सचिब अर्जुन दाईको श्रीमती को हत्या भएछ ( दुखद ) - Sajha Mobile
SAJHA MOBILE
सचिब अर्जुन दाईको श्रीमती को हत्या भएछ ( दुखद )
Posts 7 · Viewed 8215 · Go to Last Post
SSK
· Snapshot 0
Like · Likedby · 0
https://www.youtube.com/watch?v=8ovh52xyRVk
logan
· Snapshot 842
Like · Liked by · 0
कुनै बेला लप्टन कार्कीकी श्रीमती को अहिले सचिब कार्कीकी श्रीमतीको असमायिक निधन |
दिबंगत आत्माले शान्ती पाओस , बिधुरले सहन शक्ति पाउन|
अमेरिका तिर यस्तो घटना मा पहिलो चरणमा शंका spouse तिर लक्ष्य गर्छ हैन !
SSK
· Snapshot 1819
Like · Liked by · 0
जनआस्था लेक्छ-
कामदारमा महिला अंगप्रतिकाे आशक्ति- प्रहरी स्रोतका अनुसार यो हो सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्याको कारण।
सोमबार बिहान पूर्वसचिव कार्की पशुपतिनाथ जान्छु भनी घरबाट निस्किएका थिए। फर्किंदा पत्नी मुना रगताम्य भएर भान्सामा ढलेकी थिइन् भने कामदार विजय चौधरी अर्कातिर लमतन्न परेका थिए।
सीसीटीभी फुटेजअनुसार विजयले मुनालाई प्लास्टिकको पिर्काले टाउकामा आक्रमण गर्नुअघि फ्लोरमा पर्खिएर बसेका थिए।
विजयले मुनालाई केही भन्न खोजेको र मुनाले केही अस्वीकार गरेजस्तो हाउभाउ फुटेजबाट बुझिन्छ।
त्यसपछिको केही समय उनीहरू दृश्यबाट बाहिरिन्छन्। बाहिरिएको दृश्य पनि सीसीटीभीमा देखिन्छ। निस्कनुअघि नै विजयले मुनालाई प्लास्टिकको पिर्काले आक्रमण गर्दा उनी ढलेकी थिइन्। तर प्लास्टिकको आक्रमणले मान्छे ठहरै मर्न भने सक्दैन।
फुटेजमा उनीहरू नदेखिएको समयमा विजयले मुनामाथि कुनै किसिमको शारीरिक दुर्व्यहार गरेको हुनुपर्ने प्रहरीको अनुमान छ।
नाइलनको डोरीले आफ्नो घाँटीमा पासो लगाए पनि विजयको मृत्यु डोरी चुँडिएर भुइँमा बजारिँदा टाउकामा चोट लागेपछि भएको छ।
मुनाको भने श्वासप्रश्वास अवरुद्ध पार्दै हत्या गरिएको छ। विजयको अन्डरवेयरभित्र वीर्य स्खलित छ भने रगतको डाम पनि छ। मुना महिनावारी भएको देखिन्छ।
मुनाको टाउको र गालामा गहिरो चोट छ भने आँखामा नीलडाम छ। विजयको भने हातमा चोट र अन्डरवेयरमा फोहोर भेटिएको अनुसन्धानरत प्रहरीले जनाएको छ।
मुनाको शव अध्ययन गर्दा उनको देब्रे स्तनमा दाँतको डाम रहेको अनुसन्धानकर्मी प्रहरीले बताए।
प्रहरीको अनुमानअनुसार महिनावारीका कारण मुनाको शरीर शिथिल थियो।
त्यस्तो अवस्थामा विजयले उनको अंगमाथि अनुचित व्यवहार गर्न खोज्दा केही न केही असमझदारी भएको हुनुपर्छ। त्यही असमझदारीको आवेशमा विजयले उनको हत्या गरे।
अनुसन्धान क्रममा प्रहरीले छरछिमेक र आफन्तहरूसँग सोधपुछ गर्दा मुना र पति अर्जुन र पति अर्जुनबीच असझदारी बढेको पाएको थियो।
तर सोमबारको घटनामा अर्जुनको उपस्थिति थिएन। उनी सधैं बिहानै उठेर घरबाट निस्कने, खाना खान जाने र दिउँसो फेरि निस्कने गर्थे।
Keyser Söze
· Snapshot 2077
Like · Liked by · 0
सीसीटीभी फुटेज चै सुटुक्क आफैले मात्रै हेरेको जस्तो ।
logan
· Snapshot 2246
Like · Liked by · 0
साभार : सुलसुले
Keyser Söze
· Snapshot 2261
Like · Liked by · 0
लोगन ब्रो त्यो क्रिप्टीक भास कसले बुझ्ने
logan
· Snapshot 2589
Like · Liked by · 0
भात खाने ले बुझी हाल्छन , स्पागेटी खानेको को लागि whistleblower अनुबाद गर भन्नु पर्ला?
संका कार्की मै जान्छ , श्रीमती अर्को संग सुतेको थाहा पाए पछि दुबैलाई परमधाम पुर्याई दिएको वा कसैलाई सुपाडी दिएको हुनु पर्छ ?
आजभोली १-२ लाख पनि चाहिदियन रे | सुपाडी किन्ने फाला फाल पईन्छा रे ? 

साझामा जाबो २/४ ओटा कुरा लेखाईमा अजात शत्रु झैँ ब्यबहार गर्छन भने ७/२४ घरमा भएको नाठो लाई शुरो छेत्रीले पौरख देखाकै होला ? 
Last edited: 13-Feb-20 06:11 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 160
· Posts 1 · Viewed 162
· Posts 1 · Viewed 238
· Posts 1 · Viewed 4183
· Posts 1 · Viewed 297
· Posts 1 · Viewed 289
· Posts 1 · Viewed 349
· Posts 6 · Viewed 1824
· Posts 1 · Viewed 440
· Posts 1 · Viewed 332



Travel Partners
Travel House Nepal