यूके लागि आवेदन दिएका थिए । अरू ६ जनाले भिसा पाए पनि कैलाशका छोराले भने भिसा पाएनन् । सम्भवले नेपलास्थित ब्रिटिस स्कुलमा पढेका हुन् । छोरालाई बेलायत सरकारले भिसा नदिएपछि कैलाश पनि बर्बराएका थिए । टिभीहरूलाई बलियो बनाउने भन्दै कैलाशले डीएफआईडीबाट १० लाख डलर लिएको पनि स्रोत बताउँछ । त्यो रकममा आरके मानन्धरलाई ७० हजार डलर, भास्करलाई ३५ हजार डलर दिएर अरू सबै रकम आफंै कुम्ल्याएको स्रोत बताउँछ । १० लाख डलर झ्वाम पार्न कान्तिपुरले टुँडिखेलमा परिवर्तन सम्भव छ भन्दै मानिसहरू भेला पारेको थियो । उक्त गुप्त योजनाबारे स्वयं त्यहाँ कार्यरत पत्रकारहरूलाई समेत थाहा थिएन । उक्त कार्यक्रम कान्तिपुर आफैंले गरेको बताए पनि त्यही १० लाख डलर लिएर कार्यक्रम गरेको स्रोतले बतायो । डलरका कारोबारी रहेका कैलाशको मानवअधिकारवादी कनकमणि दीक्षितहरूसँग किन साँठगाँठ हुँदोरहेछ भन्ने कुरा यस्तो तथ्यले थप पुष्टि गरेको छ । कैलाशले गरेका हर्कतका कैयांै इमेल जनआह्वानलाई प्राप्त भएका छन् । पछिल्लो एक इमेलमा उनलाई एक महिलाले गम्भीर आरोपसमेत लगाएका छिन् ।

सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरी पनि कल बाइपास काण्डमा मुछिएका थिए । उनी त्यसलगत्तै फरार भएका छन् ।

DCGirl
· Snapshot 193
Like · Liked by · 0

If you start scrutinizing all the businesses all over the world, there is not a single business that is done 100% legally.

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 468 · Likes 1
· Posts 4 · Viewed 854 · Likes 3
· Posts 17 · Viewed 1446 · Likes 1
· Posts 11 · Viewed 490
· Posts 3 · Viewed 162
· Posts 1 · Viewed 93
· Posts 1 · Viewed 74
· Posts 1 · Viewed 118
· Posts 3 · Viewed 386 · Likes 1
· Posts 6 · Viewed 609



Your Banner Here
Travel Partners
Travel House Nepal