|
|
|
"कि उषालाइ नैं भेटेर कुरा गर्ने हो?" सानी आमाले सजिलो उपाय बताउनु भयो। "को उषा?" उसले सोध्यो। "त्यही फोटोमा भएकी। म सोधुँ उषालाइ ? मेरी मिल्ने साथी की भान्जी हो उषा। " सानी आमाले कुरा धेरै अगाडी बढाउन खोज्नु भए जस्तो लाग्यो उसलाइ। "अहिले पर्दैन, म पछि हजुरहरुलाइ खबर गरुँला।" भन्दै उ त्यहाँबाट निस्क्यो। ढोका बाहिर के पुगेकोथ्यो, पछाडीबाट सानी आमा "ए बाबु! पर्ख पर्ख।" भन्दै आउनु भयो। "झन्डै फोटो लान बिर्सेछौ।" उसलाइ अघिको खाम हातमा दिनु भयो सानी आमाले, उसले कति खेर सोफामा खसालेछ उसलाइ होशै भएन। "एउटा कुरा थाहा पायौ?" उहाँले कसैले सुन्ला जस्तो गरी सानो स्वरमा भन्नु भयो। "के कुरा?" उसले पनि सानै स्वरमा सोध्यो। "गाइनेले मरुन्जेल पिट्छ रे नि नखरमाउलीलाइ। ठिक्क पर्यो त्यो नकचरीलाइ। कुकुरलाइ घिउ नपचेको। राम जस्तो लोग्ने छोडेर गुन्डासङ पोइला गएकी थी।" सानी आमा खुशी देखिनु हुन्थ्यो। उसलाइ त्यो कुरा बिस्वास लागेन। साक्षी र सानीआमाको माइत एकै ठाँउमा थियो। साक्षी पोइला गएपछि त हरेक कुराहरु यसरी नैं आइपुग्थ्यो उ सम्म। "ह्या, हल्ला नैं बढी हुन्छ हजुरहरुको माइती गाँउमा। लोग्ने स्वास्नीको घर झगडा जस्तो कुरा पनि काँ बाट थाहा पाउनु भयो नि हजुरले चाहि??" अरु कुरा फुस्काउन खोज्यो उसले। " मिनु, क्या त मिनु ! मेरी भदैनी, हो उसैको टोलमा डेराँमा बस्छन् रे आजकाल गाइने र साक्षी। दिनहुँ झगडा गर्छन् रे, घरबेटी नैं छुटाउन जानु पर्ने गरि।“ त्यो भन्दा बढी उसलाइ केहि सुन्न मन लागेन। "ढिलो भयो मलाइ" भनेर निस्क्यो उ त्यहाँबाट। क्रमश: भाग- १२ त्यो दिन बिबेकले फोन गरेको थ्यो उसलाइ, कबिता भैरहवा नै जाने भै रे, उतै राम्रो काम पाइ रे। जानु अघि उ सङ भेट्छु भन्दै थी रे। अब कहिले फुर्सद हुन्छ भनेर सोध्दैथ्यो बिबेकले उसलाइ, उसले दुइ हप्ता कामको ओइरो छ भनेर टार्यो। बिबेकले शंका गर्दै भन्यो। "के हो तेरो लव सब त पर्न थालेन? म सङ लुकाउनु पर्ने जस्तो त लाग्दैन।" "होइन, होइन। घरमा पनि बुबालाइ सघाइराको छु अहिले।" उसले पनि झुठ बोल्यो, प्रेममा हर कुरा जायज हुन्छ। "कि बिहेमा मात्र जन्ती बोलाउने हो? म त त्यस्तो गरिस् भने तेरो बिहेमा आँउदिन नि।" बिबेकले कुरा निस्किन्छ कि भनेर जिस्कियो। "यदि मैले बिहेको कुरा नैं तंलाइ थाहा दिन भने नि।" उसले पनि ठट्टा गर्यो। "के रे ? के भन्छ यो ? कि फेरि ...................?" बिबेकले अँध्यारोमा गोली हान्यो। "बिबेक! म साक्षीलाइ अझै माया गर्छु। उ सुखी छैन।" "हुतिहारा ! नामर्द ! तं आफै आफ्नो जिन्दगी बर्बाद गर्दैछस्। त्यसलाइ फेरि ल्याउने हो भने म मरें भनेर सम्झिनु।" बिबेकले उताबाट लाइन काटिदियो। सबै भन्दा मिल्ने साथी पनि रिसायो साक्षीको कारण। भोलिपर्सि घरपरिवार पनि पर होलान्, के त उ अझै साक्षीलाइ चाहन्छ? सबैसङ बैरी भएर साक्षीलाइ फेरि अपनाउन चाहन्छ? यो नाम नभएको सम्बन्ध अब कहाँ पुगेर टुगिन्छ त? उ दिनभरि त्यही प्रश्नहरुसङ लुकामारी गरेर बस्यो। साँझ मांहाकालथान पुग्दा साक्षी उसैलाइ कुरेर बसेकी थी। "तिम्रो र मेरो मन्दिर दर्शन गर्ने समय पनि एउटै हुँदो रैछ है साक्षी?" हिजो बेलुकीको साक्षीको रिस सम्झेर भन्यो। "आज तपाइसङ मेरो एउटा कुरा छ।" साक्षी उदाश देखिन्थी हिजो अस्ति भन्दा। "भन न। के कुरा हो त्यस्तो?" मन्दिर दर्शन गरेर बाहिर निस्किदाँ उसले सोध्यो। "कुनै ठाँउमा बसेर कुरा गरौं।" साक्षीको अनुरोधले उसलाइ एकछिन आश्चर्यमा पार्यो। हिजो राति कहिले नभेट्नी भनेको मान्छे आज आफै कुरा गर्ने त्यो पनि कतै बसेर भन्दैथी। उसको कानलाइ भ्रम भाको जस्तो भयो। उनिहरु हिंड्दै त्यही इन्द्रचोकको होटेलमा पुगे जहाँ उसले साक्षीलाइ २ महिना अघि अचानक देखेको थ्यो। "म बाबाको घर फर्किन चाहन्छु।" चिया अर्डर गर्नासाथ साक्षीले भनी। "अनि ?" उसले प्रश्न गर्यो। "बाबा र मुमा फोनमा पनि कुरा गर्नु हुन्न मसित। म उहाँहरु सङ माफी माग्न चाहन्छु। मैले गर्दा उहाँहरुको ठुलो बेइजत्ती भयो। मेरो आफ्नै जीबन पनि अस्तब्यस्त छ। मैले ठुलो गल्ती गरें, आफ्नो गल्तीको सजाँय पनि भोगें, अझै कति भोग्नु पर्छ त्यो थाहा छैन। अबदेखि म उहाँहरुले जे भन्नु हुन्छ त्यही गर्छु। म बाबाको घरमा जान चाहन्छु सधैको लागि।" साक्षी पीडा छचल्किएर पोखिन लागेका आँखाका डिलहरु पुछ्दैथी। "मैले के गर्नु पर्यो त?" "तंपाइले उहांहरुलाइ साक्षी फर्किन चाहन्छे, आफ्नो गल्तीको पस्चाताप गर्न चाहन्छे भनिदिनु भयो भने उहाँहरुले मलाइ घरमा आश्रय दिनु हुन्छ। तंपाइको कुरा सुन्नुहुन्छ।" "त्यो भन्दा पहिले मेरो कुरा सुन साक्षी!" " भन्नुस्!" उ आज्ञाकारी बालक झैं निहुरिएकी थी। "मैले तिमीलाइ पहिलो दिन पनि सोधेको थे। तिमी खुशी छौ भने मेरो भन्नु केहि छैन। तर तिमीले केहि भनेनौ।" "म जस्तो केटीको सुख र दुखको के कुरा? एउटा हुरीले उडाएको फुल जस्तो न बोटमा हाँसेकी थी न पत्कर भएर रमाउन सकी।" "तिमी सुखी छैनौ म सुखी छैन भने, हामी दुबै फेरि किन प्रयाश नगर्ने एकचोटि।" "असंभब! यो संभव छैन।" साक्षी एकै सासमा बोली। "किन ? कसरी ?" उसले केहि बुझेन। "म आफ्नै आँखाबाट झरिसकेकी छु। त्यो कहालीलाग्दो बिगत भुत जस्तो लखेटी रहनेछ तंपाइलाइ अनि मलाइ अबिस्वास, शंका र त्रासदी बनेर।" साक्षी "हुनै सक्दैन" भनेर टाउको हल्लाइ रहेकी थी। "बुबाले मलाइ २ हप्ताभित्र अर्को बिहेको निर्णय गर्ने म्याद दिनु भएको छ। शायद यो हाम्रो अन्तिम भेट हुन सक्छ। अबदेखि म तिमीलाइ घरिघरि पछ्याइ रहने छैन। तिम्रो सम्झनाले मात्र मेरो जिबन बित्दैन नि, हैन त?" उसले साक्षीलाइ हेर्यो। "हो त ! तँपाइले अर्को बिहे गर्नु पर्छ। सबै म जस्तो बिस्वास्घाती हुदैनन्। मैले तँपाइसङ सात जुनी क्षमा मागे पनि मेरो पाप माफी हुँदैन"। साक्षी अझै पस्चातापको भुमरीमा घुमिरहेकी थी। "मलाइ अर्को बिहेको चिन्ता छैन। तिमी र म नैं एक अर्काको सहायक बनेर जिबन बिताउन सक्छौं भने यो अर्को बिहेको नाटक फेरि किन गर्नु पर्यो?" उ एकछिनलाइ चुप भयो। साक्षी केहि बोल्छे कि भनेर कुर्यो। साक्षी धेरै बेरसम्म नबोलेपछि फेरि उसले भन्यो। "म यो जटिल सम्बन्ध, मेरो एकोहोरो पागलपन र तिम्रो समस्या सबैको उपचार चाहन्छु।" "मतलब?" साक्षी अन्योलमा थी। "तिमीसङको यो घिट्घिटिएको सम्बन्धलाइ नयाँ दिशा दिन चाहन्छु। मेरो घर तिम्रो प्रतिक्षामा छ। म तिम्रो लागि अल्झिएको जिबन सम्हालेर बसेको छु। अझै पनि म तिम्रो भाबनाको कदर गर्छु। तर तिमीले मैले चाहे जस्तो गर्नु जरुरी छैन। यदि तिम्रो म प्रति अलिकति पनि भाबना छैन भने र मेरो घर फर्किनै मन लाग्दैन भने हामी अर्को चोटिदेखि देखे पनि नदेखेको जस्तो गरौं। मानौं हाम्रो कहिले बिहे भएकै थिएन, म तिमीलाइ चिन्दिन र तिमी मलाइ चिन्दिनौ।" साक्षी सुंक्क सुंक्क गर्दै थी। "म तिमीलाइ एक हप्ताको समय दिन्छु।" उसको कुरा सुनेर साक्षी झस्की। "एक हप्ता? के को लागि?" "तिमी मेरो जिबनमा आउन चाहन्छौ वा.................. " उसले बाक्य पुरा गरेन। "म यो अबस्थामा केहि भन्न सक्दिन।" साक्षी थाकेकी थी। "ठिक छ। तिमी सङ भोली देखि सात दिन बाँकी छ, मेरो मोबाइल नम्बर चेन्ज भएको छैन। म तिम्रो उत्तरको प्रतिक्षामा छु।" उनिहरु त्यो साँझ बाटोभरि नबोलेरै बिदा भए। क्रमश: भाग-१३ एकहप्ता सकिएर त्यसको दुइ दिन पछि उ पोखरा बसपार्कमा साक्षीको प्रतिक्षामा थ्यो। साँझ ८ बजे आइपुग्ने भनेको बस बन्दमा परेर लगभग ९ बजे आइपुग्यो। उसले साक्षीलाइ सङै प्लेनमा जाने भनेकोथ्यो, तर साक्षीले अरुले थाहा नपाउन् भनेर बसबाट आउने निर्णय गरेकी थी। बसबाट झर्दा साक्षी धेरै थाकिएकी जस्तो देखिन्थी। बसपार्कबाट होटेलसम्म पुग्न २० मिनेट लाग्यो। कोठामा पुग्दा उसको शरीरमा रुमानी तरङहरु बग्न थालेका थे। बन्द कोठा, एकान्त परिबेश र अब्यक्त चाहनाहरु गतिशिल हुन खोजीरहेका थिए। साक्षी सम्पुर्ण रुपमा उसकी थी, केबल उसकी मात्र। उनिहरुको संसार रङिबिरङी फुलहरुको मिठो सुबासले मगमगाउन थालेको थ्यो। साक्षी ब्यागबाट सफा लुगा झिकेर नुहाउन जान लागेकी थी। उसले आफ्नो मनमा उर्लिरहेको रहरहरुलाइ अरु नियन्त्रण गर्न सकेन। बाथरुम पस्न लागेकी साक्षीको हात समातेर आफु नजिक तान्यो उसले। साक्षीले थकाइ लागेको छ, नुहाएर आँउछु भनेर हलुका तरिकाले उसको हात छुटाइ। साक्षी नुहाएर आँउदा उ बेलुकीको खानाको लागि "रुम अर्डर" गरिरहेकोथ्यो। साक्षी खाना खान मन छैन "चिकेन सुप" मात्र खाएर आराम गर्छु भन्न थाली। उसले सोच्यो साक्षी थाकेकी छ, एकछिन आराम गर्छे भनेर उ तल रेस्टुरेन्टमा खाना खान गयो र साक्षीको लागि चिकेन सुप कोठामा पठाइदियो। साक्षी अब सधैं उसैको हो, उसलाइ लाग्यो मायाको लागि प्रशस्तै समय छ। खाना सकिएपछि उ केहि समय तल बंगैचामा टहल्यो, एकछिन भएपनि साक्षी आराम गरोस् भन्ने सोचिरहेको थ्यो। भित्रभित्र पुनरमिलनको चाहनाले खुशी भैरहेको थियो। बिहेको पहिलो रात जस्तो लागिरहेको थ्यो उसलाइ त्यो रात। साक्षी कसरी खुम्चिएकी थीइ पहिलो रात, उसको दिमागमा दुलही बनेर खाटको एउटा छेउमा लजाइरहेकी साक्षीको तस्बीर नाच्न थाल्यो। त्यो मधुर सम्झनाले मात्र पनि उसको शरीर झनझनाउन थाल्यो। पहिलो स्पर्श, नयाँ अनुभुति र भयले काँपीरहेकी साक्षीको मुटुको ढुकढुकी सम्झिदाँ उसको शरीरमा उन्माद छाउन लाग्यो। उ तुरुन्तै कोठामा फर्क्यो, साक्षी अर्धनिद्रामा थी। आकासी नाइट गाउनमा साक्षीको शरीरबाट मादकता छचल्किरहेकोथ्यो। खाटमा पल्टिन लागेकी साक्षीलाइ उसले बिस्तारै जिस्काउन थाल्यो। शुरुमा साक्षी निद्रा लाग्यो भन्दैथी, तर पछि चुप लागी। साक्षीको कोमल शरीरमा उसका हातहरु अनायासै दौडिन थाले। साक्षी बिस्तारै लट्ठिन थाली। उ साक्षीको अधरमा प्रेमका फुलहरु बर्साउन थाल्यो, साक्षी मदहोश हुन थाली। उसको ओठंहरु साक्षीको कोमल घाँटितिर सलबलाइ रहेको थ्यो, साक्षी आफ्नो थकित शरीरलाइ बिस्तारै समर्पित गरिरहेकी थी।। "उफ्फ् ! कस्तो गार्हो भयो।" अकस्मात उ निस्सासियो, साक्षी जुरुक्क उठी, उ उठ्न सकेन, ओछ्यानमा दुइ हातले टाउको समाएर पल्टिरह्यो। "के भयो तपाइलाइ ?" साक्षी डराएकी थी। "रिङटा लाग्न थाल्यो।" उ आँखा बन्द गरेर बसेको थ्यो। "चिसो पानी पिउनु हुन्छ?" "म हल्चल गर्नै सक्दिन। फन्फनी घुमाइरहेको छ।" "कोठा गुम्म भएर होला।" साक्षीले झ्याल खोली सरर चिसो बतास कोठा भित्र पस्यो। साक्षी बिस्तारै उसको छातीमा मालिश गर्न थाली। "यो के को गन्ध आयो?" उसले साक्षीको हातलाइ झट्कार्दै भन्यो। "मेरो हातमा त केहि छैन।" साक्षी आफ्नै हात सुँघ्न थाली। "तिम्रो हात मात्र होइन, कोठैभरि स्वाश फेर्न नसकिने दुर्गन्ध छ साक्षी। तिमी पर गएर बस।" "खोइ ! मलाइ त त्यस्तो महसुस भएको छैन।" भनेर साक्षी "रुम स्प्रे" गर्न थाली। "साक्षी ! प्लिज केहि स्प्रे नगर। म सहनै सक्दिन यो दुर्गन्ध।" उ बिस्तारै सिरानी उठाएर बस्यो। साक्षीले बाथरुममा चेक गरी, कोठाको कुना कुना हेरी, त्यस्तो केहि भेट्टाइन जसको दुर्गन्ध उ महसुस गरिरहेको थ्यो। "शायद तिम्रो शरीरबाट आएको दुर्गन्ध हो यो।" उसले नाक खुम्च्याँउदै भन्यो। "म अघि भर्खर नुहाएकी।" त्यसपछि आफ्नो अस्तब्यस्त नाइट गाउनलाइ मिलाउन थाली। साक्षी आफ्नो कपाल सुंघ्न थाली। “श्याम्पु पनि उहि हो, गन्ध छैन त।“ "तिम्रो शरीरमा असहनीय दुर्गन्ध छ साक्षी!" साक्षी उसलाइ टुलुटुलु हेरीरही। "तिम्रो शरीरमा "गाइने"को गन्ध छ।" उसले बास्तबिकता पोख्यो। "यो शरीर मात्र हो। यो नाशवान शरीरमा कसैको सुगन्ध वा दुर्गन्ध रहदैंन।" अलि अलि कुरा बुझी साक्षीले। "साक्षी ! तिम्रो शरीर सिनो जस्तो दुर्गन्ध फैलाइरहेको छ।। म तिमीलाइ माया गर्न सक्दिन।" उसले साक्षीको छातीमाथि ठुलो ढुङा खसाल्यो। साक्षी मर्माहत भइ। "हे भगवान !" आकाशतिर हेर्दै साक्षी पुकार्न थाली। "मलाइ माफ गर साक्षी ! तिम्रो उपस्थितिले यो कोठा पुरै दुर्गन्धित भएको छ। मलाइ गार्हो भएको छ।" "तपाइ मलाइ मात्र होइन, आफुलाइ पनि माया गर्न सक्नु हुन्न।" साक्षी आँखाबाट आफ्नो गालामा बग्न थालेको आँसु पुछ्न थाली। "के हो माया?" उसले सोध्यो। "माया आफै महसुस गरिने भावना हो। तर तपाइमा त्यो बुझ्न सक्ने क्षमता छैन। तपाइ पहिले पनि रित्तो हुनु हुन्थ्यो। यी भित्ताहरु जस्तै चिसो हुनुहुन्थ्यो। अहिले पनि त्यस्तै हुनु हुन्छ। तपाइ मानबिय संबेदना नभएको खाली मान्छे। हे भगवान ! मैले फेरि किन गल्ती गरे?" त्यतिबेला साक्षीले आफ्नो रुवाइलाइ अरु रोक्न सकिन, कोठामा साक्षीको हिक्काहरु निर्बाध छुट्न थाले। "माया खोक्रो “शब्द” मात्र हो साक्षी, साँच्चैको भाव होइन। यदि माया भन्ने चिज भएको भए किन जन्म दिने आमा मलाइ सानैमा छाडेर अरुसङ किन जानु हुन्थ्यो?” उ भाबबिहिन देखिन्थ्यो। "तपाइंले कारण होइन, परिणाम मात्र देख्नु भएको छ। कुनै कारण नभै घटना घट्दैन।" साक्षी बेला बेलामा हिक्क हिक्क गर्दैथी। "के हो कारण ? एउटा नवजात शिशुलाइ टुहुरो बनाएर अर्को सङ जानु कस्तो बिडम्बना हो?" उ जवाफ माग्दैथ्यो। "उहाँमाथि अत्याचार भएको थ्यो। ठुल्दि भन्नु हुन्थ्यो, नन्द, आमाजु, सासु ससुराहरु सबै मिलेर तपाइकी आमामाथि अन्याय गर्थे, तपाइको बुबालाइ कुरा लाँउथे, अनि बुबा उहाँलाइ पिट्नु हुन्थ्यो। उहाँलाइ नोकर भन्दा बढी काम लगाउथें, कहिलेकहिं त सानो सानो काम बिगार्दा सजाँय पनि पाउनु हुन्थ्यो। कति दिनसम्म खान पाउनु हुन्थेन। त्यो बेला उहाँको दुख सुन्ने कोहि थिएन। त्यसैले उहाँ बाध्यताले गर्दा घर छोड्नु पर्यो। तपाइलाइ उहाँबाट खोसिएर ल्याइएको हो। उहाँले तपाइलाइ छोड्नु भएको होइन।" साक्षी रोक्किदैं, बिच बिचमा रुँदै , बोल्दै गर्दैथी। क्रमश: भाग-१३ "के हो कारण ? एउटा नवजात शिशुलाइ टुहुरो बनाएर अर्को सङ जानु कस्तो बिडम्बना हो?" उ जवाफ माग्दैथ्यो। "उहाँमाथि अत्याचार भएको थ्यो। ठुल्दि भन्नु हुन्थ्यो, नन्द, आमाजु, सासु ससुराहरु सबै मिलेर तपाइकी आमामाथि अन्याय गर्थे, तपाइको बुबालाइ कुरा लाँउथे, अनि बुबा उहाँलाइ पिट्नु हुन्थ्यो। उहाँलाइ नोकर भन्दा बढी काम लगाउथें, कहिलेकहिं त सानो सानो काम बिगार्दा सजाँय पनि पाउनु हुन्थ्यो। कति दिनसम्म खान पाउनु हुन्थेन। त्यो बेला उहाँको दुख सुन्ने कोहि थिएन। त्यसैले उहाँ बाध्यताले गर्दा घर छोड्नु पर्यो। तपाइलाइ उहाँबाट खोसिएर ल्याइएको हो। उहाँले तपाइलाइ छोड्नु भएको होइन।" साक्षी रोक्किदैं, बिच बिचमा रुँदै , बोल्दै गर्दैथी। उ एकछिन घोत्लियो, फेरि बोल्यो। "अनि तिमी ? तिमीलाइ कसले अन्याय गरेको थ्यो साक्षी?" उ एक्टक साक्षीलाइ हेरिरहेकोथ्यो। "तपाइ मेरो भाबनाहरुलाइ पिट्नु हुन्थ्यो,कुल्चिनु हुन्थ्यो र मिलनको त्यो अन्तरङ क्षणमा पनि तपाइ मलाइ पीडा दिनुहुन्थ्यो, सट्टामा आफु मात्र सन्तुस्ट भएर सुत्नु हुन्थ्यो। लोग्नेसङको मायाले मलाइ कहाली लाग्दो दुखको रात फर्काँउथ्यो।" “" बन्द गर यी रङ न ढङका कुराहरु। म केहि पनि सुन्न चाहदिन। तिमीलाइ नयाँ लोग्ने चाहिएकोथ्यो, त्यसैले तिमीले आफुलाइ निर्दोष साबित गर्ने राम्रो बहाना बनाएकोछौ।" उ रिसले आँखा नदेख्ने भैसकेकोथ्यो। " तपाइ र ढुङामा केहि फरक थिएन। यी मेरो यही शरीरलाइ निचोर्न, चिथोर्न र तहसनहस गर्न चाहनु हुन्थ्यो तर मनलाइ छुने प्रयाश गर्नु हुन्थेन। मेरो रहर तपाइसङ मायामा चुर्लुम्म डुब्न चाहन्थ्यो, तपाइ मलाइ डुबुल्कि मार्नु अघि सतहमा फालिदिनुहुन्थ्यो। मेरो मन तपाइंसङ आत्मियता खोज्थ्यो। शरीर तपाइं अङाल्नु हुन्थ्यो तर तपाइको मनसम्म पुग्न नसक्ने गरी पर्खाल बनाउनु हुन्थ्यो। म तपाइसङ जिबन बाँच्न चाहन्थे तर तपाइ हरेक चोटि मलाइ "निषेधित क्षेत्र" भित्र प्रबेश रोक गर्नु हुन्थ्यो। हामी एकै छतमुनि अपरिचित भएर बाँचेका थ्यौं। तपांइ आफ्नी आमालाइ जस्तै मलाइ पनि हेला गर्नुहुन्छ। तपाइ पहिले पनि असुरक्षित हुनु हुन्थ्यो, अहिले पनि हुनुहुन्छ।“ " चरित्रहिन आइमाइ ! मलाइ तिम्रो अरु कुरा सुन्ने रहर छैन। यो कोठामा तिमी रहुन्जेल म स्वास फेर्न सक्दिन। प्लिज! तिमी बाहिर जाउ।" "बाहिर अध्याँरो छ।" भन्दै साक्षी रुन थाली। "के तिमी मलाइ अझै यातना दिन चाहन्छौ? प्लिज ! साक्षी ,तिमी जाउ। अध्याँरोले तिमीलाइ खाँदैन।“ "यो ठाँउ मेरो लागि नौलो छ। म भोलि बिहान सबेरै जान्छु। अहिले रातको १२ बज्न लाग्यो।" साक्षी बिन्ती गर्न थाली। "अहँ, हुँदै हुदैन। भोली बिहान सम्म दुर्गन्धको कारण गर्दा म मरिसकेको हुनेछु। तिमी अहिले नैं जाउ।“ साक्षी झोलामा लुगा मिलाउन थाली। "साक्षी ! किन अटेर गरेर बसेकी? तिमी निस्किहाल।" उसले उठेर साक्षीलाइ घिसारेर बाहिर निकाल्यो र भित्रबाट चुकुल लगायो। रात गहिरिदैंथ्यो, एक्दम शान्त र स्थिर। समाप्त!
[ posted by
crazy_love @
01:51 PM ] | Viewed: 2710 times
[
Feedback]
|
|
: |
|