:: Blog Home       :: rahulvai ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: VIEW rahulvai's BLOGS
:: किन?
:: दशैंको टीका
:: मनकी रानी !
:: आलु" अर्थात रमेश।
:: अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।भाग २
:: अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
:: भूतेश्वर महादेब
:: किचकन्याको कथा (Part 1)
:: भोक र लोहचा मरीको कथा।
:: यो माया पाप हो भने,
:: भाइकाजी दाई र हिन्दी सिनेमा "प्यासा"
:: तिम्रो हाम्रो कथा
:: हाम्रो संबन्ध!
:: गजल-राहुलभाइ
:: गजल-राहुलभाइ
:: पिताजी को सुनको तक्मा-2
:: "पिताजी को सुनको तक्मा"
:: मेरो कथा- भाग 2, "दुखद सुख"
:: मेरो कथा- भाग १, "दुखद सुख"
:: निस्ठुरि
:: गीत
:: बैंश
:: ARCHIVES
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: December 2023
:: November 2023
:: October 2023
:: September 2023
:: August 2023
:: July 2023
:: June 2023
:: May 2023
:: April 2023
:: March 2023
:: February 2023
:: January 2023
:: December 2022
:: November 2022
:: October 2022
:: September 2022
:: August 2022
:: July 2022
:: June 2022
:: May 2022
:: April 2022
:: March 2022
:: February 2022
:: January 2022
:: powered by

Sajha.com

:: designed by
:

   
भाइकाजी दाई र हिन्दी सिनेमा "प्यासा" [rahulvai's blog]
Blog Type:: Blog
Friday, July 06, 2007 | [fix unicode]
 

भाइकाजी दाई र हिन्दी सिनेमा "प्यासा"
******************************
सद्दे मान्छे पागल किन हुन्छ? बाल्यकाल् देखि मेरो मथिंगलमा घुमिरहेको प्रश्न हो। जीवन यात्रामा धेरै पागलहरु देखें र भेटें। तर भाइकाजी को कुरा बेग्लै लाग्यो र यहाँ भाइकाजी को पागल कथा र ब्यथा राख्ने अनुमति चाहन्छु।

हामी सानो छंदा हाम्रै टोलका भाइकाजी दाइलाई वें ( नेवारिमा पागल्) भनेर जिस्काउंथ्यौं । उ सदा झै चुपचाप आफ्नै दुनियामा रमाइ रहन्थ्यो।कहिले काहिं हाम्रो चोकमा दिन भरि गीत गाइ रहन्थ्यो। धेरै बर्ष उन्को त्यो क्रियाकलाप् हेरिरह्दा लाग्यो, अबश्य पनि त्यो पागल भाइकाजी भित्र अथाह पीडा र असह्य बेदना लुकेको हुनु पर्दछ। समयान्तरमा आफू पनि केहि बुझ्ने भए पछि टोलका बुज्रुकहरु सङ सोध्ने हिम्मत गरें। भाइकाजी किन पागल् भएको भनेर। भाइकाजी दाइको पागल् हुनु भन्दा पहिलाको जीवन कस्तो थियो? एक्कासि कसरि यस्तो भाइकाजी भए?
बुझ्दाइ जाँदा लाग्यो, यति पीडा खप्न क्षमता सामन्य मानवमा हुंदैन रैछ। भाइकाजी पनि सामन्य मान्छे नै ठहरियो र कहिलेइ निको न फर्किने गरी आफनै दुनियामा रमाउन पुगे।

उनी मध्यम बर्गिय परिवारका थिए। खान लाउन कुनै चिन्ता न भए पनि बैभबशाली चाहीं थिएनन्। शारिरिक स्वरुप र बनौट पनि खाइ लाग्दो नै हुनु पर्दछ, जवानीमा। आफ्नो इलम् पनि थियो।
समय मै बिहे भो , चिना जोराएकै हुनु पर्दछ।
तर दुलहि समय र यथार्थ भन्दा दुइ कदम ज्यादा महत्वाकांक्षि थिई। भाइ काजी दाईलाई त्यो समयमै थाहा भएन।
त्यति बेला को जीवन शैलीमा घर परिवार सङ खान लाउन खासै समस्या न भए पनि धेरै को परिवारमा नगद पैसा भने हुदैनथ्यो। फजुल खर्च त हुंदै हुदनथ्यो।
तर भाइ काजी दाई को श्रीमतिलाई फजुल खर्च गर्ने चस्का लागेको रैछ, सानै देखि। सधैं राम्रा राम्रा लुगा लाउने, गरगहनामा सजिने र नयाँ नयां प्रयोग गर्ने जमाना भन्दा धेरै अगाडिको सोच राख्ने नारी को चाह सङ उनी परिचित हुन सकेन वा माग आपूर्तिको अनमेल सम्बन्ध मिलाउन सकेन।
बिहे भएको बर्ष न बित्दै माइती गएकी श्रीमती फर्केनन। उनलाई लाग्यो घुर्की दिएकी होलिन, नयाँ गहना न बनाइदिएको मा। एकोटा सुनको बाला भनेकि थी त्यो पनि बनाइ दिन सकिन भन्दै आफ्नो कमजोरीलाई सुम्सुम्याउदै आउंदो दशैं तिहार मा बनाइ दिने कसम मन् मनै खाए भाइ काजीदाइले। धेरै दिन निदाउन सकेन, चिन्ताले दुब्लाए। तर कुरा यहिं टुंगिएन। केहि दिन पछि हल्ला सुने उनले, आफुले मुटुको टुक्रा सम्झेको, जीवन यात्राको अभिन्न अंग मानेको श्रीमती उनलाई छाडेर अन्तै पोइला गइन रे। उनले संझे कुनै पापीले भद्दा जोक गरे। पत्याउन सकिने कुनै आधार र घट्नाहरु थिएन। कुनै संकेत र इशारा थिएन। पक्कै पनि "..... या व: सि घ: त ज्यागु खं" ( कुनै जाति बिषेशले रंगाउने राखेको रंगको घैंटा फुट्यो भने, अनाबश्यक हल्ला चलाउछ भन्ने कथन नेवार समाजमा अद्यापि छंदै छ)
तर यो हल्ला थिएन। हावा न चली पात हल्लियो। भाइकाजी दाई को जीवन जगत भास्सियो।
मानसिक पीडाले उनको दैनिकि खल्बलियो। सम्हाल्ने प्रयास निकै गरे उनले। आफ्ना कमजोरीहरु को बिश्लेषण गरे। अहं कुनै भेउ पाउन सकेन। कुनै छेउ भेटाउन सकेन तिनले।
घाइते मनलाई सम्हाल्ने अनेक उपाय गरे। त्यति बेला कठ्माडौंको हल, जन सेवा हलमा गुरु दत्त को "प्यासा" भन्ने सिनेमा चलेको रहेछ।
मन हल्का हुन्छ कि भनेर भाइकाजी दाइ एक दिन त्यो फिल्म हेर्न गए, बिहान को शो मा। त्यो फिल्म उनले तीनै शो हेरे। भोलि पल्ट पनि बिहानै देखि त्यो फिल्म तीनै शो हेरे। र यो क्रम सात दिन सम्म हेरे र सतौं दिन पछि सिनेमा हेरेर फर्केको भाइकाजी दाई कहिलेइ सामन्य जीवन मा फर्किनु भएन। उनी पूर्ण रुपले पागल भए।
त्यो सिनेमा मा के थियो र भाइकाजी दाई पागल भयो भने जिज्ञासा रै रह्यो। कालन्तर मा त्यो "प्यासा " सिनेमा हेरें मैले र बल्ल थाहा पाएं भाइकाजी दाइ को पीडा र त्यसको परिमाण(magnitude)। ज्यान भन्दा बढि माया गरेको श्रीमतिले पनि मात्र धन र बिलासिताको लालचमा निष्ठुरीको पराकाष्ठा कसरी नाघ्न सक्दछन् , मेरो समझ भन्दा बाहिर् थियो। र त्यो पीडा शब्दहरुमा बर्णन गर्न त नसकिंने रैछ भने भाइकाजी दाइले सहन कसरि सक्दा हुन्?
गुरु दत्त को जे हाल भो सिनेमामा, अब भाइकाजी दाइको त्यहि हाल भो। सिनेमालगातार् हेर्दा हेर्दै आफू भित्र गुरु दत्त प्रक्षेपण भएको पाए उनले र त्यहि कारणले पागल भए।
यसरी एक जना सामन्य माया गर्ने मान्छेको दुखद अबसान भएको देखें।मलामी गएं म पनि। धेरै ले औपचारिकता निभाए होला, कसैले एक पागलको अन्त्यमा खुशियाली मनाए पनि होला। तर म त्यो चित्ता जलि रहंदा कामना गरि रहें, कोहि पनि अर्को भाईकाजी बन्न न परोस्। माया मा धोका प्रतिबन्धित होस्। मायाको घाउ सहने सक्ने शक्ति देउन्, माया गर्नेहरुलाई।
अस्तु!

   [ posted by rahulvai @ 04:27 PM ] | Viewed: 3927 times [ Feedback] (4 Comments)


: