२४ बर्षे ठिटोले आमा घरका बृद्धबृद्धालाई साढे दुई लाखका कपडा दिए - Sajha Mobile
SAJHA MOBILE
२४ बर्षे ठिटोले आमा घरका बृद्धबृद्धालाई साढे दुई लाखका कपडा दिए
Posts 10 · Viewed 5976 · Likes 5 · Go to Last Post
_____
· Snapshot 0
Like · Likedby · 3
 २४ पुस, काठमाण्डौ । हङकङमा कार्यरत एक नेपाली युवाले राजधानीको रविभबन स्थित आमा घरका आमाहरु तथा अनाथबालबालिका लाई मंगलवार न्यायो कपडा उपहार दिए । बिगत ६ बर्षदेखि हङकङमा रहेर हेयर स्टायलिष्ट तथा मेकअप आर्टिष्टको रुपमा कार्यरत २४ बषिर्य संन्जय लिम्बुले मंगलबार त्यहाँ गई कपडा प्रदान गरेका हुन ।

सामाजिक कार्यमा समेत बिशेष सुची राख्दै आएका लिम्बुले आफनो कमाइएको केहि पैसा बचाएर आश्रममा रहेका आमा तथा बालबालिकाहरुलाई कपडा प्रदान गरेको बताए ।

उनले कपडा बितरण गर्नुका साथै त्यहाँ रहेका सबैलाई खाना समेत खुवाएर साढे दुई लाख रुपैयाँ बराबरको सहयोग गरेका छन । प्रख्यात युवा हेयर स्टायलिष्ट लिम्बुले बृद्धबृद्धा तथा अनाथ बालबालिकाहरुलाई आज बितरण गरेका ती सबै कपडा हङकङबाट नै ल्याएको बताएका छन ।आमा घरमा रहेका आमाहरुको पनि आमाको रुपमा भूमिका निर्बाह गर्दै आउनु भएका दिल शोभा श्रेष्ठले गर्नु भएको मानबिय सहयोगका कार्यबाट निकै प्रभाबित भएका लिम्बुले आगामी दिनमा पनि आफुले सक्दो सहयोग गर्दै जाने प्रतिबद्धता जनाएका छन ।

सो अबसरमा आमा घरकी सञ्चालीका श्रेष्ठले एक जना युवाले यसरी आफ्नो एकल प्रयासमा आमाहरुलाई गरेको सहयोग प्रति खुशी ब्यक्त गर्दै सबैले यसरी नै सहयोग गरेको खण्डमा कुनै पनि आमा तथा बालकालिकाहरुले बाटोमा बस्नु पर्ने थिएन् भन्नु भयो । साथै उहाँले आफुलाई अहिले सबै भन्दा बढि ठाउँको अभाब भएको भन्दै पर्याप्त स्थान भएको खण्डमा आमाको यो घर अझै ब्यबस्थित हुने उहाँको भनाई थियो ।

राजधानीमा केहि दिन यता निकै चिसो बढदै गएको अबस्थामा लिम्बुले प्रदान गरेका कपडाले आमाहरुलाई केहि भए पनि राहत भएको श्रेष्ठले बताउनु भयो । हुने खाने त् तातो न्यायोमा बस्लान तर नहुनेका लागी भने जाडोको यो मौसम अभिसाप बन्ने गरेको छ ।बिभिन्न सञ्चारमाध्यम बाट खबरहरु बाहिर आएपछि आमा घरलाई बिभिन्न सघं संस्था तथा ब्यक्तिहरुले सहयोग गर्ने क्रम बढदै गएको छ । हाल आमा घरमा बृद्धा तथा अनाथ बालबालिका गरि ९२ जना रहेका छन ।

 
Kiddo
· Snapshot 54
Like · Liked by · 0
That's nice but isn't there a little too much of publicity going on?
Rudramati
· Snapshot 91
Like · Liked by · 0
ठिकै छ गर्न त गर्यौ तर येत्रो धेरै पब्लिसिटी किन......आमाघरलाइ त सप्पैले दिरहेकाछन.... काठमाडौँमा नै छ......... दिनुभो ठुलो मन ठुलो कर्म गर्नु भो तर बरु सप्तरी/तराइ तिर दिएको भए पनि हुने नि भन्न खोज्य ..... सप्तरीमा मात्र पछिल्लो १५ दिनमा जाडोले २० जना मरिसके... ति न्यानोमा रमौथे कि भन्न खोज्य मात्र.... अन्यथा नलिनुस ल सोल्टी ....
_____
· Snapshot 91
Like · Liked by · 0
 Yeah, but it is  positive publicity, this type of publicty does no harm. It may inspire others, some people love publicity so they will donate just for the sake of publicty.

By now she may have collected 30 Lakh rs. But that will be enough for 2-3 yrs. Look at the age of the guy, at 24, he donated approx 3000$ thats great.  
Last edited: 09-Jan-13 08:07 PM
metta
· Snapshot 382
Like · Liked by · 2
If you can't help, please stop criticizing for the ones helping. If you want to help in the other areas you pointed, why don't you start by helping instead of lecturing?

Criticism has a limit. You don't care what Baburam is saying and doing by protecting the criminals who confessed of their own guilt and were ready to serve the sentences. Yet, you find time to criticize the people helping for the noble cause. Shame on us; shame on our way of thinking! I agree with your view that people outside valley need more help; but media hasn't talked much about them and people don't know where to help. This cause has inspired people to help Dil Shobha, and we need more good-hearted people like Dil Shobha and we need to know more stories. Let's try to be help instead of pulling legs of people who're helping. Is jealousy playing some part here?
sherlock
· Snapshot 505
Like · Liked by · 0
This fella did something I've been planning on doing during my next trip to Nepal. 

Thanks for sharing. 
intelligentguy
· Snapshot 678
Like · Liked by · 0
Good job fella
Kiddo
· Snapshot 718
Like · Liked by · 0
@metta
Please don't criticize US without understanding what we are talking about either. As much as you have the right to criticize us, we have the right to do that about anybody else.
You talked about Baburam, do you even know our stance on him? What if we showed you our criticism of his doing? Why is that even relevant?

Now about the criticism; I don't think we were being too harsh. This is a good job that the kid did; but the way it is printed and showed, the publicity part could have been tad lowered. I know of many people who have done the same for many vridrasham and don't go seek recognition for that. I don't find it wrong even if you want some recognition for it; whatever the reason you are doing a good thing for is, it still is a good thing. We aren't criticizing the good thing he did, only questioning the amount of publicity that went to it.

I agree with _______. it's a positive publicity and we can all encourage this. I am not one of those who doesn't do anything of his own but criticizes what others have done; but I will speak if I see other motives...good or bad.
Rudramati
· Snapshot 743
Like · Liked by · 0
metta जी ,
किन तेस्तो रिसाउनु भाको , तेस्सै भड्केर लौ बिथ्थामा तपाइको अनुहार रातो भो ल हेर ......
हाम्ले भन्न खोजेको दोनेट गरेर नराम्रो गर्नु भो भनेको हैन नि किन अन्यथा लेको तपैले ... Kiddo जी ले भनेको जस्तो हजुरलाई थाहा छ कि छैन पशुपति बृध्धाश्रममा हरेकदिन कती नेपाली नेपालमै रहेर सेवा र सकेको पैसा-खान दिनुह्न्चा तर पब्लिसिटी त गर्दैनन् त मैले त्यहाँ १ बर्ष भोलेंटर गर्दा थाहापाको..... यहाँ किन येति धेरै चर्चा पो भनेको त ... एउटा पुरानो नेपाली कथन छ नि दान दिदा दाहिने हातले दिंदा देब्रे हातले थाहा नहुने गरि दिनु रे..............राम्रो काम को क्रितिसैज त मैले गरेको हैन त सोल्टी ...... राम्रो काम आफैमा राम्रो कसैले कुरो गरेनी नगरेनी हैन र भन्या ... हजुरलाई थाहै होला साएद तराइमा हिजो सम्ममा २० जनाको जाडोले कथ्यान्ग्रेरा ज्यान गयिसक्यो .... मेडिया मा नै छ .. मदत कहाँ धेरै जरुरि छ त्यहाँ पो दिने हैन र ? जहाँ पहिले भरि छ त्यहाँ फेरी थप्यो भने त पोखिंचा नि हैन र ? हो आमाघरलाइ पनि दिनापर्चा तर अहिलेको आजको जरुरत त आमाघर भन्दा तराई पो हो कि हैन र ?
bairagiKancho
· Snapshot 851
Like · Liked by · 0
criticizing the critics is also a criticism!! - my two cents
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 12 · Viewed 1804
· Posts 4 · Viewed 776
· Posts 1 · Viewed 86
· Posts 1 · Viewed 96
· Posts 1 · Viewed 313
· Posts 3 · Viewed 4595
· Posts 1 · Viewed 178
· Posts 1 · Viewed 178
· Posts 6 · Viewed 2925
· Posts 1 · Viewed 543



Your Banner Here
Travel Partners
Travel House Nepal