तिम्रो र मेरो - Sajha Mobile
SAJHA MOBILE
तिम्रो र मेरो
Posts 9 · Viewed 10019 · Likes 16 · Go to Last Post
Rahuldai
· Snapshot 0
Like · Likedby · 12
 तिम्रो र मेरो ..........

याद नै रहेछ जिन्दगीमा मिठो तिम्रो र मेरो

प्यार मात्र साँचो बाँकी सब झुठो तिम्रो र मेरो

 

बिछोडमा छटपटीएर बिते कति दिन रातहरु

मिलनका म्वाईहरु हुन्नन जुठो तिम्रो र मेरो

 

जल्नेहरु धेरै देखें, जलाउनेहरु पनि अनिगिन्ती

जलाउदैमा अन्त्मियता हुदैन ठुटो तिम्रो र मेरो

 

यात्रा न हो जीवन काँडा टेक्यौं, फूल सिउरियौ

भए सब मिठो पिठो, पलहरु तितो तिम्रो र मेरो 

ThahaChaena
· Snapshot 3
Like · Liked by · 0
 याद नै रहेछ जिन्दगीमा मिठो तिम्रो र मेरो
प्यार मात्र साँचो बाँकी सब झुठो तिम्रो र मेरो
 
वाह !! वाह !! ठुल्दाई 
Pakeetmaar
· Snapshot 3
Like · Liked by · 1
 Pratikshya ma adkeko dhadkaan Ma premi haruko,
Sangeet gujcha bhawana ko layee ma timro ra mero
Amazing
· Snapshot 39
Like · Liked by · 0
 धेरै राम्रो ठुल्दाइ ..
mulmiz
· Snapshot 52
Like · Liked by · 0
 सहि भन्नु भो दाई "जलाउदैमा अन्त्मियता हुदैन ठुटो तिम्रो र मेरो"
ThahaChaena
· Snapshot 139
Like · Liked by · 1
 समयको ताप र परिस्थितिको सनासोबाट च्यापिएको माया ,
प्रितको राप अनि बिश्वासको ओज मा दरिलो भयो तिम्रो र मेरो 

आँशुको बलेसी र समाजको चुलेसीमा रेटिएको प्रेम ,
आस्थाको कसी र रगतको मसि मा कुँदिएको साईनो भयो तिम्रो र मेरो 

<<माफ पाम है ठुल्दाई, नमिले पनि अलिकति आफ्नै थापें . >>

- थाने
KAPID
· Snapshot 204
Like · Liked by · 0
 लु धेरै पछि ठुल्दाई को पोस्ट पढ्न पाइयो ! 
नेपाली परिवेश मा हुर्कियको यो जीवन अमेरिकन परिवेश मा संगर्ष गरि रहेयको छ. 
ठुल्दै को मीठो कविता पढ्दै बिगत को क्षण लै मानसपटल मा घुमाई रहे को छ /
 
Geology Tiger
· Snapshot 277
Like · Liked by · 1
बाँधिए कतिसँग अनि चुँडिए पनि सम्बन्धका धागाहरु
कहिल्यै नटुट्ने सम्बन्ध बलियो एउटै रहेछ तिम्रो र मेरो

मैले पनि एउटा थपे 
 
timi_mero_sathi
· Snapshot 425
Like · Liked by · 0
 म भन्दा अनी तिमि भन्दा 
मेरो अनि तिम्रो  चाहना भन्दा 
खै कुन्नि कसरि हो धेरै अगाडी छ यो सम्बन्ध 
 
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 25 · Viewed 1467 · Likes 4
· Posts 2 · Viewed 162
· Posts 13 · Viewed 3373 · Likes 6
· Posts 8 · Viewed 2499
· Posts 23 · Viewed 7212 · Likes 1
· Posts 2 · Viewed 164
· Posts 10 · Viewed 2279
· Posts 1 · Viewed 89
· Posts 1 · Viewed 80
· Posts 69 · Viewed 13696 · Likes 15



Your Banner Here
Travel Partners
Travel House Nepal