प्रतिक्रियाबादी शक्ति -२ - Sajha Mobile
SAJHA MOBILE
प्रतिक्रियाबादी शक्ति -२
Posts 9 · Viewed 7676 · Likes 4 · Go to Last Post
jhaukiri
· Snapshot 0
Like · Likedby · 3
 प्रतिक्रियाबादी शक्ति -२ 
 
प्रतिक्रिया सुनौ --
बितेका मानिस, 
बितेका कुरा गर्छन..
जितेका कुरा गर्छन ..
हारेका कुरा गर्छन.. 
झारेका  कुरा गर्छन ..
रुन्छन.. 
करौछन..
चिचौउछन ..
एकलव्य बनेर 
औंला काट्छन 
र रगत बाँड्छन !!
 
मन दुख्छ |
गोलि चल्यो 
र मान्छे मरे ......
श्रीपेच  तलको जुम्रा बनेर मरे
परिबर्तनको दिन गनेर मरे 
जो बाँकी छन्, कुरा गर्छन 
छुरा गर्छन ...
यता पट्टिबाट...उता पट्टिबाट
फलामको गोली ...
चिर्पटको साम्लो ....
एक तारा बोकेर मोर्ने, 
चार तारा घोकेर मर्ने ,
हलोले घोचेर, 
सुर्यले पोलेर मोर्ने 
सब खरानी भए 
जो बाँकी छन्..... कुरा गर्छन 
कुरा मात्र गर्छन !!
 
रिस उठ्छ,
कसको दोष?
कस्तो लहड ?
सपनाका कुरामा झोकीदै हिड्ने 
चेतनाका कुरामा रोकिदै हिड्ने 
नेपाल खाल्डोका  भेडाहरु 
आफ्नालाई मारेर बीर भए 
आफ़्नाबाट मारिएर शहिद भए 
जो गए .........गए ..
जति  बाँकी छन्..... कुरा गर्छन 
कुरा मात्र गर्छन !!
 
हाँस उठ्छ,
के भयो ?
के होला ?
कसले गर्छ ?
ती जो घांटी रेटेर अगाडी आए 
ती जो भेंडा टेकेर अगाडि आए 
पछि रहेका जति छन् ..
बाँकी भएका  जति छन् ...
कुरा गर्छन...
कुरा मात्र गर्छन !!
 
 
 
Last edited: 17-Jan-13 05:15 PM
Rahuldai
· Snapshot 46
Like · Liked by · 0
 वाह ! वाह ! वाह !!
 
उत्कृष्ठ कबिता . शालीन शब्दहरुमा सटिक ब्यङ्ग, यथार्थ चित्रण . 
ThahaChaena
· Snapshot 62
Like · Liked by · 0
 झ्यौकिरी जी , अघिल्लो कविता मैले साएद सिधा हेरिछु अनि तेही मन बनाएर पढीछु  तेसैले तेस्तै भुझेछु.... आखिर यो संसार आफु र आफ्नो मनले जस्तो बुझ्न खोज्यो, जस्तो देख्न खोज्यो तेस्तै बुझिने ,तेस्तै देखिन न हो हैन र  . नबुझेको मा माफी चाहन्छु .
 
यो कविता चै पक्का बुझें , मन नि पर्यो . ठुल्दाईले भने झैं "शालीन शब्द , सटिक व्यंग्य" अनि ओझिलो शब्दमा चोटिलो व्यंग्य र बोझिलो बास्तबिकता पस्किनु भो . मन पर्यो ... अझै पढ्न पाउँ है ....
 
- थाने
aman
· Snapshot 110
Like · Liked by · 0
great
jhaukiri
· Snapshot 174
Like · Liked by · 0
 Thanks guys!!
Geology Tiger
· Snapshot 176
Like · Liked by · 1
जन्मदिनको शुभकामना!
देशभरी खग्रास ग्रहण कायम रहेको बेला
यिनै जुनकिरीहरुको पिलिक पिलिक
र झ्याउकिरीको झ्याउ झ्याउ माथि आशा छ ।
ThahaChaena
· Snapshot 199
Like · Liked by · 0
 लौ झ्यौकिरी जी को जन्मदिन आज ? अब जितु दाइले भनेसी होला नी त ..... ल झ्यौकिरी जी जन्मदिनको सुभकामना
_____
· Snapshot 204
Like · Liked by · 0
अहिले सम्म ६ जना प्रतिक्रियाबादी देखियो 

Happy Bday, from me too
jhaukiri
· Snapshot 274
Like · Liked by · 0
"Geology Tiger " लगायत सबैलाई मुरी मुरी धन्यबाद !!!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 2337 · Likes 3
· Posts 1 · Viewed 94
· Posts 1 · Viewed 84
· Posts 4 · Viewed 462
· Posts 1 · Viewed 116
· Posts 1 · Viewed 107
· Posts 1 · Viewed 231
· Posts 6 · Viewed 844
· Posts 1 · Viewed 209
· Posts 1 · Viewed 395



Your Banner Here
Travel Partners
Travel House Nepal