विश्वास - Sajha Mobile
SAJHA MOBILE
विश्वास
Posts 5 · Viewed 31935 · Likes 7 · Go to Last Post
CrimeMasterGoGo
· Snapshot 37
Like · Likedby · 1
बाँचिराख्नुपर्छ, के-के देखिन्छ, के-के!

अरे बेनेडिक्ट ब्रो, यो "आरिश्ना जी" हजुर कै अवतार हो भनेर जग जाहेर छ, अब आफ्नो पोस्टाँ आफैं तारीफ मारेर जग-हसाईको पात्र नबन्नु के प्लिज।
Bennedict
· Snapshot 65
Like · Liked by · 0
क्राइमजी
को को हो र को कसको रूप हो तपाईं भन्दा बढी कसलाई थाहा होला हजुर? तपाईंको माया अपरम्पार छ, बिगत केही दिनदेखी अरुलाई नभए पनि मलाई चै अवगत छ। एउटा अवतारले पोस्ट गर्ने, आफ्नै अर्कोले जिस्क्याउने, अनी आफ्नै अर्कोले सही थाप्ने, हजुर, यो लीला चलाई बस्नुस्, थपडी म पनि बजाइदिउला नि। साझामा ट्राफिक पनि कायम राख्नै पर्‍यो।
CrimeMasterGoGo
· Snapshot 94
Like · Liked by · 1


उल्टा चोर कोत्वालको डाँटे?

हेर्नुस बेनेडिक्ट ब्रो, म हजुरको इज्जत गर्छु। अब पर्सनल्लि नचिने पनि साझामा हजुर्को साहित्तिक जमर्काहरु आक्कल-झुक्कल पढ्ने मौका पायेर, हजुरको कमेन्टहरु पढेर मैले हजुरलाई गहिराईमा गयेर चिनिसकेँ। फेरि आफु परियो कि त गहिराईमा पुग्दै-नपुग्ने, पुगिसकेको छु भने मोति नलियि नफर्किने टाईप । मैले हजुरले लेखाई, हजुरको औरा, हजुरको अन्दाज, सब चिनिसके। गाईको रगत खानु, अब त बेनेडिक्टले के खायो भने कस्तो रगंको हग्छ भन्न सक्छु।

एनिवे, साझामा बेनेडिक्ट र लोगन बाहेक कोहि पनि इन्टलेक्चुअल, सरिब्रल छैनन, कसैलाई साहित्य, ब्यगं आदिको ग्यान छैन। अनि जब यो "आरिश्ना जी" का शब्दहरुको मार्ग हुँदै जब भवनाका ज्वारभाटाहरु मेरो मानस्पटलमा परमाणु-बिघटन झैं बिस्फोट भये, जब मेरो ह्रिदयमा, मेरो अन्तरमनमा शब्दरुपि/भावरुपि विर्यहरु स्खलन भयेर मलाई चरमसुख तिर उन्मुख गराये, तब मलाई एहसास भयो कि यो रचनाकार लोगन वा बेनेडिक्ट नै हुनुपर्छ । फेरि सोचें कि लोगन जि त राज्नैतिक/ब्यन्ग तिर उन्मुख हुनुहुन्छ, येस्तो आध्यत्मिक लेखाई बेनेडिक्ट जि कै हो।

अब धेरै नाटक नगरुम हो सर। सबलाई थाह छ कि "आरिश्ना जी" को हो भनेर। बरु जाओस अरु। मुकर्-रर् !! मुकर्-रर् !!
underwear
· Snapshot 223
Like · Liked by · 2
खतरा कविता, पढ्न २० मिनेट लाग्यो, बीच मा दुई चोटी निदाएँ आनन्द आएर, अझै लामो हुनु पर्थ्यो अनि पढ्न मजा आउंथ्यो, यस् बारे म तीन वटा रिसर्च पेपर लेख्न सक्छु र दुइटा नेट्फ्लिक्स सिरिज बनाउन सक्छु.

हजुर को यो दिव्य कविता लाई म गरीब को त्यस्तै लामो हरफ भाको  मिल्ने कविता ले जवाफ दिने प्रयत्न गर्छु

बरालिएको यो मेरो जीवन मा यो कविता ले शीतलता प्रदान गर्‍यो
बाँकी को शीतलता साझा खोलेर सान प्रधान ले गर्‍यो
हिजो बिहान मेरो साली को सानो देखी पालेको सुगा मर्यो
कसरी मर्यो थाहा पाइएन शायद कोरोना सर्यो

हजुर जस्तो खतरा कवि अहिले सम्म देखिएकै थिएन
हजुर देखेर भानुभक्त को घांसी को कुँवा बाट पानी कसैले पिएन
हजुर को यो धाँसू कविता कुनै पत्रिका ले लियो की लिएन
त्यस्को साटो हजुर लाई एक मिलियन डलर दियो की दिएन
Last edited: 21-Sep-20 10:52 AM
lovely_heart
· Snapshot 295
Like · Liked by · 1

साझामा येस्तो प्रतिभा पस्कने मन्च पनि रैछ, धेरै खुसि लगेको छ। धेरै दिन देखि थन्क्यायेर रखेको थिये यो कबिता भनौदो कसिन्गर,
सबैले आ-आफ्नो कथा-ब्यथा पोख्छन भने मेरो पनि सहिः
के तिमिलाई थाहा छ?

के तिमिलाई थाहा छ,
कि तिम्रो मुस्कान सबैभन्दा सुन्दर छ?
कि हामी अन्तरिक्षमा तैरिरहेका छौं?
कि खुसिले तिम्रो आँखामा आँसु ल्याउँछ?

के तिमिलाई थाहा छ?
कि तिमिले चिन्ने सबैजना एक्दिन मरेर जान्छन?
 त्यसैले,
 सबैसंग तिमि बिदाई लिने प्रयास नगर,
 बरु उनिहरुलाई थाह देउ कि तिमिलाई थाह छ
 कि जीवन छिटो बित्छ,
 कि सुन्दर चिजहरुलाई टिकाउन सकिन्न,
 कि तिमिलाई थाहछ कि शुर्यास्त हुदैन,
 बरु यो त प्रीथ्वि घुम्नाको कारनले सिर्जित भ्रम हो।
 
के तिमिलाई थाहा छ,
 कि तिम्रो मुस्कान सबैभन्दा सुन्दर छ?

जीवनमा धेरै उतार-चाडव आउन सक्छन,
 धेरै आत्तिनु हुदैन।
 कैलेकाँहि चाँहि चिट्ठा पर्न पनि सक्छ तर,
 धेरै मत्तिनु हुदैन।
 अन्तर्मनका कलहहरुले पिरोल्छन कैले,
 कैले भूतले तर्साउँछन,
 कैले तरुनिले मुटू संग मुटु साट्छन,
 धेरै पात्तिनु हुँदैन ॥
 
तिमि जमाना सगं नडराउ,
 भावीको खेला अचम्म छ।
 प्लेन चडेको बेला टाउको बहिर ननिकाल,
 बहिर प्रेसर र टेम्प्रेचर दुबै कम छ।
 अन्योल परिस्थिति आउला कैले, 
मायालुका हजार मायालु होलन,
 आफ्नै परिवारले धोका दिन सक्छन, 
तर तिमि मन दरो राख!
~~

Last edited: 21-Sep-20 01:41 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 475
· Posts 1 · Viewed 362
· Posts 1 · Viewed 413
· Posts 90 · Viewed 98794 · Likes 58
· Posts 1 · Viewed 508
· Posts 1 · Viewed 571
· Posts 1 · Viewed 616
· Posts 1 · Viewed 538
· Posts 1 · Viewed 542
· Posts 1 · Viewed 484



Travel Partners
Travel House Nepal