दशैं को कथा कसैले बुझेनन, के गरुं? - Sajha Mobile
SAJHA MOBILE
दशैं को कथा कसैले बुझेनन, के गरुं?
Posts 6 · Viewed 10325 · Likes 3 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 0
दशैंको अवसर पारेर मैले एउटा कथा लेखेको थिएँ .. भिडियो पनि बनाएँ .. तर धेरैले बुझ्दै बुझेनन

खास दुर्ग भनेको किल्ला .. हो । एउटा केहि छिर्न नसक्ने किल्ला (दुर्ग) मा ९ ओटा ढोका छन । तिनै ९ ढोकालाइ नवदुर्गा भनेर पुजा गरिन्छ भनेर कथा लेखेको :

नाक को दुइ प्वाल कान को दुइ, आँखाका का दुइ प्वाल ६ ओटा ढोका भए
मुख एउटा, मलद्वार एउटा र पिसावफेर्ने मुत्रद्वार एउटा गरेर जम्मा ९ वटा प्वाल

यिनै प्वालबाट मात्रै रोग छिर्न सक्छन .. ति प्वाल नभएको भए त शरिर पुरै अभेद्य हुन्थ्यो ।
९ओटा कमजोरिहरु - ९ वटा दुर्गका कमजोरिहरु -- नवदुर्गा भए । तिनै प्वालहरुको पुजा गर्नु भनेको नवदुर्गाको पुजा गर्नु भनेको नै दशैंको - नव रात्रिको , नवदुर्गाको पुजा गर्नु हो भन्ने जानकारि दिन: 

बिर बुद्धि र आत्मराम महाराज पात्र बनाएर कथा बनाएको छु - यसरि, यहाँ अर्थ बुझाए जसरि अर्थ बुझाउँदै कथा  सुनाउन त मजा आएन .. अर्थ नबुझाएपनि बुझिने गरेर - लोककथा जस्तो पनि होस - शिक्षाप्रद पनि बनोस .. भनेको आइडिया नै आएन । 

लौ न .. सुझाव दिनुहोस् । सुझावको लागि अग्रिम धन्यवाद।

https://youtu.be/grraS-0JiqA
Last edited: 19-Oct-20 02:01 PM
AnandNepal
· Snapshot 129
Like · Liked by · 0
अरु सबै गर्न मिल्यो .. @ Nas नव दुर्गालाइ दश दुर्गा बनाउन मिलेन .. :(
Soumya-gulmohar tree
· Snapshot 224
Like · Liked by · 2
sabai kura bujhi sakey ta aba dherai bujhauda afai bhramit hunu bhayo :) . Bhayo arko katha shuru garnus Anandji! Ma niyamit roopma herne garchu tapaiko videos!
AnandNepal
· Snapshot 375
Like · Liked by · 0
Thank you @Soumya-gulomhar tree
testai laagyo ;)
AnandNepal
· Snapshot 560
Like · Liked by · 0
अब, पसिना आउने प्वालको पनि कुरा गर्न भएन @Nas ..

धार्मिक मान्यता अनुसार .. रोग ब्याधि शरिरमा प्रवेश गर्ने द्वार हरु ९ वटा मात्रै हुन .. तर, कट्टर हिन्दुहरुले देवि भगवतिको कुरा नगरेको भन्दै यो कथा "अधर्मिको कथा" भनेर बिरोध गरिरहेका रहेछन ।

तेसैले तिनिहरुको चित्त बुझाउन भनेर मैले "धार्मिक कथा" पनि लेख्न बाध्य भएँ ।
यति गर्दा पनि चित्त बुझाएनन भने मुलाहरुलाइ बाल .. हुन्त अर्को रावणको कथा त लेख्नै छ ;)
(जाँगर खासै छैन, अरु कसैले लेखेको कथा फेला पारें भने त्यहि पढिदिने हो !! ) ..


दशैंको देवासुर संग्राम को धार्मिक कथा यस्तो बन्यो :

https://youtu.be/gmih1TMk_VE
AnandNepal
· Snapshot 654
Like · Liked by · 0
श्लोक

आयुर् द्रोणसुते, श्रियों दशरथे, शत्रुक्षेयं राघवे।
ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानं च दुर्योधने।।
शौर्य शान्तनभे, बलं हलधरे, सत्यं च कुन्तीसुते।
विज्ञानं विदुरे, भवतु भवतां, कीर्तिश्च नारायणे।।

चार लाइनको यो श्लोकमा १२ ओटा आशिर्वाद रहेका छन ।

जयन्ति मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोsस्तुते ।।

यस्को अर्थ हुन्छ

जयन्ति, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा आदि नामले प्रसिद्ध तिमीलाई नमस्कार छ।

यि साबै देवीहरुका नामहरु हुन । महिलालाइ अनेक देवि हरुको एकाकार स्वरुप भएको हुनाले ति सबै देविहरुलाइ जसरि पुजा गरिन्छ त्यसै गरि पुजा गर्दछु भनिन्छ। देविहरु आँफैमा पुर्ण हुने हुनाल् उनिहरुलाइ यस्तो होस् उस्तो होस् भनेर आशिर्वाद पनि दिनु आबश्यक छैन भन्ने मान्यताका कारण यो छोटो श्लोकमात्रै भन्ने गरिएकोछ भने आशिर्वाद दिनको लागि छुट्टै लामो श्लोक पनि भन्ने चलन छ । (यो मेरो ब्यक्तिगत बिश्लेषण हो)

दुइटा प्रष्ट गल्ति भएछन -
१) संजयले live टेलिकाष्ट गरेको बिदुर भनेंछु
२) अनि राघव भनेको राम हुन - कृष्ण भनेको छु ..
अरु गल्ति भए भनिदिनुहोला ..

https://www.youtube.com/watch?v=_sNxo8qSNZQ

अनि दशैं कसरि शुरुभयो होला भन्ने मेरो अनुमान:

https://www.youtube.com/watch?v=tr0WxjTzMoc
Last edited: 24-Oct-20 10:45 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 532
· Posts 15 · Viewed 4370 · Likes 2
· Posts 1 · Viewed 379
· Posts 2 · Viewed 730
· Posts 1 · Viewed 407
· Posts 1 · Viewed 347
· Posts 1 · Viewed 353
· Posts 3 · Viewed 1138
· Posts 2 · Viewed 781
· Posts 1 · Viewed 400



Travel Partners
Travel House Nepal