इन्जिन मर्मत गर्न नेपाल वायुसेवा निगमले पुस २७ गते इजरायल पठाएको न्यारोबडी जहाज शनिबार राति काठमाडौं अवतरण भएको छ । इन्जिनमा समस्या देखिएपछि यो जहाज २०८० मंसिर १४ गतेदेखि उडानमा थिएन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र बंगलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि बंगलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् ।
कक्षा १२ को परीक्षामा सहभागी गराउन कागजात मिलाएर नक्कली परीक्षार्थी खडा गरेको आरोपमा काठमाडौं प्रहरीले धुम्बाराहीस्थित प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महतलाई आईतबार प्रक्राउ गरेको छ ।
कक्षा १२ को जारी परीक्षामा पर्यवेक्षकहरुले अमर्यादित व्यवहार गरेको भन्दै परीक्षार्थीहरुले आइतबार वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो ।