कुन देश पढेका डाक्टर बढी फेल ? - Sajha Mobile
SAJHA MOBILE
कुन देश पढेका डाक्टर बढी फेल ?
Posts 10 · Viewed 8325 · Likes 1 · Go to Last Post
kittys
· Snapshot 0
Like · Likedby · 0

काठमाडौं, पुस ८ - मुलुकमा चिकित्सा पेसा सञ्चालन गर्न अनुमति माग्ने २८ प्रतिशत डाक्टर अयोग्य भएका छन् । नेपाल मेडिकल काउन्सिलले यसै साता लिएको चिकित्साशास्त्र र दन्त चिकित्सा (एमबीबीएस/बीडीएस) उत्तीर्ण डाक्टरलाई पेसा सञ्चालन गर्न दिने अनुमतिपत्रको परीक्षा परिणामले उक्त तथ्य देखाएको हो । नेपालसहित एघार मुलुकबाट एमबीबीएस/कबीडीएस उत्तीर्ण ७ सय ११ लाई परीक्षा लिँदा ५ सय १२ जना मात्रै उत्तीर्ण भएपछि यो भयावह स्थिति देखिएको हो । परीक्षामा फेल भएका १ सय ९९ डाक्टरमध्ये एक १ सय ६६ डाक्टर विदेशमा अध्ययन गरेका छन् । नेपालमै पढेका ३ सय ४१ एमबीबीएसमध्ये २० जना मात्र फेल भएका छन् । यस पटक विदेशमा पढेका तीन सय ३० जना डाक्टरले लाइसेन्स परीक्षाको माध्यमले आफ्नो योग्यता परीक्षण गर्न खोजेका थिए । चीनमा पढेकामध्ये ७६ प्रतिशत फेल भएका छन् भने रुस, बेलारुस, माल्दोवा, फिलिपिन्स र किर्गिस्तानमा अध्ययन पूरा गरेका कसैले पनि परीक्षा पास गर्न सकेनन् ।

काउन्सिलले एमबीबीएस पास गरेका चिकित्सकको गुणस्तरमा एकरूपता ल्याउन १३ वर्षदेखि 'चिकित्सक लाइसेन्स' परीक्षा लिँदै आएको छ । परीक्षामा चिकित्साशास्त्रका आधारभूत ज्ञानबारे प्रश्न राखिन्छ । काउन्सिलको परीक्षा उत्तीर्ण नगरी नेपालमा उपचार प्रक्रियामा संलग्न हुन पाइँदैन । 'लाइसेन्स नलिएकाको उपचार प्रक्रियाबाट कुनै बिरामीको मृत्यु भए ती डाक्टरमा 'मर्डर केस' चल्न सक्छ', काउन्सिलका अध्यक्ष डा.दामोदर गजुरेल भन्छन्, 'लाइसेन्स नलिएकाहरू डाक्टर होइनन्, पेसागत धर्म निर्वाह गर्न लाइसेन्स लिनै पर्छ ।' 'यस पटकको परीक्षामा हामीले २८ प्रतिशत डाक्टर चिकित्सा पेसा गर्न योग्य नरहेको ठम्यायौं, यस्ता परीक्षा नभएका भए यी चिकित्सकको उपचार प्रक्रियाले नेपाली समाजमा के हुने थियो सहजै अनुमान लगाउन सकिन्छ,' उनी बताउँछन् । काउन्सिलद्वारा लिइएको यो ३८ औं परीक्षा हो । विदेशबाट एमबीबीएस गरेका ३ सय ३० चिकित्सकमध्ये १ सय ६४ जना मात्र पास भए । चीनबाट एमबीबीएस गरेका १ सय ७८ जनामध्ये १ सय २९ जना फेल भए ।

यस पटक रुसबाट ८, किर्गिस्तानबाट ६, बेलारुसबाट दुई, फिलिपिन्सबाट दुई र माल्दोवाबाट एमबीबीएस गरेका दुई जना परीक्षामा सहभागी भए पनि सबै असफल भए ।

भारतबाट एमबीबीएस गरेका ११ मध्ये दुई जना फेल भएका छन् भने पाकिस्तानबाट एमबीबीएस गरेका ९ मध्ये दुई फेल भएका हुन् । बंगलादेशबाट अध्ययन गरेर परीक्षामा सहभागी एक सय ९ जनामध्ये १२ जना फेल भएका ह्न् ।

नेपालबाट स्नातक गरेका २० जना डाक्टरसमेत फेल भएका छन् । यसअन्तर्गत जनकपुर मेडिकल कलेजबाट एमबीबीएस गरेका १३ जनामध्ये ४, काठमाडौं विश्वविद्यालयका ७ जनामध्ये एक, नेपालगन्ज मेडिकल कलेजका ४० मध्ये ५, नेसनल मेडिकल कलेज वीरगन्जका २८ जनामध्ये दुई र नेपाल मेडिकल कलेज जोरपाटीका २७ मध्ये ८ जना फेल भएको काउन्सिलले जनाएको छ । दन्त चिकित्साका ४० जनाले परीक्षा दिएकामा १३ जना फेल भएका छन् । डेन्टलतर्फ पिपुल्स डेन्टल कलेजबाट अध्ययन गरेर परीक्षामा सहभागी १२ मध्ये ६, यूसीओएमएस, भैरहवाका ६ जनामध्ये २ फेल भएका छन् । बंगलादेशबाट डेन्टल पास गरेका ६ मध्ये एक र भारतबाट अध्ययन गरेका १४ मध्ये ४ जना फेल भए ।

यसअघि गत महिना काउन्सिलले चिकित्साशास्त्रका २५ विधामा स्नातकोत्तर गरेकाहरूका लागि विशेषज्ञ दर्ता प्रमाणपत्रका लागि लिएको विशेष परीक्षामा १३ चिकित्सक फेल भएका थिए । उनीहरूमध्ये ८ जना चीन, तीन जना फिलिपिन्स, एक जना रुस र एक जना नेपालबाट स्नातकोत्तर गरेका थिए । काउन्सिल अध्यक्ष डा.गजुरेलका अनुसार विदेशमा डाक्टरी पढ्न खोज्नेहरू प्लस टु पास गरेर जाने भए पनि त्यहाँ राम्ररी पढ्न पाठनको अभाव, जाँच प्रक्रियामा कमजोरी, प्रवेश परीक्षा नभएर मात्र पैसा तिर्न सक्ने पढ्न पाउनु, चिकित्सा अध्ययनमा नियन्त्रण नहुनुले यो भयावह परिणाम देखाएको हो । उनी भन्छन्, 'परीक्षा परिणाम हेरेर कम्तीमा भविष्यका चिकित्सकहरूलाई मिहेनत साथ पढ्न प्रेरणा दिने छ ।'

 



प्रकाशित मिति: २०६९ पुस ८ ०८:३६
 

sidster
· Snapshot 18
Like · Liked by · 0
In our school 3 out of 300 SLC students passed on second division and everyone else had 1st division score. Two of those Second Division guys are practicing doctors now in Nepal.

It makes perfect sense why there are so many failures. I am sure most of them are the second or third division students who became doctors by selling their fathers 6 ana land.
oh
· Snapshot 285
Like · Liked by · 0
it seems nepali dcotors passed the most

in otherway if nepali doctor are to take in exams in foreign land, they will also fail the most coz they dont know abt foreign style of education,
oh
· Snapshot 520
Like · Liked by · 0
sajha ma nepal padheko doctor chan ta?
thapar20
· Snapshot 724
Like · Liked by · 1

 @Sidster, you cannot judge someone’s capability solely by S.L.C's score. Though 2 of ur schoolmates passed in 2nd division in SLC doesn’t mean they are incapable of being a doctor. It's about the time and effort they put into the field. And also you should remove your thinking that medical students are the one who have high score in SLC and +2. 

 

sidster
· Snapshot 880
Like · Liked by · 0
Thapar....

They were not second devision just in the 10th grade...they had been the worse students since the 4th grade. They were always among the weakest students in the while highschool year..

The prior schooling score is a pretext for one's intellect and motivation for hard work. Now, there could be one or two in thousands who might excell in college after having a crappy school years but majority of them remain second and third division through out their acedemic lives.
 
Last edited: 25-Dec-12 08:59 AM
axl
· Snapshot 941
Like · Liked by · 0
Are you the 3rd one sidster ? Lol jk.
GeetMaiJawaafDiu?
· Snapshot 947
Like · Liked by · 0
<<<<     In our school 3 out of 300 SLC students passed on second division and everyone else had 1st division score   >>>

Siddhartha Vanasthali??

rahashya
· Snapshot 1013
Like · Liked by · 0
@geetmai
LOL....My thought exactly but it might be different school too.
sajhamitra
· Snapshot 1039
Like · Liked by · 0
Just having first division or distinction or board first doesn't mean that you are the best and all the second & third division are worst. I have seen people who once had distinction and later having crappy life. I have also seen people with third division and later doing remarkable things in the society.
Frankly saying, education system in Nepal doesn't touch student at all. I bet most of the student only get theoretical knowledge not the practical.
OR
It teaches you how to become a smartass genius but not how to become a good human being.
Sorry for the negativity.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 67
· Posts 1 · Viewed 62
· Posts 4 · Viewed 377
· Posts 1 · Viewed 94
· Posts 1 · Viewed 86
· Posts 15 · Viewed 2178 · Likes 3
· Posts 1 · Viewed 200
· Posts 6 · Viewed 805
· Posts 1 · Viewed 187
· Posts 1 · Viewed 364



Your Banner Here
Travel Partners
Travel House Nepal