Good day from Los Angeles - Folks Be Positive - Sajha Mobile
SAJHA MOBILE
Good day from Los Angeles - Folks Be Positive
Posts 1 · Viewed 9391 · Go to Last Post
Nepali777
· Snapshot 0
Like · Likedby · 0

ताजा खबर!!! अमेरिकी संसदको तल्लो सदन (हाउस) मा प्रतिनिधि निडिया भेलाजक्वेज र लुसिल रोईबार्ड-अल्लार्डले “अमेरिकन ड्रिम एन्ड प्रमिस एक्ट” (American Dream and Promise Act - HR6) लाई आज पुन: प्रस्तावित गर्नु भएको छ!
आज यस विधायकको प्रारम्भ समारोहको प्रेस कलमा टेक्सासमा बस्नु हुने अधिकारको सदस्य र नेपाली टिपिएस वाहक दिनेश थापाले आफ्नो कथा सुनाउनु भएको थियो। यो अमेरिकी कंग्रेसलाई छिटो भन्दा छिटो HR6 पास गराउने “वी आर होम” (We Are Home) अभियानको एउटा हिस्सा थियो। यसमा अधिकार लगायत हाम्रा अन्य सहकारी संस्थाहरु सामेल थिए।
यो विधायक पास भयो भने जनवरी १, २०१७ भन्दा अगाडि सम्म टिपिएस को लागि योग्य हुनेहरुले ग्रीन कार्डको लागि दरखास्त दिन सक्छन्। यसै गरि DACA र DED मा भएकाहरुलाई पनि यसमा समेटिएको छ।
जुन २०१९ मा नै अधिकारले सफलतापूर्वक यो विधायक (HR6) को वकालत गरेको थियो, तर त्यो बेला अमेरिकी सेनेटमा यो पास हुन सकेको थिएन। कँग्रेसको बदलेको बनावटलाई ध्यानमा राखेर यसलाई फेरि पास गराउने हाम्रो प्रयास जारी छ!
तपाईंहरुले पनि आ-आफ्नो प्रतिनिधिहरुलाई चिट्ठी लेखेर वा फोन गरेर हाम्रो यस अभियानमा साथ दिन सक्नु हुनेछ। तपाईंहरुले कसरी सहयोग गर्न सक्नु हुन्छ भन्ने बारे थप जानकारी हामी तपाईंहरुलाई आउँदो हप्तामा दिनेछौं।


Representative Lucille Roybal-Allard (D-Calif.) officially reintroduced the Dream and Promise Act into the US House of Representatives. The bill would grant a path to citizenship for more than 2.5 million people protected under DACA and TPS.
In response to this news, members of the National TPS Alliance made the following statements:


https://www.nationaltpsalliance.org/national-tps-alliance-responds-to-reintroduction-of-dream-promise-act/?fbclid=IwAR1fLuTuXtm2_b5R7WZFpTx9UKj-XHu9YYElda_s-pr8V6EoMWAT0xUu_Ms
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 143
· Posts 1 · Viewed 156
· Posts 114 · Viewed 122705 · Likes 58
· Posts 3 · Viewed 954
· Posts 1 · Viewed 175
· Posts 1 · Viewed 169
· Posts 1 · Viewed 262
· Posts 1 · Viewed 267
· Posts 11 · Viewed 17076
· Posts 1 · Viewed 447



Travel Partners
Travel House Nepal